देश आगजनीमा पु¥याउनेहरूलाई मौका दिने शासक दलहरू
- आश्विन ५, २०८३
भारतले चीनबाट सिक्नु जरुरी
भारतका प्रम नरेन्द्र मोदीले सन् २०१४ मा भनेका थिए, “भारतलाई बलियो सरकार चाहिन्छ । मोदी नै चाहिन्छ भन्दिनँ । म पछि हट्न सक्छु । चिया पसल खोल्न खोल्छु । तर, देशले थप दुःख पाउनु भएन ।” मोदीको यो भनाइमा उनी निकै त्यागी देखिन्छन् । तर, व्यवहार त्यस्तो छैन । कर्पोरेटहरूको बल र सहयोगमा मोदी दुईपटक प्रम भए ।
सन् २०२० मा भारतमा एक जनामा कोभिड–१९ सङ्क्रमण देखिएको थियो । त्यसबेला गुजरातमा संरा अमेरिकी राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न मोदी लाखौँको सङ्ख्यामा भारतीयहरूको भेला गर्दै थिए, विश्व स्वास्थ्य सङ्गठनले अस्वीकार गरेको ‘रामदेवको कोभिड–१९ रोकथाम बुटी’ को प्रचार गर्दै थिए ।
लाखौँ भारतीय किसान ६ महिनादेखि किसानविरोधी ऐन खारेज गराउन पञ्जाव, हरियाणा, दिल्ली लगायतका सहरमा सडक सङ्घर्ष र धर्नामा छन् । भारतीय किसानहरूको माग मोदीले पूरा गरेनन् । भारतीय राज्यसभाको चुनाव पनि यही बेला भइरहेको छ । चुनावका ठूल्ठूला सभाहरूमा मोदी आफै सहभागी भए ।
हरिद्वारको कुम्भ मेलामा पनि दसौँलाख मानिस जम्मा भई गङ्गा स्नान गरिरहेका छन् । उल्लेखित कारणले पनि भारतमा कोभिड–१९ सङ्क्रमण बढेको हो । आइतबार एकदिनमा मात्र भारतमा ३ लाख ५२ हजार ९९१ जना सङ्क्रमित र मृत्यु सङ्ख्या २ हजार ८१२ थपियो । भारतका सबै राज्यमा अहिले अक्सिजनको अभाव छ । शवदाहको लाइनले भारतमा महामारीको असर देखाउँछ । भारतीय अस्पताल अगाडि राखिएका एम्बुलेन्सको लाइनले पनि सङ्क्रमणको जोखिमलाई देखाउँछ । मोदी यो सङ्क्रमणलाई ‘सुनामी’ बताएर जनताको सहानुभूति पाउने प्रयासमा छन् । साउदी अरबबाट ८० टन अक्सिजन ल्याउने दावी मोदी गर्दै छन् । तर, भारतीय चिकित्सकहरूले प्रम मोदीको सरकार असफल भएको बताउँदै छन् ।
भारतमा सङ्क्रमण बढेसँगै नेपालको स्थिति जोखिमपूर्ण रहेको छ । नेपालमा पूर्वदेखि पश्चिमसम्मका अस्पतालहरूमा अक्सिजनको अभावसँगै सङ्क्रमितहरूको मृत्युसङ्ख्या बढ्दै छ । नेपालसँग भएको अक्सिजन विदेश पठाइरहेको समाचार पनि छ । यही बेला नेपाल सरकारले भारत सरकारलाई अक्सिजनसहित स्वास्थ्य सामग्री पठाउन पत्र लेख्यो । भारतमै अक्सिजन अभाव भइरहेको बेला नेपालले भारतबाट अक्सिजन पाउने सम्भावना कम छ । मोदीले प्रम सुरक्षा कोषबाट ५५१ ठाउँमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको समाचार पनि छ । नेपाल सरकारले वीर अस्पताल, शिक्षण अस्पताल लगायतका अस्पतालहरूमा भएका अक्सिजन प्लान्ट कोभिड–१९ सङ्क्रमण भएको एक वर्षयता मर्मत सम्भारसमेत गरेन । अक्सिजनलगायत औषधीका व्यापारीहरू सरकारकै संरक्षणमा कालोबजारमा लागेको पनि जनगुनासो छ ।
दिल्ली सरकार प्रमुख केजरीवालले अब केही गर्न नसक्ने भनी प्रम मोदीको ध्यानाकर्षण गराउँदै छन् । ‘रामदेवको हरिद्वार’ भ्रमणबाट फर्केका नेपालीहरूमा पनि कोभिड–१९ सङ्क्रमण देखिएको छ । नेपालमा झन्डै एक महिनाअघि नै सङ्क्रमणको दोस्रो लहर देखिएको थियो । नेपाल सरकारले समयमै भारतसँगको खुला सीमा बन्द गरी नेपाल फर्केकाहरूको स्वास्थ्य परीक्षण सिमानामै गरेको भए दैनिक ३ हजारभन्दा बढी सङ्क्रमित हुने वर्तमान अवस्था आउने थिएन । नेपालमा सङ्क्रमणको पहिलो र दोस्रो लहर भारतसँगको खुला सीमाको कारण बढेको हो । यसमा कसैको दुईमत नहोला !
निषेधाज्ञा पर्याप्त छैन लकडाउन जरुरी
नेपालका दुई छिमकी देश चीन र भारतमा अरबभन्दा बढी जनसङ्ख्या छ । चीनले कोभिड–१९ रोकथाममा सफलता प्राप्त ग¥यो । भारत संसारकै कोभिड–१९ जोखिम देश भइरहेको छ । राजनीतिक प्रणाली र राजनीतिक नेताहरूको कारण कुनै पनि देशमा देखापरेको सङ्कटलाई समाधान गर्न सकिने यथार्थ अहिले चीनमा देखिएको छ । भारतले सङ्क्रमण रोकथाममा चीनबाट सिक्न सकेन । नेपाल पनि सङ्क्रमण रोकथाममा चीनबाट सिक्न विलम्ब गर्दै छ । भारतबाट स्वास्थ्य सामग्री आउने संभावना कम भएकोले नेपालले चीनसँग सहयोग लिनु जरुरी छ ।
चीनले भारतलाई यो सङ्क्रमण रोकथाम गर्न आवश्यक सहयोग गर्ने बतायो । तर, भारतले चीनसँग यस्तो सहयोग मागेको समाचार छैन । बरु, संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, जर्मनीले भारतलाई स्वास्थ्य सामग्री सहयोग गर्ने समाचार छ । बेलायतले भारतलाई ६०० थान भेन्टीलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको सार्वजनिक भयो ।
भारतका अत्यधिक जनता गरिब छन् । यसकारण पनि भारतमा यो सङ्क्रमण बढ्दो छ । पाकिस्तानले पनि भारतलाई यो सङ्क्रमण रोकथामको निम्ति सहयोग गर्ने इच्छा ग¥यो । मानवीय सहयोग जतिबेला पनि आवश्यक पर्छ । कोभिड–१९ जस्तो स्वास्थ्य सङ्कटको बेला मानवीय सहयोग झन जरुरी हुन्छ ।
कोभिड–१९ गतवर्ष संयुक्त राज्य अमेरिकाको हवाइ र क्यालिफोर्नियामा देखिएको थियो । त्यसबेला ट्रम्प प्रशासनले यो भाइरसलाई सामान्य रुघाखोकी भनी ढाकछोप गरेको थियो । चीनले यो भाइरस आफ्नो देशमा देखिनासाथ सार्वजनिक ग¥यो र रोकथामको निम्ति सामूहिक प्रयास जरुरी रहेको बतायो । यसलाई संयुक्त राज्य अमेरिकालगायत भारतसमेतले गम्भिरतापूर्वक लिएनन् । चीनको खेलकुद प्रतियोगितामा भाग लिन गएका अमेरिकीहरूले उहानमा यो भाइरस फैलाएका थिए । परिणाम सङ्क्रमण विश्वभर फैलियो । सबै देशले भौतिक निर्माणलाई स्थगित गरी सङ्क्रमण रोक्न बजेट उपयोग गर्नुपर्दछ ।
नेपालको बाँके, रुपन्देही, बर्दियालगायत जिल्लामा निषेधाज्ञा प्रभावकारी नभएकोले लकडाउन गरिएको छ । तर, वैशाख १६ गते बिहान ६ बजेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागु हुनेभयो । यसअनुसार खाद्य पदार्थ र औषधी पसलबाहेकका पसल बन्द गर्ने र निजी तथा सार्वजनिक यातायात बन्द हुनेछ । तर, तीन जिल्लामा रहेका औद्योगिक क्षेत्र चालु हुने हो या बन्द हुने भन्नेबारे सरकारले बोलेको छैन । केही हप्ताअघि प्रम केपी ओलीका आर्थिक सल्लाहकार पूर्व उद्योग राज्यमन्त्री एवम् सांसद मोतिलाल दुगड्को तत्वावधानमा दुई सत्र्न्दा बढी उद्योगी–व्यापारी एमालेमा प्रवेश गराइएको हुँदा यो निषेधाज्ञामा औद्योगिक क्षेत्रलाई छुट दिइएको हो कि ? नेपाल र नेपाली जनतालाई कोभिड–१९ बाट सुरक्षित बनाउन भारतसँगको खुला सीमा बन्द गर्नु र आवतजावत रोक्नु पर्दछ । यसको लागि निषेधाज्ञाले पुग्दैन, लकडाउन नै गर्नु जरुरी छ ।
Leave a Reply