भर्खरै :

निषेधाज्ञामा औद्योगिक क्षेत्र चालू भारतको नियती नआओस्

काठमाडौँ, १६ वैशाख । अहिले भारतमा भइरहेको कहालीलाग्दो अवस्था नेपालमा नहोला भन्न सकिन्न । कोभिड–१९ को दोस्रो सङ्क्रमणसँगै भारतमा दैनिक ३ लाख ५० हजारभन्दा बढी सङ्क्रमित र दैनिक ३ हजारभन्दा बढी मृत्यु भइरहेको हुनाले यसले नेपालीलाई चिन्ता बढायो । कैलालीबाट भारतको मुम्बईको एक अस्पतालमा सेवारत एक स्वास्थ्यकर्मीले भारतमा कोभिड–१९ का बिरामीहरू अस्पतालमा उपचार नपाएर घरमै मृत्यु भइरहेको, अस्पताल भर्ना भएका सङ्क्रमितलाई आईसीयू नमिलेको, सङ्क्रमितलाई अक्सिजन दिन नसकेको, चिकित्सकहरू लाचार भइरहेको, दाहसंस्कार गर्ने घाटमा ४८ घण्टादेखि शव सडेको अवस्थामा राखिएको सार्वजनिक गरे । भारतबाट नेपाल आउनेहरू पीसीआर रिपोर्ट लिएर घर पुग्न ३ दिन लाग्ने भएकोले त्यसबीचमा पुनः सङ्क्रमित हुने हुँदा जहाँ छौँ त्यहीँ सुरक्षित रहनुपर्ने उनको आग्रह हो ।
कोभिड–१९ रोकथामको खोप विभिन्न देशलाई सहयोग गरेको भारतमा अहिले ट्याबलेटको हाहाकार भएको र भारतमा जस्तै नेपालमा भए नेपाली जनताले धेरै दुःख पाउने बताए भने नेपाल सरकारले समयमै ध्यान दिनुपर्ने उनको आग्रह हो ।
विज्ञहरूले दुई साताको निषेधाज्ञाले नेपालमा सङ्क्रमण रोकथाम गर्न सहयोग पुग्ने तर, लापरबाही गर्न नहुने, खोप चालू राख्नुपर्ने, स्वास्थ्य अनुशासनको पालना गर्ने, सम्पर्क पहिचान गर्ने, पीसीआर परीक्षण व्यापक गर्ने, बिरामीलाई उपचारको बन्दोबस्त गर्ने विषयलाई जोड दिएका छन् ।
अनुमति नभएका सवारी र यात्रुलाई सडकमै कैद र जरिवाना गर्न प्रशासनले प्रहरीलाई आदेश दिएको छ । तर, खाद्यान्न र औषधि पसलबाहेक अन्य पसल बन्द गराएको सरकारले काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्रभित्रका खाद्यान्नबाहेकका उद्योगहरूलाई निर्बाध सञ्चालन गर्न लगाएर पक्षपात गरेको जनगुनासो छ ।
७२ घण्टामा काठमाडौँ उपत्यका छाडेका ५ लाख मानिसले जिल्ला–जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलाउने अनुमान पनि धेरैको छ । त्यसरी घर फर्केकाहरूले आफूलाई सङ्क्रमित नै ठानी १० दिन अलग रहनुपर्ने पनि विज्ञहरूको मत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *