भर्खरै :

अन्तरिक्षमा चीनको अर्को सफलता

अप्रिल २९ मा चीनले आफ्नो ‘लङ्ग मार्च’ नामक परिवहन रकेटमार्फत अन्तरिक्ष केन्द्रको थेन ह नामक कोर मोड्यूललाई निश्चित ट्राय्कमा पठाएको छ । यो कार्यबाट चीनको अन्तरिक्ष केन्द्रको ट्राय्क निर्माण सुरू भएको देखिन्छ ।
चीनले हाल हासिल गरेको यो उपलब्धि सजिलो छैन । गएको केही वर्षअघि अमेरिकाको नेतृत्वमा रहेको ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष क्लब’ले चीनलाई बाहिरै राख्ने निर्णय गरेको थियो । अमेरिकी राष्ट्रिय एयरोनाटिक्स र अन्तरिक्ष प्रशासन तथा अन्तरिक्षसित सम्बन्धित उद्योग व्यवसायहरूले चीनको अन्तरिक्ष संस्थासँग सम्पर्क नगर्नका लागि सन् २०११ मा अमेरिकाले कानुनी सर्त सिर्जना गरेको थियो ।
यस्तो गा¥हो परिस्थितिमा चीनले आफ्नो प्रयासमार्फत स्थायी अन्तरिक्ष केन्द्रको निर्माण कार्यमा ठुलो प्रगति प्राप्त गरेको छ । यो उपलब्धि चीनमात्र नभई विश्वका लागि धेरै महत्वपूर्ण देखिन्छ । किनभने अहिलेसम्म बाहिरी चलिरहेको सबै अन्तरिक्ष स्टेसनहरू सन् २०२४ देखि २०२८ सम्म काम सम्पन्न हुने भएको छ । त्यो बेला चीनको अन्तरिक्ष केन्द्र बाहिरी एकमात्र अन्तरिक्ष केन्द्र बन्ने छ ।
चीनको योजना अमेरिकासमेतका अरू पश्चिमी मुलुकको भन्दा फरक छ । चीनले सधैँ नै शान्तिपूर्ण प्रयोग, साझा हितका लागि सहकार्य र संयुक्तरूपमा विकास गर्ने उद्देश्यलाई पालना गरिरहेको छ ।
चीनको अन्तरिक्ष केन्द्र संयुक्त राष्ट्र सङ्घका सबै सदस्य मुलुकहरूका लागि खुला हुने योजना बनाइएको छ । यस्तो कार्य इतिहासमा कुनै पनि मुलुकले गरेको छैन । – सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *