संयुक्त राष्ट्रसङ्घ तटस्थ किन भएन ?
- आश्विन ९, २०८३
कोरोना सङ्क्रमित र मृत्युको सङ्ख्या बढ्दै गएपछि उपत्यकाको जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गते बिहानदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाले स्वाभाविकरुपमा जनजीवनमा असहज हुन्छ, आ–आफ्नो दैनिकी काममा समस्या पर्न सक्छ । तर, निषेधाज्ञा कसैलाई दुःख दिन या जनजीवनमा असहज पु¥याउन होइन कोरोना भाइरसबाट बच्न हो । कोरोना फैलिन नदिने सबभन्दा उपयुक्त उपाय हरेकको आ–आफ्नो सतर्कता हो, सचेतता हो । कोरोनाले नछोउञ्जेल केही होइन जस्तो लाग्छ तर त्यसले छोएपछि सातो उड्छ र ठुलो खर्च व्यहोर्नुपर्ने हुन्छ । हरेकले रोग लाग्नुभन्दा पहिले नै होस पु¥याउनुपर्छ या विचार गर्नुपर्छ । ठक्कर खाएपछि मात्रै बुद्धि खुल्नेतर्फ हामी लाग्नु हुँदैन ।
हामीले निषेधाज्ञाको अवज्ञा होइन अनुशासित भएर सबैले पालना गर्नुपर्छ । आ–आफ्नो घरमा बसेर सुरक्षित हुनुपर्छ । रोग लागिसकेपछि धेरै खर्च गरेर उपचार गर्नुभन्दा समयमै सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढेको कारण अहिले नै तराईका कति अस्पतालमा ठाउँको अभाव भइसकेको छ । यही समस्या अन्य जिल्लामा पनि दोहोरिन सक्छ । रोगी बढेपछि अस्पतालमा ठाउँको अभावमात्र होइन औषधि उपचारको लागि धेरै खर्च हुन्छ । त्यो खर्च सर्वसाधारण जनताले व्यहोर्न सक्दैनन् । त्यसकारणले पनि हामीमा सतर्कता आवश्यक छ र सावधानी अपनाउनुपर्छ ।
कोरोना सङ्क्रमित सङ्ख्या घट्दै गएपछि हामीमध्ये कतिले मास्क लगाउन छोडेका छौँ । हामी भीडमा पसेका छौँ । त्यस बानीलाई अब हामीले सुधार्नु जरुरी छ । हो, हाम्रो निम्ति अस्पतालको भेन्टिलेटरभन्दा मास्क उपयुक्त हुन्छ । अस्पतालको आईसीयूभन्दा आफ्नै घर सुरक्षित हुन्छ । उपचारभन्दा सावधानी अत्युत्तम हुन्छ । जिल्ला प्रशासन कार्यालयले लगाएको कफ्र्यु हामी नेपालीहरूको हितमा हो । हामीले निषेधाज्ञा तोडेर होइन केयर भएर लाग्नुपर्छ । अवज्ञा होइन अनुशासित बन्नुपर्छ । कहीँ कतै जानुपर्ने बाध्यता भयो, सङ्कट प¥यो, आपत्विपत् प¥यो भने सम्बन्धित निकायसँग परामर्श गरेर जानु उपयुक्त हुन्छ । यो कुरा एकले अर्कोलाई शेयर गर्नुपर्छ ।
हरेक घरका सदस्यले एक हप्ता सावधानी अपनाएमा अवश्य पनि कोरोना रोग फैलिने छैन । हामीले अनावश्यक दुःख पाइने छैन । यसतर्फ हामी सबै नागरिकहरूको ध्यान जानुपर्छ । कुनै कसैलाई कोरोनाले नछोओस् । कोरोनाबाट पीडित भएर अनावश्यक दुःख व्यहोर्न नपरोस्, चिन्ता र पीडा बोकेर जीवन बिताउन नपरोस् । सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएसँगै आवश्यक उपचार गर्न सरकारी अस्पताल पर्याप्त छैन । औषधि महँगो या खर्चालु छ । हामीले कोरोनालाई केही होइन, यो रुघाखोकीमात्र हो, यो रोग आउँछ जान्छ भनी हेलचेक्राइँ गरेमा त्यही रोगले हामीलाई सताउँछ र ज्यान लिन बेर लाग्दैन । यसकारण, हरेक रोगलाई सानो ठान्नु हुँदैन, सतही ढङ्गले हेर्नुहुँदैन । जीवनमा अनेक आपत्विपत् या सङ्कट आउन सक्छ । यसको लागि जिल्ला प्रशासन कार्यालयले पासको व्यवस्था मिलाउने त भन्यो । तर, पास लिन झन्झट गर्नुहुँदैन । अति आवश्यक काममा सुरक्षा निकायसँग सहजीकरण गर्ने कसरी ! अत्यावश्यक सेवा नरोकिने भनिएको छ । जनजीवनका यी सवालहरूमा प्रशासन पनि जिम्मेवार हुनुपर्छ ।
Leave a Reply