मजदुरहरूबिच कार्ल माक्र्सको २०८ औँ जन्म जयन्ती
- बैशाख ३०, २०८३
काठमाडौँ, १९ वैशाख । देशभर गरिएको परीक्षणबाट हालसम्मकै उच्च सात हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सात हजार २११ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार १६ हजार १४७ पीसीआरमा सात हजार १३७ र ६२३ एन्टिजेन परीक्षणमा ७४ मा सङ्क्रमण देखिएको हो । यससँगै नेपालमा तीन लाख ३६ हजार ३० जना सङ्क्रमित भएका छन् । आइतबार देखिएका सङ्क्रमितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका एक हजार ८०९ र २० देखि २९ वर्ष उमेर समूहका एक हजार ७६७ रहेका छन् । त्यस्तै ९ वर्ष उमेर समूहका बालबालिका १६६, १० देखि १९ वर्ष उमेर समूहका ४५७ रहेका छन् ।
सङ्क्रमित निको भई एक हजार ६१२ जना घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ८३ हजार ९९४ जना निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८४.५ प्रतिशत रहेको छ ।
सङ्क्रमणबाट आइतबार २७ जनाको निधन भएको छ । नेपालमा अहिलेसम्म तीन हजार ३२५ जना सङ्क्रमणबाट निधन भएका छन् । डा. गौतमका अनुसार आइतबार काठमाडौँ उपत्यकामा तीन हजार ५९५ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ सङ्क्रमित भएका छन् । पाँच सत्न्दा बढी सङ्क्रमण भएका जिल्ला १२ पुगेका छन् । प्रवक्ताका अनुसार तिनमा मोरङ, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, दाङ, बाँके, रूपन्देही, सुर्खेत र कैलाली छन् ।
आईसीयूमा ४७७ र भेन्टिलेरमा १३१
सङ्क्रमितमध्ये ४७७ सघन उपचार कक्ष (आईसीयू) र १३१ भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं १ मा ५४, प्रदेश नं २ मा २४, बाग्मती प्रदेशमा २५४, गण्डकी पाँच, लुम्बिनी ७७, कर्णाली ३३ र सुदूरपश्चिम ३० आईसीयूमा छन् ।
यस्तै प्रदेश नंं १ मा १४, प्रदेश नं २ मा २, बाग्मती प्रदेशमा ७७, गण्डकी एक, लुम्बिनी २१, कर्णाली सात र सुदूरपश्चिममा नौ भेन्टिलेटर छन् । रासस
Leave a Reply