भर्खरै :

१३२ औँ मे दिवसको अवसरमा जिल्ला -जिल्लामा अनलाइन गोष्ठी

काठमाडौंँ, १८ वैशाख । १३२ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे–१) को अवसरमा नेपाल क्रान्तिकारी मजदुर सङ्घ केन्द्रीय समितिको आयोजनामा जुम मिटिङमार्फत प्रवचन कार्यक्रम शनिबार भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले मजदुर वर्गले शोषण र शोषक पुँजीपतिहरूको मात्र विरोध गरेर नपुग्ने बरु पुँजीवादी सरकार र पुँजीवादी व्यवस्थाकै विरोधमा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
पुँजीवादी सरकारले शोषक, पुँजीपति वर्ग, व्यापारी र ठेकेदारहरूको फाइदाको बन्दोबस्त र रक्षा गर्ने चर्चा गर्दै उहाँले देशमा करोडौँ र अरबौँ रुपैयाँ खर्च गरी बनाइएका पुल र सडक उद्घाटन नहुँदै भत्कँदासमेत ठेकेदारमाथि कुनै कारबाही भइरहेको छैन भन्नुभयो ।
पुँजीवादी सरकारहरू पुँजीपति वर्गको सञ्चालक समितिमात्र हुने र त्यसले बहुमत कामदार जनता र देशकै विरोधमा काम गर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले हाम्रो देशका शासकहरूमाझको झगडा कुनै सैद्धान्तिक झगडा नभई पद र पैसाको लागि भइरहेको छिनाझपटीमात्र हो भन्नुभयो ।
शासक दलहरूले साँच्चिकै देश र जनताको सेवा गर्ने सोच राखेका भए कोरोना सङ्क्रमण रोक्न जनचेतना फैलाउने र दक्षिणको सिमाना बन्द गर्नका लागि आफ्ना नेता – कार्यकर्ताहरू परिचालन गर्ने थिए भन्नुभयो ।
कोही कम्युनिस्ट र वामपन्थी नामले नहुने बरु उसको सोच र व्यवहारले हुने बताउँदै उहाँले पुँजीवादी सरकारमा जान र मन्त्री पदको सुविधाको लागि मरिहत्ते गर्नेहरू कम्युनिस्ट र वामपन्थी हुनै सक्दैन भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् सङ्घीय प्रतिनिधिसभा सदस्य प्रेम सुवालले पुँजीवादको विकाससँगै विश्वमै आर्थिक सङ्कट, गरिबी र बेरोजगारी बढेको र नवउपनिवेश विस्तार भएको चर्चा गर्दै माक्र्सवादले मजदुर वर्गलाई आफ्नो भविष्यका लागि समाजवादको लागि सङ्घर्ष गर्नुपर्नेमा सचेत गराएको बताउनुभयो ।
नेपालका ८० लाख नेपालीहरूलाई वैदेशिक रोजगारीको नाममा बहुराष्ट्रिय र विदेशी कम्पनीहरूमा सस्तो ज्यामी बनाएर शोषण भइरहेको बताउँदै उहाँले ती मजदुर जनताले पठाएको विप्रेषण रकममा आयकर उठाएर सरकार सञ्चालन गरिरहेका शासक पार्टीहरूको देश र जनताको सेवाको दावी झूटो भएको औँल्याउनुभयो ।
उहाँले कोभिडको महामारी बढिरहेको बेला सबैजना सचेत र सजग बन्नु आवश्यकता भए पनि सरकारले स्वास्थ्य मन्त्रालयमार्फत अस्पतालमा शय्या नभएको वक्तव्य प्रकाशित गर्नु सरकार जनताप्रतिको जिम्मेवारीबाट भागेको हो भन्नुभयो ।
भारतसित नेपालको खुला सिमाना भएको हुँदा भारतमा कोरोना सङ्क्रमित बढेसँगै नेपालमा पनि जोखिम बढेको तर सरकारले सिमानामा आवतजावत कडाइ नगर्दा नेपालमा पनि कोरोना सङ्क्रमण बढ्दै गएको बताउँदै उहाँले भारतबाट फर्किएका नेपालीहरूलाई सीमानाकामा परीक्षण र क्वारेन्टिनको राम्रो बन्दोबस्त गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले पुँजीवादीहरूले नचाहे पनि विश्वभर पुँजीवादको विरोधमा र समाजवादको पक्षमा जनलहर बढ्दै गइरहेको छ र नेपाली जनताले पनि पुँजीवादी व्यवस्थाका खराबीहरू उदाङ्ग्याउँदै समाजवादको लागि सङ्घर्ष बढाउनुपर्ने बताउनुभयो ।
कोरोना महामारीको सङ्कटमा सङ्घ सरकारजस्तै प्रदेश सरकार पनि लाचार बनेको बताउँदै उहाँले कोरोना महामारीलाई छोटो समयमै नियन्त्रणको अनुभव भएको छिमेकी देश चीनबाट सिक्ने र उसबाट आवश्यक खोप र सामग्री खरिद गर्नेमा सरकारहरूले समयमै ध्यान दिन नसकेकाले महामारी पुनः भित्रिएको हो भन्नुभयो ।
सभापतिको आसनबाट नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले सरकारले मजदुरहरूका लागि निम्नतम ज्याला तोके पनि त्यसलाई लागू गर्न जोड दिइरहेको छैन भन्नुभयो ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य सुनिल दुवालले अन्तर्राष्ट्रिय मजदुर दिवसको पृष्ठभूमिका बारेमा प्रस्तुतीकरण गर्दै मजदुर नेता कार्यकर्ताहरूको बलिदानीपूर्ण सङघर्षको परिणामस्वरुप दैनिक आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग पूरा भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घ केन्द्रीय समितिका सचिव राजवीर डङ्गोल र उपाध्यक्षउपेन्द्र सुवालले पनि मन्तव्य राख्नुभएको थियो ।
१३२ औँ मजदुर दिवसमा विचार गोष्ठी
काभ्रे, १८ वैशाख । १३२ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल क्रान्तिकारी मजदुर सङ्घ काभ्रे जिल्ला समितिको आयोजनामा बनेपामा शनिबार विचार गोष्ठी भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले विश्वको मजदुर आन्दोलनको शिक्षाले कम्युनिस्टहरूलाई सही दिशानिर्देश गर्ने बताउँदै मजदुर वर्गको हितबाहेक कम्युनिस्टहरूको अरू कुनै स्वार्थ हुन्न भन्नुभयो ।
उहाँले भन्नुभयो, “विश्वको मजदुर आन्दोलनले मजदुरहरूलाई वर्ग शत्रुप्रति घृणा जगायो । वर्गशत्रुप्रति घृणा नभएका तथा आप्mनो स्वार्थका निम्ति वर्ग शत्रुको चाकडी गर्नेहरू क्रान्तिकारी हुनसक्दैनन् ।”
नेपाल मजदुर किसान पार्टी काभ्रेका सल्लाहकार डा. हरिप्रसाद मानन्धरले ‘कम्युनिस्ट’ भनिने वर्तमान सरकारले मजदुरहरूको हक अधिकारको निम्ति कुनै काम नगरेको बताउनुभयो । कोभिड महामारीको बेला सरकार आप्mनै सत्ता टिकाउने, पद र पैसाको निम्ति कुकुर झगडा गरिरहेको छ भन्दै उहाँले पुँजीवादी देशहरूमा बहुमत गरिब जनता कोरोना सङ्क्रमित भई मरिरहेको बताउनुभयो । समाजवादी देशहरूले जनतालाई महामारीबाट बचाउन गरेको प्रयास सफल भएको उहाँले प्रस्ट्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिका उपाध्यक्ष पुण्यशोभा श्रेष्ठले मई १ को मजदुरहरूको सङ्घर्षले ८ घण्टा कामको दिन निश्चित भएको बताउनुभयो । नेपाल क्रान्तिकारी मजदुर सङ्घ काभ्रे जिल्ला समितिका अध्यक्ष पूर्णसिं तामाङको सभापतित्वमा भएको विचार गोष्ठीमा तुलाराज शाही ठकुरी, ज्ञानबहादुर तामाङ, रवीन्द्र श्रेष्ठ, राजु तामाङलगायतले मजदुर आन्दोलनबारे चर्चा गर्नुभएको थियो ।
काठमाडौँ
नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा १३२ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस अनलाइनमार्फत शुक्रबार मनाइयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद पे्रम सुवालले माक्र्सवादी मजदुरहरूका राजनीतिक र सांस्कृतिक स्तर माथि उठ्ने बताउनुभयो । उहाँले मजदुरको भविष्य समाजवादमा मात्र हुने भएकोले मजदुर आन्दोलन अगाडि बढाउन सक्रिय हुनुपर्ने बताउनुभयो ।
उहाँले कोभिड–१९ रोकथाममा सरकारको काम प्रभावकारी नभएको भन्दै सीमा नाकामा कडाइ नगर्ने हो भने नेपालले भारतको अवस्था भोग्नुपर्ने बताउनुभयो । उहाँले संसदीय समितिका सदस्यहरू कोभिड–१९ बारे पाटन र वीर अस्पताल निरीक्षणमा भएका अस्पतालको कमजोरीबारे जानकारी दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले राजनैतिक पार्टीहरूले नेपाली जनताका शत्रु र मित्र पहिले नै चिन्नुपर्ने बताउनुभयो । शत्रुलाई मित्र ठानेमा आन्दोलनले गन्तव्यमा नपुग्ने भन्दै विदेशीले सीमा मिच्दा चुप लाग्ने, चुनाव जित्न विदेशको पैसा खाने, सरकारमा पुगेर विदेशकै सेवा गर्ने सबै नेपालका शत्रु हुन् भन्नुभयो । उहाँले असमान सन्धि गरी देशको हितविपरीत काम गर्नेहरू पनि नेपालीका शत्रु हुन् भन्नुभयो । देशमा पञ्चायती व्यवस्थादेखि गणतन्त्रसम्म पुग्दा रातो झन्डा खसाल्न रातो झन्डा माथि उठाउनेहरू पनि उहाँले शत्रु हुने बताउनुभयो । केन्द्रीय सदस्य राजवीर डंगोलले कन्युनिस्ट घोषणापत्रबारे आफ्नो कुरा राख्नुभएको थियो ।
केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवालले चीनले आप्mनो प्रभुत्व र विस्तारवाद कहिले नखोजेको प्रस्ट पार्दै विश्वको लागि समाजवादको नीतिअनुरूप कार्य गरी विकास र समृद्धिमा लग्न चाहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा हरिशरण श्रेष्ठ, सुरेन्द्र महर्जन, सुवर्ण शाक्य र विश्वक डंगोलले पनि मजदुर दिवसको औचित्यता र महत्वबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *