भर्खरै :

केरालामा वामपन्थीलाई बहुमत, पश्चिम बङ्गालमा तृणमुल नै अगाडि

थिरूभाननथापुरम, २ मे । भारतका विभिन्न राज्यमा भएको राज्यसभा निर्वाचनअन्तर्गत केरालामा वामपन्थी गठबन्धनले अग्रता हासिल गरेको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी), भारतीय कम्युनिस्ट पार्टीलगायत दल मिलेर बनेको वामपन्थी प्रजातान्त्रिक मोर्चा (एलडीएफ) ले कुल १४० स्थानमध्ये ९९ स्थानमा विजय हासिल गरेको छ । भाकपा (माक्र्सवादी) का महासचिव सीताराम यचुरीले आइतबार एउटा श्रव्यदृश्य सन्देश जारी गरी केरालाका जनताको निर्णयको सम्मान गर्नुभयो । केरालामा विगत चार दशकदेखि लगातार वामपन्थी दलले सरकार चलाउँदै आएको छ । विशेषतः कोभिड–१९ महामारीमा त्यहाँको सरकारले प्राप्त गरेको सफलताको कारण यस पटकको चुनावमा वामपन्थी दलप्रतिको जनसमर्थन अझ व्यापक भएको बताइएको छ ।
तर, कुनै बेला वामपन्थी सरकारले शासन गर्दै आएको पश्चिम बङ्गालमा ममता बेनर्जीको तृणमूल कङ्ग्रेसले अत्याधिक बहुमत आउने प्रारम्भिक नतिजाले देखाएको छ ।
पश्चिम बङ्गालका अतिरिक्त एक केन्द्र प्रशासितसहित पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना भइरहेको हो । नयाँ नेतृत्वको लागि मार्च र अप्रिलमा विभिन्न चरणमा केरला, तमिलनाडु, पश्चिम बङ्गाल, असम र पाँडेचरीमा निर्वाचन गरिएको थियो ।
बनर्जीको दलले बाँकी २०८ क्षेत्रमा अग्रता कायम गरेको छ भने भारतीय जनता पार्टीले ७९ स्थानमा अग्रता कायम गरेको छ । अरू दलको उपस्थिति नगण्य देखिएको छ । वामपन्थी दलको एक सीटमा अग्रता देखिएको छ ।
पश्चिम बङ्गालमा पाँच वर्षपहिले निकै कम सीट ल्याएको भाजपाले यसपटकको निर्वाचनमा निकै सुधार गरेको देखिएको छ । सन् २०१६ मा जम्मा तीन सीटमा समेटिएको भाजपाले ७५ सीट वरपर जित्नसक्ने देखिएको छ ।
यहाँबाट अघिल्लो निर्वाचनमा ४४ सीट जितेको विपक्षी भारतीय काङ्ग्रेसले आइतबारसम्ममा एक सीटमा मात्र अग्रता कायम गरेको छ । त्यसैगरी, अघिल्लो चुनावमा २६ सीट जितेको कम्युनिस्ट पार्टी अफ इन्डिया (माक्र्सवादी) पनि एक सीटमा समेटिने देखिएको छ ।
तमिलनाडुको २३४ सदस्यीय विधानसभामा प्रतिपक्षी ड्रभिडा मुन्नेत्र काझागम (डीएमके) ले १२९ स्थानमा अग्रता लिँदा सत्तारूढ एआईएडीएमकेले ९० स्थानमा अग्रता लिएको छ । केरालाको १४० सीटको विधानसभामा मुख्यमन्त्री पिनरई विजयन नेतृत्वको वामपन्थी प्रजातान्त्रिक मोर्चाको अग्रता देखिएको छ ।
असामको १२६ सदस्यीय विधानसभाको लागि भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टीले ७३ स्थानसहित सरकार बनाउने हैसियतमा देखिँदै छ । केन्द्र प्रशासित पाँडेचरीको ३० सीटमा भने भाजपा १६ र कङ्ग्रेस आई १२ स्थानमा अगाडि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *