भर्खरै :

संरा अमेरिकाले ‘खराबभन्दा खराब अवस्थाको सामना गर्नुपर्ने’ प्रजग कोरियाको चेतावनी

प्योङयाङ, २ मे । प्रजातान्त्रिक जनगणतन्त्र (प्रजग) कोरियाले संरा अमेरिकाले ‘खराबभन्दा खराब सङ्कट सामना गर्नुपर्ने’ चेतावनी दिएको छ । संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रजग कोरियाको आणविक कार्यक्रमलाई ‘गम्भीर खतरा’ भनी दिएको अभिव्यक्तिको प्रतिक्रियामा प्रजग कोरियाले यस्तो चुनौती दिएको हो ।
प्रजग कोरियाको विदेश मन्त्रालयअन्तर्गत संरा अमेरिकी मामिला हेर्ने विभागका महानिर्देशक क्वान जोङ गुनले आइतबार वक्तव्य जारी गरेको वक्तव्यमा गत साता संरा अमेरिकी संसदमा जो बाइडेनले दिएको आफ्नो पहिलो संसदीय भाषणमा जिब्रो लरबरिएको र प्योङयाङलाई संरा अमेरिका र विश्वको लागि ‘गम्भीर खतरा’ भनेको उल्लेख छ ।
“उनको वक्तव्यमा प्रष्टतः प्रजग कोरियाविरुद्ध बितेका आधा शताब्दीमा संरा अमेरिकाले ठोप्दै आएको निर्मम नीतिलाई निरन्तरता दिने मनसाय अभिव्यक्त भएको छ”, क्वानले भने ।
“यदि संरा अमेरिकाले प्रजग कोरिया–संरा अमेरिका सम्बन्धबारे यस्तै शीतयुद्धकालीन म्याद नाघेको धारणा कायम राखे निकट भविष्यमा संरा अमेरिकाले खराबभन्दा खराब सङ्कटको सामना गर्नुपर्नेछ”, क्वानले चेतावनी दिए ।
“प्रजग कोरियाप्रति संरा अमेरिकाको नयाँ नीति के हो भन्ने कुरा अब प्रस्ट भएको छ । त्यसकारण हामी त्यहीअनुसारको व्यवहार गर्न बाध्य छौँ । समयान्तरमा संरा अमेरिकाले आफूलाई निकै अप्ठ्यारो अवस्थामा पाउनेछ”, उनले भने ।
क्वानले संरा अमेरिकाले दाबी गरेको ‘कूटनीति’ आफ्ना निर्मम कार्य छोप्ने थिलथिलो नामपाटीमात्र भएको र उसले रटान लगाउने गरेको खतराको मूल लक्ष्य प्रजग कोरियालाई ‘आणविक धम्की’ दिनुभएको बताए ।
आइतबार नै जारी अर्को एउटा वक्तव्यमा प्रजग कोरियाको विदेश मन्त्रालयले पनि प्रजग कोरियाको मानवअधिकार रेकर्डबारे संरा अमेरिकाको बुझाइको विरोध गरेको छ । वक्तव्यमा संरा अमेरिकी अभिव्यक्तिले प्रजग कोरियाली सर्वोच्च नेताको अपमान भएको उल्लेख छ ।
“गत साता संरा अमेरिकी विदेश विभागका प्रवक्ता निड प्राइसले वक्तव्य जारी गरी विश्वव्यापी महामारीबाट जनताको जीवन रक्षा र सुरक्षाको लागि प्रजग कोरियाले गरेका महामारी प्रतिरोधी कदमलाई ‘मानवअधिकारको उल्लङ्घन’ र ‘हाम्रो सर्वोच्च नेताको छविमा समेत दख्खल’ पु¥याएका थिए”, प्रजग कोरियाली वक्तव्यमा उल्लेख छ ।
“संरा अमेरिकाले प्रजग कोरियालाई सिध्याउने खुलमखुला मनसाय व्यक्त गरिरहेको छ । हाम्रो विचारधारा र सामाजिक प्रणाली अस्वीकार गर्दै, ‘मानवअधिकार’ को दुरुपयोग गर्दै हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्दै हाम्रो सामाजिक प्रणालीलाई भत्काउने राजनीतिक हतियार प्रयोग गरिरहेको छ । हामी त्यसको प्रतिकार गर्न हामी बाध्य छौँ”, वक्तव्यमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *