संयुक्त राष्ट्र सङ्घमा कसले के बोले ?
- आश्विन १०, २०८३
“चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुनै पनि शक्तिको भियतनामले विरोध गर्दै आएको छ । चीन र भियतनामबीचको सम्बन्धलाई न्यूनाङ्कन गर्न कुनै पनि जालसाजीको भियतनामले दृढतापूर्वक विरोध र प्रतिकार गर्दै आएको छ । चीनको विरोध गर्दै कुनै पनि देशको पछाडि भियतनाम लाग्नेछैन”, भियतनामका राष्ट्रपति न्युगेन स्वान फुकले सोमबार चिनियाँ रक्षामन्त्री वेई फेङ्हेसँग भेटको क्रममा भने ।
भियतनामका राष्ट्रपतिको भनाइले चीनप्रति उनको व्यक्तिगत धारणा मात्र बनेका छैनन् बरु सन् २०२१ को सुरुमा सम्पन्न भियतनाम कम्युनिस्ट पार्टीको तेह«ाँै राष्ट्रिय सम्मेलनपछि चीनसँगको सम्बन्धबारे पार्टीको सामूहिक निर्णयको प्रतिनिधित्व गरेको छ । चीनको विरोधमा मोर्चाबन्दी गर्ने संरा अमेरिकी बाइडेनको सरकारको प्रयासबीच राष्ट्रपति फुकको भनाइले चीनको भन्दा संरा अमेरिकाको ध्यान तानेको छ । उनको भनाइको अर्थ भियतनाम चीन र संरा अमेरिकाबीचको प्रमुख शक्तिबीचको प्रतिस्पर्धामा मुछिन तयार छैन । न त ऊ चीनसँगको व्यवहारमा संरा अमेरिकाको पक्षमा उभिन तयार छ ।
चीन र संरा अमेरिका दुवैको दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन आसियानको विशेष महत्र्व छ । भियतनामलगायत दक्षिणपूर्वी एसियाली देशहरू चीनलाई सीधै घेराबन्दी गर्ने र दबाउने संरा अमेरिकाको अभियानमा कुनै पनि पक्ष लिन तयार छैनन् । ती देशहरूमध्ये भियतनाम उसको राजनीतिक प्रणालीको कारण अझ विशेष छ । समाजवादी देशहरू हुनुको नाताले चीन र भियनामको धेरै अन्तर्राष्ट्रिय मामिलामा समान धारणा छ । उनीहरूलाई विभिन्न समयमा एकआपसको सहायताको खाँचो पर्छ ।
संरा अमेरिकाले दक्षिण पूर्वी एसियामा आफ्नो प्रभाव बिस्तार गर्न दक्षिण पूर्वी एसियाली देशहरूलाई आफ्नोतिर तान्ने प्रयत्नमा लागेको छ । तर, ती देशहरूले समय सान्दर्भिक व्यवहार गर्दै आएका छन् । त्यसले सो क्षेत्रमा चीनको प्रतिकार गर्ने संरा अमेरिकी चाहनालाई केही मत्थर पारेको छ । दक्षिणपूर्वी एसियाली देशमा केही जनता क्षेत्रीय मामिलामा संरा अमेरिकी प्रभाव र हस्तक्षेपलाई स्वागत र समर्थन गर्ने कुरा सत्य हो । त्यही कारणले त्यहाँ संरा अमेरिकी चलखेललाई सहज बनाइदिएको छ । चीन सधैँ सजग भएर ती विषयमा ध्यान दिन जरुरी छ ।
चीनको नान्शा टापुको हिस्सा न्युन ई चाओमा समुद्री आँधी आएको बेला बसेका चिनियाँ माछा मार्ने डुङ्गाको विषयमा भियतनामले हालै फिलिपिन्ससँग मिलेर विरोध जनाएको छ ।
चीन र भियतनाम सम्बन्धको एउटा हिस्सा दक्षिण चीन सागरको विवाद पनि हो । विगतको अभ्यासअनुसार दक्षिण चीन सागरको एउटा दाबेदार भियतनामले समुद्रका सागरको विषयमा केही सानातिना विवादबारे हल्ला गर्नु अनपेक्षित कुरा होइन । तर, हालै दक्षिण चीन सागरको विषयमा चीन र भियतनामबीचको मतभेद समग्र दुईपक्षीय सम्बन्धको झिनो विषयमात्र हो । चीन र भियतनाम दुवै पक्षका उच्च अधिकारीहरूबाट व्यक्त अभिव्यक्तिको आधारमा भन्दा दुई देशबीच मित्रता र सहकार्य कायम राख्नु नै मूल विषय हो । तर, दीर्घकालीनरूपमा विचार गर्दा अन्तर्राष्ट्रिय परिस्थिति तथा भियतनामकै राजनीतिक र राष्ट्रिय भावनामा आएको परिवर्तनसँगै दक्षिण चीन सागरले चीन र भियतनामबीच दुईपक्षीय सम्बन्धमा विभिन्न ढङ्गको प्रभाव पार्न सक्छ ।
केही विदेशी सञ्चारमाध्यमहरूले चीन र भियतनामबीचको सम्बन्धलाई उछालिरहेका छन् । उदाहरणको लागि, निकी न्युजमा अप्रिल ६ मा प्रकाशित एउटा विचारमा भनिएको छ, “भियतनाममाथि चीनको आक्रामकताले उसलाई अमेरिकाको अझ नजिक पु¥याएको छ ।” यो लेखका लेखकले चीन र भियतनामबीचको सम्बन्ध अझ खराब बन्दै जाओस् भन्ने चाहेका छन् । अप्रिल ८ मा भारतबाट प्रकाशित हुने एसियन न्युज इन्टरनेसनलले लेखेको छ, “भियतनामप्रति चीनको बढ्दो आक्रामकता र चीनविरोधी भावनाले भियतनामलाई संरा अमेरिकाको नजिक धकेलिरहेको छ ।”
चीन र भियतनामबीचको सम्बन्धबारे उनीहरूको मूल्याङ्कन सही मान्न सकिन्न । अहिले दुई देशबीचको राजनीतिक सम्बन्ध निकै राम्रो छ । दक्षिण चीन सागरबारे उनीहरूको मतभेदबारे संवाद जारी छ । यस्तो परिस्थितिमा संरा अमेरिकाले भियतनामलाई उछाल्न भरमग्दुर प्रयास गरे पनि दक्षिण चीन सागरको छालले चीन–भियतनाम सम्बन्धलाई छोप्न सक्नेछैन ।
त्यसमाथि संरा अमेरिकाको बाइडेन सरकारले मूल्य मान्यतामा आधारित कूटनीतिलाई उच्च महत्र्व दिएको छ । यसले चीनमाथि मात्र होइन, भियतनाममाथि समेत चुनौती थप्ने छ किनभने चीन र भियतनामको समाजवादी व्यवस्था संरा अमेरिकाको राजनीतिक व्यवस्थाभन्दा फरक छ । तसर्थ, भियतनाम संरा अमेरिकाका त्यस्ता कूटनीतिक कदमप्रति सजग बन्न जरुरी छ । त्यस्तो अवस्थामा भियतनामलाई तान्ने अथवा चीन–भियतनाम सम्बन्धलाई उछाल्ने संरा अमेरिकी प्रयासले चीनसँग भियतनामको सम्बन्धलाई कम्तीमा अल्पकालीनरूपमा प्रभावित बनाउन सक्नेछैन ।
(लेखक साङ्घाई सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सहायक निर्देशक हुनुहुन्छ ।)
स्रोत ः ग्लोबल टाइम्स
नेपाली अनुवाद ः सुमन
Leave a Reply