भर्खरै :

मसानघाटको चिम्नी पग्लिरहेछ, चिहान खन्नेहरू खनिरहेका छन्

इरानमा चिहान खन्नेहरू चौबीसै घण्टा अहोरात्र खटिरहेका छन् । भारतमा मसानघाटको चिम्नी तातिएर पग्लिरहेका छन् । कोभिड–१९ को बढ्दो सङ्क्रमण र मृत्युदरको कारण आज दुवै देशमा खोपको सख्त जरुरी भइसकेको छ ।
धेरै देशमा सघनरूपमा खोपका अभाव हुनुको एउटा साझा कारण भनेको वाशिङ्टनले तेर्साएको ठुलो अवरोध हो । भारतमा खोप उत्पादनको लागि आवश्यक कच्चा सामग्री पठाउन संरा अमेरिकाले नियन्त्रण गरेको छ भने इरानको सन्दर्भमा खोप किन्न संरा अमेरिकी एकपक्षीय नाकाबन्दी ठुलो अवरोध बनेको छ ।
संरा अमेरिकाका यस्ता स्वार्थी र घातक व्यवहारको कारण मानिसको जीवन रक्षा गर्ने विश्वव्यापी खोप अभियानमा उसले नैतिक आधार गुमाइरहेको छ ।
आइतबार संरा अमेरिकाले भारतमा खोप उत्पादन बढाउन खोप उत्पादकहरूलाई सहयोग गर्न खोपका कच्चा सामग्री निर्यातमा लगाइएको निषेध हटाएको घोषणा ग¥यो । जगेडा खोप राख्ने संरा अमेरिकी कदमको खुलासा र उसको खोप अन्धराष्ट्रवादको चर्को आलोचनापछि मात्र यस्तो निर्णय आएको हो ।
महामारी सुरु भएदेखि संरा अमेरिकाले खोपमाथि नियन्त्रण गर्न भगीरथ प्रयास गरेको थियो । ब्लुमबर्गको खोप अध्येताको पछिल्लो तथ्याङ्कअनुसार संसारमा उत्पादित कुल खोपमध्ये २२.७ प्रतिशत संसारको कुल जनसङ्ख्याको ४.३ प्रतिशतको नियन्त्रणमा छ ।
संसारका धेरै विकासशील देशहरूमा खोप उपलब्ध नभएको अवस्थामा संरा अमेरिकामा हरेक दिन हजारौं कोभिड–१९ को खोप फोहोर फालिने भाँडोमा फालिने गरेको एनबीसी समाचारले जनवरीमा भनेको थियो ।
संसारभर खोप आपूर्तिको सञ्जालमा संरा अमेरिका सबभन्दा ठुलो अवरोधकर्ता हो । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानम घिब्रिएससले धनी र गरिब देशबीच कोरोनाभाइरसको खोप वितरणमा ‘चकित पार्ने असमानता’ भएको बताएका छन् ।
यसैबीच महामारीको समयमा जीवन र स्वास्थ्यजस्ता मानिसका आधारभूत मानवअधिकार हनन भइरहेको बेलामा संरा अमेरिकाले भने इरान र भेनेजुयलाजस्ता देशहरूमाथि अधिकतम दबाब दिने काम गरिरहेको छ । ती देशहरूमाथि संरा अमेरिकाले थोपरेका नाकाबन्दीको कारण विदेशी मुद्राको कारोबारमा समस्या हुँदा कोभिड–१९ को खोप खरिद गर्नमा कठिनाइ सामना गर्नु परिरहेको छ ।
इरानका राष्ट्रपति हस्सन रोहानीले यसै महिनाको सुरुमा संरा अमेरिकाले खोप आपूर्तिकर्तालाई दबाबमा राख्दा इरानले पाउनुपर्ने १ करोड खोप पाउन नसकेको बताए ।
त्यसका साथै संरा अमेरिकाले विश्वव्यापी खोप सहकार्यलाई पनि भूराजनीतिक प्रतिस्पर्धाकै हिस्सा बनाएको छ । संरा अमेरिकाका केही सरकारी अधिकारीहरू र केही अमेरिकी सञ्चारमाध्यमले चीन र रुसले अन्य देशसँग खोपमा गर्दै आएको सहकार्यमाथि हिलो छ्याप्ने काम गर्दै आएका छन् । उनीहरूले चीन र रुसले उत्पादन गरेका खोपको प्रभावकारितामाथि समेत अनावश्यक टिकाटिप्पणी गर्दै आएका छन् ।
वास्तवमा संरा अमेरिकाले भाइरसलाई ठुलो राजनीतिकरण गर्दै आएको छ । अनि विश्वव्यापी ऐक्यबद्धता र सहकार्यलाई बेवास्ता गर्दैआएको छ ।
“यो नैतिक, चारित्रिक र वैज्ञानिकरूपमा आक्रामकता हो”, विश्वव्यापी खोप असमानताबारे वाशिङ्टन पोस्टसँग कुराकानी गर्दै विश्व स्वास्थ्य सङ्गठनका सरुवा रोग विशेषज्ञ मारिया भान केरखोभले भनिन्, “हामीले जताततै आगो झोसिरहेका छौँ । हामी बन्दूकको नालमा छौँ ।”
भारतलाई सहायता गर्ने संरा अमेरिकाको निर्णयलाई संसारले स्वागत गरेको छ । कोभिड–१९ विरुद्धको सहकार्यमा संरा अमेरिका फर्केको सङ्केतको रूपमा यसलाई संसारले लिएको छ । संसारको एकमात्र महाशक्ति देश संरा अमेरिकाले आफ्नो शब्द व्यवहारमा उतार्ने विश्वास गरिएको छ । साथै यसमा सकारात्मक योगदान पु¥याउने विश्वास गरिएको छ । समय घर्किरहेको छ । जीवन अझै जोखिममा छ । अब यो लडाइँमा सहकार्य संसारले थप कुर्न सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *