भर्खरै :

एमसीसी सम्झौता खारेज गर्नु नै बुद्धिमानी

एमसीसीको विरोध अमेरिकी कम्पनीले सहयोग गर्न लागेको कदमको होइन एमसीसीमा उल्लेख सर्तको कारण भएको हो । धनी देशहरूले गरिब देशलाई अनेकानेक सेवा र विकासमा सहयोग गर्न सक्छन् । तर, सहयोगको नाममा नेपाललाई कठपुतली बनाउने ढङ्गको सर्त किन ? नेपालको विद्युत् विकासमा पु¥याउने उक्त सहयोगअन्तर्गत बनाइने योजनामा भारतको सहमति किन ? नेपालको विकासमा टेवा पु¥याउने उक्त योजनाबारे नेपाल सरकार किन बेखबरजस्तै हुन्छ ? जान्न र बुझ्न त के सोधपुछसम्म गर्न नपाउने योजना कस्तो योजना ¤
आर्थिक सहयोग केको लागि गर्ने, कुन योजना कहिलेसम्ममा सकाउने भन्नेबारे चिन्ता र चासो लिनुपर्छ । योजनाअनुसार काम भएको छ कि छैन सोको छानबिन गर्नु या काम भइसकेपछि चरणबद्धरूपमा आर्थिक सहयोग गर्नु एउटा पाटो हो भने सहयोगको रकमको लेनदेन सबै अमेरिकी कम्पनीले नै हेर्नुपर्ने सर्त के उपयुक्त हो ? एमसीसी सम्झौता देशघाती सम्झौता नै हो । सम्झौतामा सही भयो भनेर ठीक–बेठीकको मूल्याङ्कन नै नगरी लागू गर्न खोज्नु न्यायोचित होइन । ठुला दलका नेता र सांसदहरू यति तल गिरेर किन फोहर राजनीति गर्छन् ?
स्वच्छ मनले नेपालको विकासमा सहयोग गर्न लागेको हो भने सर्त किन राख्नुप¥यो ? एमसीसी सम्झौता संसद्ले किन अनुमोदन गर्नुप¥यो ? एमसीसी सम्झौता नेकाले समर्थन गरेको आधारमा नेकपा (हाल एमाले) ले के गर्नु आवश्यक छ ? एमसीसी सम्झौताका सर्तहरू गलत छन् भने अर्को दल र सरकारले आँखा चिम्ली किन समर्थन गर्ने ? अरूले गरेको गल्ती सुधार्ने कि फेरि समर्थन गर्ने ? एमसीसी सम्झौताका सर्तहरू गलत रहेछ भन्ने कुरा छानबिन समिति गठन गरेबाट थाहा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *