भर्खरै :

फ्रान्सेली क्रान्तिका नायक तथा विचारकहरू

मारात (Jean Paul Marat)
(सन् १७४२–९३)
पेरिसका जनताका नायक,
मारात फ्रान्सेली पुँजीवादी क्रान्ति वा फ्रान्सेली राज्य क्रान्तिका एक सशक्त क्रान्तिकारी थिए । पेशाले उनी एक चिकित्सक थिए । उनी स्कटल्यान्डको एक विश्वविद्यालयबाट सम्मानीत भए ।
फ्रान्सेली राज्य क्रान्तिको बेला फ्रान्समा बेलायती संसदीय व्यवस्थाको ठुलो प्रभाव थियो । आफूलाई क्रान्तिकारी सम्झनेहरूसमेत बेलायती सामन्त वर्ग र पुँजीपति वर्गको मेलमिलापको संविधान र शासन व्यवस्थाबाट प्रभावित थिए । तर, मारात त्यस विचारबाट सहमत थिएनन् । उनी बेलायती शासन व्यवस्थालाई जनताको शासन व्यवस्था भन्नुभन्दा कुलीन वर्ग र पुँजीपति वर्गको शासन सम्झन्थे ।

मारात


फ्रान्सेली जनताको त्यस भ्रमलाई हटाउन वा बेलायती सामन्त र पुँजीपति वर्गको तानाशाहीको प्रभावबाट जोगाउन उनी ‘जनताको साथी’ (Friend of the people_) नामका एक पत्रिकाको सम्पादन गर्थे । उनको पत्रिकाले दरबार, चर्चका धार्मिक ठेकेदार, खान्दानी सामन्तवर्ग र प्रतिनिधिसभा (राष्ट्रियसभा) का सदस्यहरूलाई समेत उदाङ्ग्याउँथ्यो । उनको प्रखर विचार र दृष्टिकोणको कारण त्यसबेलाका सबै शासकहरू उनीबाट रिसाएका थिए । उनीप्रति तिनीहरू आफ्नो आँखाको कसिङ्गर सम्झन्थे । तिनीहरूका पिछलग्गू र गुप्तचरहरू उनको पिछा गर्थे । तिनीहरूबाट जोगिन उनी गरिब बस्तीमा बसेर आफ्नो क्रान्तिको गतिविधि चलाउँथे ।
मारात चिकित्सा पेशाजस्तै राजनीतिमा पनि नलागेको भए सम्भवतः उनी एक इतिहासकार र वैज्ञानिक बन्थे । उनको जनतासँग ठुलो सम्बन्ध थियो । जनता उनलाई आदर गर्थे । उनी आफ्नो विचारमा अटल र जुनसुकै त्याग गर्न तयार रहन्थे । उनले खान्दानी र जनताका विरोधीहरूलाई ‘जनताको साथी’ मार्फत सा¥है घृणा र विरोध जनाउँथे । यसकारण, सन् १९९३ जुलाइ महिनामा गिरोडिण्डीस दलका प्रतिगामीहरूले कोर्डे भन्ने एक महिलामार्फत उनकै कार्यालयमा छुरा हानेर हत्या गर्न दिए ।
त्यसबेला जनतामा अटल विश्वास राख्ने क्रान्तिकारीहरूले आफ्ना नेताहरूको सुरक्षा गर्ने बन्दोबस्त गर्न जानेकै थिएनन् । प्रतिक्रियावादीहरू बेलायती शैलीको ‘सामन्त र पुँजीपति वर्गको’ सामाजिक सम्झौताको सिद्धान्तलाई लागू गर्न नदिने व्यक्ति र विचार नै मारातलाई बुझ्थे ।
भनिन्छ, सन् १७९० देखि १७९१ को आतङ्कको बेला राजनैतिक स्थितिलाई साम्य हुन नसक्नुमा मारात खान्दानी वर्गलाई दोष दिन्थे । यसकारण, तिनीहरू उनीमाथि नै खनिएका थिए । उनी हरेक घटनाको कारण र परिणामबारे राम्रो ल्याकत र जानकारी राख्थे । यसकारण, साधारण जनता र बुद्धिजीवी उनलाई सच्चा क्रान्तिकारी र ‘जनताका साथी’ सम्झन्थे । हत्याको बेला मारातको उमेर ५१ वर्षको थियो ।
ज्याक्स् डाँते (Jacqes Danton)
डाँते (१७५९–९५) एक किसान परिवारमा जन्मेका थिए । उनी पेशाले एक युवा वकिल थिए । उनी एक अध्ययनशील, तार्किक व्यक्तित्व र चर्चित व्यक्ति थिए । उनको शारीरिक व्यक्तित्व ठुलो थियो । उनको परिवार सुखी परिवार थियो । पारिवारिक आर्थिक स्थिति मध्यम वर्गको भए पनि उनी पेरिसका जनताको पक्षमा थिए ।
डाँते एक साहसी र कार्यकुशल पनि थिए । तर, सन् १७९२ मा फ्रान्सका छिमेकी देशहरूले राजा र राज परिवारमा कुनै क्षति भएमा नराम्रो परिणाम भोग्नुपर्ने धम्की दिए । डाँतेले राजदरबारमाथि हमला गर्न दिए तथा राजतन्त्रलाई विघटन भएको घोषणा गरे । उनले त्यसबेला भनेका थिए “साहस फेरि साहस र अझ धेरै साहस !” त्यसै नारामा जनता उठे र राजालाई सहानुभूति देखाउने न्यायाधीश र धर्माधिकारीहरूमाथि आक्रमण गरियो ।
यसरी फ्रान्सका जनताका सेनाले नयाँ ऊर्जा पायो । सेना र जनता मिलेर छिमेकी देशहरूको हस्तक्षेपलाई पछाडि धकेले । वर्गसङ्घर्ष अर्थात् सामन्तवादविरोधी सङ्घर्ष १७९४ सम्ममा चरम चुलीमा पुग्यो । त्यसबेलाको स्थितिलाई ‘आतङ्कको राज’ भनियो । त्यसबेला डाँते र रोवेस्पीयरबीच एकता थियो ।
तर पछि डाँते र रोबेस्पीयरको बीचमा ठुलो मतभेद देखा प¥यो । सम्भवतः गिरोन्डिसहरूको हिंस्रक र कुटील नीतिका शिकार डाँते र रोबिस्पीयर अलग भए ।
डाँतेविरुद्ध अनेक हत्याकाण्डको मुद्दा चल्यो । उनले अदालतमा त्यसको सशक्त प्रतिकार गर्दा मुद्दा रोक्यो र मृत्युदण्डको फैसला गर्न सकेन । प्रतिगामीहरू उनलाई बदला लिन गिलोटिनमा हत्या गर्ने पक्षमा थिए ।
 

ज्याक्स् डाँते


५ अप्रिल १७९४ को दिन ज्याकोविन दलका एक क्रान्तिकारी नेतालाई हत्या गर्ने षड्यन्त्र रचियो र पेरिसकै एक गल्लीमा उनका केही साथीहरूसँगै हत्या गरियो । त्यसबेला उनी भर्खर ३५ वर्षका थिए ।
प्रतिक्रियावादी गिरोन्डिसहरूको कुटिल चाल चलेर ज्याकोविन क्रान्तिकारीहरूमा फुट ल्यायो तथा आपसमा काटमार चलाइदियो । भनिन्छ, डाँते र रोबेस्पीयरमा केही समानता र केही असमानता थिए । त्यसैले कुटिल चाल चाल्न प्रतिक्रियावादी सफल भए ।
दुवै वकिल, गणतन्त्रवादी ज्याकोविन दलका नेता क्रान्तिकारी र मध्यम वर्गका थिए ।
तर डाँते ठुलो जीउका, उदार, सरल, हँसिला थिए र ठुलो स्वरले बोल्थे । त्यसको ठीक उल्टो रोबेस्पीयर सानो जीउको, निर्बलियो, आफ्नो सिद्धान्त र नीतिमा दृढ थिए ।
रोबेस्पीयर (Robespirrer) १७५८–९४
रोबेस्पीयर फ्रान्सेली क्रान्तिकारी दल ज्याकोबिनका एक सशक्त नेता थिए । फ्रान्सको अरास भन्ने ठाउँमा एक मध्यम वर्गको परिवारमा जन्मेका थिए । उनी पेरिस विश्वविद्यालयका कानुनका विद्यार्थी थिए ।
उनी राम्रो कानुन व्यवसायी र फौजदारी अदालतको न्यायाधीश नियुक्त भए । तर, धेरैलाई मृत्युदण्ड दिनुपर्ने हुँदा उनले त्यस पदबाट राजिनामा दिएका थिए ।
एक दार्शनिक सोचका हुनाले रोबेस्पीयर फ्रान्सेली दार्शनिक रुसोका समर्थक थिए । उनी रुसोको दर्शनलाई व्यवहारमा लागू गर्न चाहन्थे । उनी एक प्रभावशाली वक्ता र लेखकको रूपमा चर्चित तथा सर्वहारा वर्गका पक्षपाती थिए ।
रोबेस्पीयर सन् १७८९ मा विधानसभाका सदस्य भए । तर उनको समूहमा क्रान्तिकारी पुँजीवादी विचार र समाजवादी विचार राख्ने ३० जना सभासद थिए । ज्याकोविन पार्टीमा लागेर उनले पेरिसका जनताको समर्थन प्राप्त गरे तथा त्यस दलको नेतृत्वमा पुगे । उनी नै समाजवादका समर्थक र मुख्य नेता थिए ।
‘आतङ्कको राज’ भनिने त्यस अवस्थामा रोबेस्पीयरले डाँतेसँग मिलेर क्रान्तिलाई अगाडि बढाउने काम गरेका थिए । राजाको काटिएको टाउको हातमा लिएर उनले ‘फुटबल’ खेल्दै भनेका थिए, “सारा युरोपका राजाहरूको यही गति हुनेछ ।”

रोबेस्पीयर (Robespirrer)


२६ जुलाई १७९४ को दिन सभामा रोबेस्पीयरले एक विवादास्पद भाषण दिए, तर पछि प्रतिकान्तिकारीको षड्यन्त्र बलियो हुँदै गएको थियो । सदनमा उनको भाषणको विरोध भयो । आफ्नो पार्टी ज्याकोविन क्लवमा गएर छलफल हुँदा त्यसलाई समर्थन गरियो । त्यसकारण, भोलिपल्ट अर्थात् २७ जुलाई १७९४ मा संसदमा त्यही कुरो सम्बोधन गरियो । बैठकको बहुमतले सम्बोधन पारित ग¥यो । तर, प्रतिपक्ष गिरोन्डिसहरू सशस्त्र सङ्घर्षको तयारीमा थिए ।
विरोधीहरू पूर्ण तयारीमा हुँदा सदनमै रोबेस्पीयर र केही साथीहरू एउटा होटलमा पुगे । त्यहीँ प्रतिक्रान्तिकारीहरूले हमला गरे तथा पक्राउ गरे । भोलिपल्ट २८ जुलाई १७९४ मा उनलाई गिलोटिनमा राखी हत्या गरे ।
२८ जुलाई १७९४ मा रोबेस्पीयरको हत्या हुँदा उनी ३६ वर्षका थिए ।
‘शान्तिको समयमा शासन यन्त्रको मुख्य स्रोत सदाचार र धम्की हुन्छ । सदाचारबिनाको धम्की विनासकारी हुन्छ भने सदाचारबिनाको शक्ति डकैती हुन्छ ।’ रोबेस्पीयर यस दृष्टिकोणलाई मान्थे । उनले रुसोको दार्शनिक चिन्तनलाई व्यवहारमा परिवर्तन गर्न खोज्थे । साँचो अर्थमा क्रान्तिपछि मात्रै रुसोको काल्पनिक राज्यलाई व्यवहारमा उतार्नु उचित हुन्थ्यो ।
विरोधीहरू उनलाई डरछेरुवा, घमण्डी र आत्म–प्रशंसक बताउँछन् । तर, हरेक राजनैतिक उथलपुथलका घटनाहरूमा पराजित शत्रुहरू विजयी शक्तिभित्र घुस्छन् र आफ्नो ज्यान बचाउँछन्, आफ्नै वीरहरूको विरोधमा र विश्वासघात गर्छन् । विरोधी शक्तिले अनेक कुटिल खेलहरू खेल्छन्, जुलियस सिजरको विरोधमा आफ्नै पक्षका साथी बु्रटसलाई प्रयोग गराउँछन् । उनी साँचै डरछेरुवा भएका भए उनले राजाको टाउकोेलाई फुटबल खेलेर युरोपका सारा राजा र राजतन्त्रलाई हाँक दिने थिएनन् । सिद्धान्तप्रतिको अडानलाई घमण्डी भन्न मिल्दैन र आफ्नो दलभित्र पसेका विरोधीहरूले फुटको बीउ छर्दै उनीमाथि आत्म–प्रशंसकको आरोप लगाउँथे ।
फ्रास्वाँ नोएल बाबेफ (१७६०–१७९७)
बाबेफ ज्याकोविनका एक सदस्य थिए । उनका राजनैतिक क्लवको नाम थियो ‘बाटो देखाउने मसाल’ (Society of Pantheom) थियो । बैठक बस्दा कोठामा वा बाहिर ‘मसाल’ जलाइन्थ्यो, बेलायतको दरबारमा रात्रीभोज (डिनर) मा मैनबत्ती जलाएजस्तै । त्यस संस्थाको एउटा पत्रिका चल्थ्यो, त्यसको नाम ट्रिव्युन (Tribun) थियो । त्यसको सम्पादक बाबेफ नै थिए ।
त्यसमा परिवर्तनवादी र समाजमा आमूल परिवर्तनका विचारका लेखहरू छापिन्थ्यो । त्यसबेला फ्रान्समा ‘डाइरेक्टरी’ भन्ने ५ जना सदस्य भएको सरकारले शासन चलाउँथ्यो । त्यो सरकार १७९५ देखि ९९ सम्म चलेको थियो ।
त्यसका प्रमुख कार्नोट (Carnot) विजयको प्रबन्धकर्ता थिए । दोस्रो, लेटनियर एक इन्जिनियर थिए, तेस्रो लारेविलेरी थिए, उनी दक्षिणपन्थी दल गिरोन्डिसका सदस्य थिए । चौथो व्यक्ति रियुबैल थिए, उनी वामपन्थी दल ज्याकोविनका सदस्य थिए । पाँचौँ व्यक्ति थिए बार्रात, उनी फ्रान्सका दक्षिण भागका सदस्य थिए । उनी ज्याकोबिनका सदस्य भए ।
त्यो ‘डाइरेक्टरी’ अर्थात् मन्त्रिमण्डल ५ वर्षसम्म चल्यो अर्थात् १७९५–९९ सम्म । त्यस सरकारले फ्रान्सको सेनापति नेपोलियनलाई सञ्चालक बनायो । उनी एक सिद्धान्तहीन राजनीति गर्ने, अति व्यक्तिवादी, भ्रष्ट, पदलोलुप र ऋण लिएर भए पनि मोजमज्जामा पैसा उडाउने स्वभावका उग्र व्यक्ति थिए । तर, पेरिसका धनीमानी वा पुँजीपति वर्गसँग उसको राम्रो उठबस थियो । फ्रान्सले विदेशमा युद्धहरू जितेको हुनाले पेरिसमा उसको प्रभाव थियो, स्वभाव भने दमनकारी थियो ।
सन् १७९६ मा नेपोलियन सेनापति भएपछि बाबेफको गतिविधिमाथि रोक लाग्यो । तर, त्यस सङ्गठनको ६ जनाको एक गुप्त सञ्चालक समिति थियो । त्यस समितिले गुप्तरूपले विद्रोहको तयारी गर्दै थियो ।

फ्रास्वाँ नोएल बाबेफ


त्यस संस्थाले सन् १७९३ मा ज्याकोविनले बनाएको संविधानलाई लागु गर्न आन्दोलन गर्ने उद्देश्य राख्यो । त्यसको उद्देश्य ‘गणतन्त्रका समानताहरू’ भन्ने थियो । अन्य उद्देश्यहरू निम्न छन् –
१) गरिब र धनीको भेदभाव मेटाउने
२) आफ्नो राजनैतिक कार्यक्रम सेना, प्रहरी र सबै शासन यन्त्रमा प्रवेश गर्ने
३) शस्त्रअस्त्रहरू जम्मा गरी विद्रोहको आयोजना गर्ने
४) आफ्नो वैधानिक सत्ता कायम नभएसम्म गुप्त ढङ्गले सत्ता सञ्चालन गर्ने
५) मानिसले मानिसको शोषण बन्द गराउने आदि ।
तर, त्यस सञ्चालक समितिमै गुप्तचर विभागको मानिस समावेश भएको हुँदा विद्रोह सुरु हुनुभन्दा पहिले नै उनी पक्राउ परे तथा बल प्रयोग गरी सबैलाई छिन्नभिन्न बनाइदिए ।
सन् १७९७ मा विद्रोहहरूलाई एक विशेष अदालतमा मुद्दा चलाइयो । बाबेफले अदालतको बयानमा डाइरेक्टरी सरकारलाई कडा शब्दमा निन्दा गरे । अदालतले बाबेफलाई मृत्युदण्डको फैसला ग¥यो । ३७ वर्षको उमेरमा उनलाई ज्यान सजाय दिइयो ।
आफ्नो उद्देश्य र सिद्धान्तमा अडान राख्ने भएकोले जनता र आफ्ना सदस्यहरूले बाबेफलाई सदा सम्झिरहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *