भर्खरै :

सङ्क्रमण रोक्न अझै पूर्वाधार अपुग

नेपालमा देखिएको कोभिड–१९ को दोस्रो लहर १०० जनाको परीक्षणमा ३०–३२ जना सङ्क्रमित भइरहेको तथ्याङ्क छ । यो सङ्क्रमणलाई रोकथाम गर्न सरकारले काठमाडौँ उपत्यकालगायत देशको १५ जिल्लामा वैशाख १६ गतेदेखि २२ गतेसम्म एक साताको लागि निषेधाज्ञा जारी गरिए पनि मन्त्रिपरिषद्ले दुई साता नै निषेधाज्ञा गर्ने निर्णय गरेको छ । भारतसँगको खुला सीमाको कारण नेपालमा सङ्क्रमण बढ्ने हुँदा निषेधाज्ञा कति लम्ब्याउने हो ठेगान छैन ।
सङ्क्रमितहरू बढेको हुँदा नेपालका अस्पतालहरूमा अक्सिजनको माग तेब्बर भइरहेको छ । सुदूरपश्चिम अस्पतालहरूको पूर्वाधार कमजोर भएको हुँदा सङ्क्रमण बढ्दो छ । उद्योगी–व्यापारीहरूले नेपालमा अक्सिजनको अभाव नभएको बरु सिलिन्डरको अभाव भएको बताए । सरकारसँग अक्सिजन सिलिन्डरबारे तथ्याङ्क नै नभएको बताइन्छ । सङ्क्रमितहरूको सेवाको निम्ति भेन्टिलेटर सञ्चालकहरूको तालिम नभएको पनि बताइन्छ । यसैकारण, नेपालमा सङ्क्रमण र मृत्यु बढिरहेको बताइन्छ । वैशाख ६ गतेयता सङ्क्रमित पाँच गुणा बढेको छ । सङ्क्रमणलाई रोकथाम गर्न नसकिए २ महिनामा थप २ लाख सङ्क्रमित हुने बताइन्छ ।
सङ्क्रमणलाई रोक्न विज्ञहरूले सङ्क्रमितको राम्रो उपचार गर्ने, खुला सीमा र बाहिरबाट आवतजावत रोक्ने, दूरीमा बस्ने, भीडभाडमा नजाने, सुरक्षित मास्क लगाउने, साबुन पानीले हात धुनेलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल प्रहरीले सङ्क्रमण रोकथामको लागि थालेको मास्क खोइ अभियान सकारात्मक छ तर कतिपय नेपालीको आर्थिक क्षमता मास्क किन्न सक्नेसम्म छैन । यसकारण, सरकारले यो महामारीको बेला अन्य भौतिक पूर्वाधार निर्माणभन्दा पनि सङ्क्रमण रोक्ने स्वास्थ्य उपकरणमा लगानी गर्नु जरुरी छ ।
मोरङ र सुनसरीमा पाँच ठुला अक्सिजन प्लान्ट रहेको तर प्रदेशका ठुला अस्पतालहरूमा अक्सिजन नभएको समाचार छ । कालाधन्दाका उद्योगी र व्यापारीहरूले भूकम्पको निहुँमा अर्बाैँ रुपैयाँ कुम्ल्याएका थिए भने कोभिड–१९ को पहिलो र दोस्रो लहरमा पनि त्यस्तै गलत काम गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *