जनताको मौलिक र कानुनी हक प्राप्तिमा कानुन व्यवसायीहरू सक्रिय हुनुपर्ने
- आश्विन ९, २०८३
सार्वजनिक यातायातमा सीट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । धेरैले स्वास्थ्य मापदण्ड पालना गर्ने तर केही व्यक्तिले लापरबाही गर्नाले सार्वजनिक यातायात चढ्ने यात्रुमा कोरोना सङ्क्रमणको उच्च जोखिममा पर्ने खतरा छ । सार्वजनिक यातायातमा कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूर्णरूपमा कार्यान्वयन नहुँदा अनुगमन प्रभावकारी हुन नसकेको यात्रुको गुनासो छ ।
उपत्यकाको भित्री भाग विशेषगरी चक्रपथभित्र चल्ने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड बढी पालना भएको देखिए पनि उपत्यकाको काठ क्षेत्र एवम् लामो दूरीका सवारीमा पालना हुन नसकेको ललितपुर बुङ्मतीका यात्रु जयराम महर्जनले गुनासो गर्नुभयो । उपत्यकाको मुख्य भागमा चल्ने सवारीमा मापदण्डअनुसार नै यात्रु चढेको देखिए पनि काठ क्षेत्रमा चल्ने यातायातमा बिहान कार्यालय र बेलुका कार्यालय फर्कने समयमा भीड हुने गरेको छ । सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई मास्क दिएरमात्र यात्रा गराउनुपर्ने नियम सरकारले बनाए पनि प्रहरी कार्यालय आएपछि मात्र परिचालकले ‘कसैले मास्क लगाउनुभएको छैन कि ?’ भनी सोध्ने गरेका छन् । यात्रु चढ्ने बेलामै मास्क लगाएरमात्र यात्रा गर्नुस् भनेको नदेखिएको रत्नपार्कबाट भक्तपुरको कमलविनायक यात्रा गरिरहनुभएकी यात्रु सविना कोजुले सुनाउनुभयो । सबै तहका सरकारले कानुन बनाउने तर कार्यान्वयनमा ध्यान नदिने गरेकोले महामारीका बेला कोरोना जोखिम उच्च भएको उहाँको भनाइ छ ।
स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा अनुगमन समितिको व्यवस्था भए पनि प्रभावकारीरूपमा काम गर्न नसक्दा सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना हुन नसकेको हो । स्थानीय सरकारले स्थानीय मार्गमा चल्ने सार्वजनिक यातायातमा अनुगमन गरेर नियमन गर्न नसक्ने देखिएको यात्रु कोजुको गुनासो छ । स्थानीयस्तरमा चिनिने भएकाले भावी निर्वाचनमा प्रभाव पर्न सक्ने डरले पनि उपप्रमुख नेतृत्वको अनुगमन समितिको प्रभावकारी हुन नसकेको हो । उपप्रमुख आगामी निर्वाचनका स्वाभाविकरूपमा प्रमुखको दावेदार हुने र अनुगमन एवम् कारबाहीको प्रक्रियामा जाँदा चुनावको माहोल बिग्रने विश्लेषणले काम नभएको यात्रुको विश्लेषण छ ।
स्थानीय तहका अनुगमन समितिले बजार अनुगमन गर्नुपर्नेमा त्यो हुन सकेको छैन । उपभोग्य वस्तुको विनाकारण मूल्यवृद्धि भइरहँदा पनि अनुगमन समिति मूकदर्शकमात्र बन्ने गरेको उपभोक्ता मञ्चका सदस्य रोशन पोखरेलले बताउनुभयो । पछिल्लो समय तेल, तरकारीलगायत खाद्यपदार्थको मूल्य एकाएक बढेको छ, तर अनुगमन र कारवाही भएको देखिँदैन ।
केन्द्रीयस्तरमा थोरै अनुगमन टोली
केन्द्रीयस्तरबाट यातायातको अनुगमन यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागले गर्ने गरेकामा त्यस्तो अनुगमन भएको नदेखिएको यात्रुको भनाइ छ । यस्ता निकायले प्रत्येक दिन गर्ने अनुगमन र प्राप्त तथ्य आफ्ना वेभसाइटमार्फत सार्वजनिक गर्ने व्यवस्था गरिनुपर्ने यात्रु सरिना विश्वकर्माको माग छ ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसाल भने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन भइरहेको दाबी गर्नुहुन्छ । आज पनि कोटेश्वर क्षेत्रमा चल्ने सार्वजनिक यातायातमा अनुगमन भइरहेको उहाँले सुनाउनुभयो । विभागले गर्ने अनुगमनमा ट्राफिक प्रहरी सहभागी हुने गरेको छ । विभागको अनुगमन टोली खटिने गरे पनि एउटैमात्र हुने भएकोले धेरैतिर गर्न कठिनाइ पर्ने गरेको छ । उपत्यकाका सबै स्थानीय तहका अनुगमन समितिलाई सक्रिय गराएर सार्वजनिक यातायातको अनुगमन गर्न पनि यात्रुले विभागको ध्यानाकर्षण गराउने गरेका छन् । विभागले अनुगमनको क्रममा सीट क्षमताभन्दा बढी यात्रुलाई झार्ने गरेको छ । अनुगमनका क्रममा अवस्था हेरी रु. १०० देखि रु. एक हजारसम्म जरिवानासमेत गर्ने गरिएको विभागले जनाएको छ । मास्क नलगाई सार्वजनिक यातायातमा यात्रा गर्नेलाई पनि रु. १०० जरिवाना गरिएको सूचना अधिकारी भुसालले बताउनुभयो ।
आफ्नै स्वास्थ्यको ख्याल गर्दैनन् यात्रु
सरकारले वैशाख १६ गतेदेखि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेपछि मङ्गलबार बिहानैदेखि धेरै सार्वजनिक यातायात राजधानीबाट बाहिरिएका छन् । तर, यी सवारीमा पनि पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना हुन सकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारी सोमबारदेखि नै आइतबारको भन्दा बढी यात्रु उपत्यका बाहिर गएको तथ्याङ्क प्राप्त भएको बताउनुहुन्छ ।
उपत्यका बाहिर लामो रुटमा चल्ने प्राय ः सार्वजनिक यातयातले सीट क्षमताभन्दा बढी यात्रु चढाउँदैनन् । उपत्यकासँग जोडिएका जिल्लामा भने अलि बढी नै यात्रु हालेर लगेका छन् । केही यात्रुले भने आफ्नो स्वास्थ्यलाई प्रभाव पर्ने भए पनि मास्क नलगाएको देखिएको प्रवक्ता अधिकारीले सुनाउनुभयो । ट्राफिक प्रहरीको अभिलेखअनुसार मङ्गलबार बिहान पनि उपत्यकाबाट पहिले बढी सवारी बाहिरिएका छन् । “उपत्यकामै रत्नपार्कबाट दक्षिणकाली रुटमा चल्ने सार्वजनिक यातायातलाई सीट क्षमताभन्दा बढी यात्रु नराखभन्दा बस चालक नै छाडे, सबैको स्वास्थ्यका लागि मापदण्ड पालना गराउन खोज्दा पनि समस्या आउने गरेको छ”, उहाँले भन्नुभयो ।
पटकपटक सचेत गराउँदा पनि सार्वजनिक यातायातमा तोकिएको मापदण्ड पालना नगराउने सार्वजनिक यातायातलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
बसपार्क वरपरका पैदलमार्ग बजार कायमै
राजधानीमा पुरानो बसपार्क वरपरका पैदलमार्ग बेलुकी व्यापारीले ढाकेका हुन्छन् । बेलुकीको बजार हेर्दा लाग्छ देशमा कुनै रोगको महामारी नै छैन । बेलुकी सवारी चढ्न पैदलमार्ग भएर जाने यात्रुले बाटो पाउँदैनन् । सुन्धाराबाट पुराना बसपार्क, रत्नपार्कको वरिपरि र राष्ट्रियसभा गृहबाट पुराना बसपार्कसम्मको दुवैतर्फका पैदलमार्ग व्यापारीले भरिभराउ हुन्छन् । यहाँ २५ जनाभन्दा बढी भेला हुन नपाउने मापदण्ड कार्यान्वयन हुन नसकेको सार्वजनिक यातायात चढ्न रत्नपार्क जाँदै गर्नुभएका टीकाथलीका यात्रु रामकृष्ण गुरागाइँले गुनासो गर्नुभयो । बस चढ्न पैदलमार्गमा हिँड्दै सङ्क्रमण फैलने डर भएको उहाँको भोगाइ छ ।
रासस
Leave a Reply