भर्खरै :

ऐतिहासिक क्रान्तिकारी स्मारकमा सी चिनफिङ

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले चिनियाँ क्रान्तिको सफलताको रहस्य भनेको आदर्श र विश्वास भएको बताउनुभएको छ ।
दक्षिणी चीनको क्वाङ्सी चुआङ स्वशासित क्षेत्रको कुइलिन सहरमा सन् १९३० को दशकमा लामो हिँडाइको बेलामा सियाङचियाङ नदीमा भएको लडाइँमा समर्पित स्मारक पार्कमा आइतबार पुग्नुभएका सीले सो कुरा बताउनुभएको थियो ।
उहाँले लडाइँको क्रममा शहादत प्राप्त गरेका लालसेनाका सिपाहीहरूको सम्मानमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।
लामो हिँडाइँको क्रममा सियाङचियाङको लडाइँ साहसिक लडाइँ भएको र चिनियाँ क्रान्तिको ‘जीवन–मरण’ को निधो गर्ने ऐतिहासिक घटना भएको सीले बताउनुभयो ।
“लाल सेना आदर्श र विश्वासका साथ मृत्युको मुखसामु निर्भिक भएर उभिएका थिए”, उहाँले भन्नुभयो ।
चिनियाँ क्रान्तिको सफलताको रहस्य ‘बादलमाथि फैलिएको क्रान्तिकारी आदर्श’ र अत्यन्त कठिन समयमा सिपाहीँहरूको दृढता भएको चर्चा गर्दै महासचिव सीले तिनै कारण चामत्कारिक विजय सम्भव भएको बताउनुभयो ।
“हामीले दोस्रो शताब्दी लक्ष्य हासिल गर्न र राष्ट्रिय पुनःजागरण सफल पार्न त्यस्तै विश्वासलाई अङ्गीकार गर्नुपर्छ”, सीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *