देश आगजनीमा पु¥याउनेहरूलाई मौका दिने शासक दलहरू
- आश्विन ५, २०८३
भारतको कोरोना ‘सुनामी’ भारतबाहिर फैलिन नपाओस् !
कोरोनाको दोस्रो लहरका कारण विश्व फेरि आतङ्कित छ । यो पटक छिमेकी देश भारत सबैभन्दा बढी प्रभावित बन्दै छ । दैनिक झन्डै चार लाख मानिस सङ्क्रमित भइरहेका छन् । दैनिक तीन हजारभन्दा बढीको मृत्यु भइरहेको छ । दिल्ली, महाराष्ट्र लगायतका ठाउँमा लास जलाउनसमेत गा¥हो भइरहेको र स्थिति काबुभन्दा बाहिर गइरहेको खबरहरूले प्रस्ट बताउँछन् । अक्सिजनको अभावले झनै भयावह बनाएको र अस्पतालहरूमा बेड नपाएर बिरामीले मृृत्यु कुर्नुपरेको घटनाले संसारलाई नै दुःखी एवम् चिन्तित बनाउँदै छ । भारतमा कोरोनाले ‘सुनामी’ कै रूप लिएको प्रत्यक्षदर्शी तथा जानकारहरू बताउँछन् । यो परिस्थिति एकाएक आएको नभई मोदी सरकारको लापर्वाही, गैर–जिम्मेवारी तथा अन्धविश्वासका कारण भइरहेको र यसले रोक्न सकिने क्षति समेत बढिरहेको व्यापक जनताको गुनासो छ ।
भारत र भारतीय जनताको यो विपत्तिमा चीन र पाकिस्तानले मित्रवत् ढङ्गमा सहयोगको प्रस्ताव अघि सारे । तर, भारत सरकारले भने चासो देखाएन । भारतीय सरकारको यस्तो सङ्कीर्ण सोचका कारण अर्को अकल्पनीय क्षति व्यहोर्न नपर्ला भन्न सकिन्न । भारत स्वयम्का निम्ति मात्र यो खतरा सीमित नबनी नेपाल, बङ्गलादेश लगायतका छिमेकी देशहरूका निम्ति पनि खतराको घण्टी बज्दै छ । यस आधारमा भारतीय सरकार थप संवेदनशील तथा जिम्मेवार बन्ने अपेक्षा गरिनु अस्वाभाविक होइन । अझ त भारतसँग तीनतर्फ नेपालको खुला सीमा छ । भारतको कोरोना ‘सुनामी’ नेपाल पस्न कुनै छेकबार नै छैन । दैनिक दसौँ हजार मानिस खुला ढङ्गमा आवत–जावत गर्दै छन् । हवाई आवागमन अभैm बन्द गरिएको छैन । नेपाल भएर तेस्रो मुलुक जाने भारतीयको सङ्ख्या ह्वात्तै बढेको दैनिक खबरहरू आइरहेका छन् । भारतका धनाढ्हरू देश छोड्दै छन् भन्ने तस्बिर र खबरले धेरैलाई सोच्न बाध्य पार्दै छ । यसले विश्वका संवेदनशील जनतालाई झस्काइरहेको छ । कतै भारतको कोरोना ‘सुनामी’ ले भारतबाहिर पनि वितण्डा मच्चाउने त होइन ? सर्वत्र चिन्ताको विषय बन्दै छ ।
पुँजीवादी व्यवस्थाकै खराबी, पुँजीवादी व्यवस्थाकै असफलता
भारतीय शासक वर्ग विश्वको सबैभन्दा ठूलो प्रजातन्त्र दाबी गर्छ । संसारको कुनैपनि शक्ति राष्ट्रभन्दा कम नभएको घमण्ड गर्छ । चीनलाई आफ्नो प्रतिस्पर्धी मात्र होइन एकमात्र प्रतिद्वन्द्वी ठान्छ । संरा अमेरिकालाई साथमा लिई चीनसँग भिड्ने मनसाय बारम्बार देखाइसकेकै हो । हिजो पनि केही त्यस्ता घटना नभएका होइनन् । आज यो सङ्कटको बेला भारतीय प्रजातन्त्र उदाङ्गो बन्दै छ । त्यो कति खोक्रो छ र जनताप्रति कति जिम्मेवार छ भन्नेबारे यथार्थ बाहिर आउँदै छ । ब्राजिल, इटाली, स्पेनको घटनाले झैँ भारतको अहिलेको कहालीलाग्दो चित्रले शासक वर्गको कमजोरी मात्र होइन व्यवस्थाको खराबी, नीतिगत कमजोरी तथा समग्रमा पुँजीवादको असफलता प्रस्ट पार्दै छ ।
गम्भीर विश्लेषकहरू राज्यले शिक्षा र स्वास्थ्यको जिम्मेवारीबाट भाग्नै मिल्दैन भन्ने अभिमत राख्दै छन् । निजी क्षेत्रको वकालत गर्नेहरू स्वयम्ले गतिलो जवाफ पाइरहेका छन् । विपत्तिमा समेत राज्यको आदेश या अनुरोध पालना नगर्ने, बरु उल्टै असहयोग गरी स्थिति खराब बनाउने काम भइरहेको प्रायजसो देशका जनताको अनुभव छ । निजी अस्पतालले सङ्कटमा अकूत सम्पत्ति आर्जन गर्ने खेल खेलेकाले सर्वत्र आलोचना भएको कसैबाट लुकेको छैन । महामारीमा अर्को महाविपत्ति थप्ने काम भएको सबैले अनुभव गर्दै छन् । सरकारले त्यस खालका अस्पताल, संस्था, चिकित्साकर्मी या व्यवसायीलाई नियन्त्रण गर्न नसकेको जगजाहेर छ ।
यी सम्पूर्ण तथ्य लुकाउन असम्भव छ । यसले पुँजीवादी व्यवस्थाको विकल्प खोज्न जति ढिलो हुन्छ त्यति बढी नोक्सान हुने प्रस्ट पार्छ । अरू उपाय वा बाटोतिर लाग्नु भनेको समयको बर्बादीबाहेक केही हुने छैन । पुँजीवाद भनेको धनी झन्–झन् धनी हुँदै जाने र गरिब झन्–झन् गरिब हुँदै जाने व्यवस्था मात्र नभई धनीले मात्र स्वास्थोपचार लगायत सम्पूर्ण सुविधा पाउने, बाँच्न पाउने र गरिबले केही पनि नपाउने भनी व्यापक सर्वसाधारणले बुझेको दिन नै समाज परिवर्तनको प्रथम दिन हुनेछ भन्नु अत्युक्ति नहोला ! र, त्यो दिन त्यति टाढा नहोला !
भारतीय शासक वर्गले यो विपत्तिमा जुन गल्ती र अपराध ग¥यो त्यही नेपाली शासक वर्ग दोहो¥याउँदै छ । नेपाल सरकार अभैm गम्भीर छैन । सावधानी अपनाइरहेको छैन । पूर्वतयारीमा ध्यान छैन । भारतको आगो कुनैपनि दिन नेपालतिर पैmलिन सक्ने सम्भावनाप्रति पटक्कै संवेदनशील देखिँदैन । सिमानामा अपनाउनुपर्ने उच्च सतर्कता, परीक्षण, आइसोलेसन वार्ड तथा क्वारेन्टिनको निर्माणमा सरकार उदासीन छ । सीमा केही महिनाकै लागि
भएपनि बन्द गर्ने उपायतर्फ सरकार जाँगर देखाउँदैन । सिमानामा सुरक्षाकर्मी, कर्मचारी र कार्यकर्ता पठाई आवश्यक प्रबन्ध मिलाउन ढिलाइ हुनु भनेको जोखिम बढाउनुमात्र होइन, महामारीलाई भित्र्याउनु हुनेछ ।
कोरोना महामारी नियन्त्रणका लागि चीनसँग शीघ्र संवाद थालियोस् !
नेपाल सरकारले खोप र अन्य स्वास्थ्य सामाग्री, औषधी तथा उपकरणका लागि अब भारतलाई नै दुःख दिनु मानवीय दृष्टिकोणबाट नै अनुपयुक्त हुनेछ । तसर्थ, तत्काल अर्को छिमेकी देशलाई यथार्थ अवगत गर्न कूटनीतिक तथा अन्य सम्पूर्ण तवर–तरिका अपनाउन विलम्ब नगर्नु बुद्धिमानी हुनेछ । त्यसो त चीन र चिनियाँ जनताको हामीप्रति सद्भाव सदा रहँदै आएको छ । नेपाल र नेपाली जनतालाई सहयोग गर्न चीन सदा तत्पर देखिन्छ । कोरोनाविरुद्धको खोप, अक्सिजन सिलिन्डर आदिका लागि चीनसमक्ष अनुरोध गरी नेपालीको जीवन रक्षामा हरसम्भव प्रयत्न गर्नु यतिखेरको प्राथमिकताको पहिलो विषय हुनुपर्छ । आजको स्थितिमा चीनबाहेक अन्य ठूलो मुलुकसँग सहयोगको अपेक्षा गर्नु उचित नहोला ¤ चीनको अनुभव, तयारी तथा कोभिडसँग सम्बन्धित उपकरणको उत्पादन तथा उपलब्धता अन्य देशको तुलनामा निर्विवाद अगाडि छ । तर, यो सम्बन्ध र सहयोगमा पनि इमानदारी अपेक्षा गरिनु अन्यथा होइन । मित्रको गुण तथा सहयोगलाई पुनः क्रय–विक्रयको वस्तु बनाउनु घातक हुने सामान्य बुझाइअन्तर्गत नै पर्छ । अर्थात्, छिमेकीले सदाशयतापूर्वक नेपाली जनताको भलाइका निम्ति पठाएका वस्तु या दिएको सहयोग नेपाली जनताकै निम्ति प्रयोग गरिनुपर्छ । त्यसो भएको खण्डमा मात्र सहयोग दिनेलाई पनि खुसीको अनुभव हुनेछ । तसर्थ, परिस्थितिको गम्भीरतालाई मनन गरी नेपाल सरकारले अर्थ न बर्थ, व्यर्थ, जनताको आँखामा छारो हाल्ने या सतही काममा नफसी समस्याको दीर्घकालीन समाधानतर्फ अग्रसर हुनु परिपक्वताको परिचय हुनेछ । साथै, नेपालबाट अवैध ढङ्गमा अक्सिजन सिलिन्डर निर्यात भइरहेको र त्यस कार्यमा भारतीय मूलका व्यापारी अर्थात् मारवाडीहरू प्रत्यक्षरूपमा संलग्न रहेको सञ्चारमाध्यममा आइरहेको छ । यतातर्पm पनि सम्बन्धित सबैको समयमै ध्यान पुग्न आवश्यक छ । कोभिडका सिकिस्त बिरामीलाई नभइ नहुने अक्सिजन आप्mनो देशका लागि पर्याप्त मात्रामा उत्पादन तथा वितरण गर्नेतर्पm यथोचित ध्यान पुगोस् भन्ने नेपाली जनताको चाहना छ ।
अन्त्यमा, आजसम्म जति बिग्रियो बिग्रियो, थप बिगार्ने मूर्खता नगर्नु उचित हुनेछ । सम्भावित दूर्घटना र क्षतिबाट जोगिनु तथा जोगाउनु मै सरकार हुनुको अर्थ खुल्नेछ । कोरोनाको पहिलो लहरमा भँैm बालुवाटारमा बसेर भैm–झगडा, विवाद र सत्ताको जोडघटाउमा केन्द्रित बनेको खण्डमा त्यो अक्षम्य अपराध हुनेछ । सरकार, खतरा बढ्दै गएको यो बखत कोरोना महामारीविरुद्धको लडाइँको नेतृत्व गर ! जीवन रहेमात्र चुनाव लड्न पाइन्छ । ठूला लडाइँ जितिसकेपछि सानातिना लडाइँ त भोलि लड्न पनि सकिन्छ नि ! ठूला लडाइँ जित्नु पो गौरवको कुरा ! सरकार बहकिनु भएन ! सरकार बरालिनु भएन !
Leave a Reply