काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !
- बैशाख २८, २०८३
सरकारको नेतृत्व फेर्नको लागि देशमा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा भइरहेको छ । यसकै लागि सांसदहरूले दल त्याग गर्ने, दल त्यागेर मन्त्री बन्ने होड चलिरहेको छ । प्रदेश या सङ्घीय सरकारको हेरफेर या नयाँ सरकार गठनको माग या प्रयास राजनीतिक निकास होइन । मन्त्री बन्न सांसदले दल त्याग गर्नु अस्थिर राजनीतिको सङ्केत हो । अहिले देशको राजनीति प्रदेश सरकार र सङ्घीय सरकारको नेतृत्व फेर्नेमा केन्द्रित देखिन्छ । यसरी अस्थिर राजनीतिले देशमा अन्योल कायम हुने देखेरै नेपाल मजदुर किसान पार्टीले ताजा जनादेशको लागि निर्वाचनलाई जोड दिँदै आएको हो ।
ठुला दलका नेता र सांसदहरू सङ्घीय सरकार फेर्न गृहकार्यमा लाग्दा लाग्दै हैरान भएका छन् । आफ्नो प्रयास असफल भएका कति नेताहरू सङ्ख्या नै पुगेको छैन कसरी अविश्वास प्रस्ताव राख्ने भनी झर्केका छन् । कतिपय दलमा सरकार फेर्ने र नफेर्ने सम्बन्धमा फरक मत देखिएकोले पनि नेका, जसपा र माओवादी केन्द्रका नेताहरूको प्रयास असफल भएको हो । केन्द्रीय सरकार हटाउने प्रयास सफल नभए पनि प्रदेश सरकार भने हेरफेर भइरहेको छ ।
देशको राजनीतिलाई अस्थिर र अन्योल बनाइरहनुको सट्टा निर्वाचनमा जानु नै उपयुक्त हुन्छ भन्ने विश्लेषण अहिले समय सान्दर्भिक देखिन्छ । आखिर देशका अधिकांश राजनीतिक दलहरू निर्वाचनमा जान तयार छन् । सरकार रहला कि नरहला भन्ने चिन्ता छाइरहेको बेला, प्रदेश सरकार बदलिरहेको बेला, सांसदहरू पार्टी निर्णयविपरीत मन्त्रिमण्डल हेरफेरमा लागिरहेको र दल त्याग गरिरहेको बेला निर्वाचन नै उपयुक्त माध्यम हो । प्रदेश सरकार टिकाउन या लम्ब्याउन एकाएक दल बदल्ने र राजीनामा दिने काम राम्रो सङ्केत होइन । दल त्याग्नेबित्तिकै आफ्नो पक्षमा ल्याउन मन्त्री बनाउने लोभले देशको राजनीति कसरी सङलो हुन्छ ?
सरकार गठनकै निम्ति राजनीतिक जोड–घटाउ भइरहेको छ । नेताहरूको अमूल्य समय जोड घटाउमा खर्च भइरहेको छ । कोरोना भाइरसको कारण प्रत्येक दिन कोरोना सङ्क्रमित र मृत्युको सङ्ख्या बढिरहेको बेला सरकार परिवर्तनको जोडघटाउमा लागेर ठुला दलका नेता, मन्त्री र सांसदहरूले आफ्नो जिम्मेवारी पालना गरिरहेका छैनन् । स्वास्थ्योपचारका सबै बन्दोबस्त अस्पतालमा शय्या र औषधि उपचार तथा अक्सिजन पूर्ति गर्नेतर्फ ध्यान जान नसक्नुको कारण ठुला दलका नेताहरू सत्तामोहमा केन्द्रित हुनु हो ।
Leave a Reply