भर्खरै :

महामारीविरूद्ध जिम्मेवार नागरिकको भूमिका खेलौँ

बितेको एक साताभन्दा बढी समयावधिमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या लगातार उकालो लागिरहेको छ । आइतबार एकै दिनमा कोभिड–१९ महामारी सुरू भएयता हालसम्मकै सबभन्दा बढी व्यक्तिलाई कोभिड सङ्क्रमण भएको सरकारको तथ्याङ्कले देखाएको छ । आइतबार एकै दिनमात्र सङ्क्रमितको सङ्ख्या सात हजार नाघेको छ । कोभिड–१९ सङ्क्रमणकै कारण मर्नेको सङ्ख्या दिनानुदिन बढ्दै छ । सङ्क्रमणको सङ्ख्या बढेसँगै अस्पतालमा शय्याको अभाव हुन थालेको छ । छिमेकी देश भारतका जनताले मार्च–अप्रिल–मे महिनामा सामना गरिरहेको भयावह अवस्था नेपालमा नआओस् भन्ने कामना गर्दा गर्दै नेपालमा पनि महामारीले क्रमशः विकराल रूप लिइरहेको छ । भारतमा अक्सिजनजस्तो आधारभूत चिकित्सकीय सामग्रीको आपूर्ति सुचारू नहुँदा धेरैको ज्यान गयो । व्यवस्थित एकान्तवास, पूर्वाधारसम्पन्न अस्पताल शय्या, प्रतिरोधी औषधिको सहज उपलब्धता नहुँदा अहिले पनि भारतका जनताले इतिहासमा कहिल्यै नभोगेजस्तो भयावह अवस्थाको सामना गरिरहेका छन् । स्वास्थ्यकर्मीहरूको अभाव हुँदा भएका स्वास्थ्यकर्मीहरू लगातार लामो अवधि काम गर्न बाध्य छन् । नचाहेर पनि नेपालको अवस्था आज त्यतैतिर उन्मुख बन्दै छ ।

सरकारले अहिलेकै अनुपातमा सङ्क्रमण बढ्दै गए भएका स्वास्थ्य पूर्वाधार अपुग हुने स्पष्ट भनिसकेको छ । त्यसकारण, देशैभरिका स्थानीय तहहरू आफ्ना जनताको जीवन रक्षाको लागि गर्न सकिने बन्दोबस्तको लागि अग्रसर भएका छन् । काठमाडौँ उपत्यकाजस्तो सघन जनसङ्ख्या भएका सहरमा महामारी नियन्त्रण र व्यवस्थापन सहज हुनेछैन । त्यसको निम्ति राज्यले आफ्नो दायित्व निर्वाहमा कहीँ कतै कुनै पनि कसर बाँकी राख्न भएन । नागरिकले पनि आफ्नो स्तरमा राज्यको प्रयासलाई सहायता गर्न सकेमात्र महामारीको यो लडाइमा हामीले विजय हासिल गर्नसक्छौँ । अनुशासित नागरिकको देशले मात्र सङ्कटका पहाडहरू छिचोल्न सक्छ ।

विडम्बना ¤ कोभिड–१९ को महामारी दैलोमा आइसक्दा पनि अझ धेरै मानिस यसप्रति बेवास्ता गर्ने गल्ती गरिरहेका छन् । वैज्ञानिकहरूले गहिरो अध्ययनपछि भाइरसको सङ्क्रमणबाट जोगिने केही उपायहरू सुझाएका छन् । तर, मानिसहरू ती उपायको पालनामा लापरबाही र बेवास्ता गरिरहेका छन् । फलतः सङ्क्रमणले आफ्नो फैलावट बढाउँदै लगेको छ ।
कोभिड–१९ बाट सङ्क्रमित कोही एक जनामात्र मानिस बाँकी रहँदासम्म त्यसमाथि विजय हासिल गरेको मान्न सकिन्न । एकै जना व्यक्तिमा मात्र यसका भाइरस रहेसम्म संसार यसको खतराबाट मुक्त हुन सक्दैन । तसर्थ, महामारीलाई पराजित गर्न केही मानिसमात्र सचेत बनेर सावधानीका उपाय पालना गरेर हुँदैन । बरु, सबै मानिसले कडाइका साथ सावधानका उपाय पालना गर्दामात्र भाइरसमाथिको विजय हासिल गर्न सक्नेछौँ ।
सरकारले कोभिड–१९ को सङ्क्रमण शृङ्खला तोड्न निषेधाज्ञा लागू गरेको छ । मानिसहरूको आपसी सम्पर्कबाट भाइरस सर्ने भएकोले मानिस–मानिसबीचको सम्पर्कको शृङ्खला तोड्न सके भाइरसको सङ्क्रमण तोड्न सकिन्छ । निषेधाज्ञामा मानिसको आवतजावतमा निषेध गर्नुको मूल लक्ष्य त्यही हो । तर, केही मानिस भने अझै पनि यसप्रति गम्भीर भएको देखिएन । यो वा त्यो बहानामा बजारमा निस्कँदा सङ्क्रमणको शृङ्खला तोड्न सकिएको छैन । यसरी केही लापरबाही गर्ने गैरजिम्मेवार मानिसको कारण सङ्क्रमणको फैलावट अझ फराकिलो बन्दै गएको छ ।
सरकारले अहिलेकै अनुपातमा सङ्क्रमण बढ्दै गए भएका स्वास्थ्य पूर्वाधार अपुग हुने स्पष्ट भनिसकेको छ । त्यसकारण, देशैभरिका स्थानीय तहहरू आफ्ना जनताको जीवन रक्षाको लागि गर्न सकिने बन्दोबस्तको लागि अग्रसर भएका छन् । काठमाडौँ उपत्यकाजस्तो सघन जनसङ्ख्या भएका सहरमा महामारी नियन्त्रण र व्यवस्थापन सहज हुनेछैन । त्यसको निम्ति राज्यले आफ्नो दायित्व निर्वाहमा कहीँ कतै कुनै पनि कसर बाँकी राख्न भएन । नागरिकले पनि आफ्नो स्तरमा राज्यको प्रयासलाई सहायता गर्न सकेमात्र महामारीको यो लडाइमा हामीले विजय हासिल गर्नसक्छौँ । अनुशासित नागरिकको देशले मात्र सङ्कटका पहाडहरू छिचोल्न सक्छ । राज्यसँग जनताको राजनीतिक सङ्घर्ष जारी रहनेछ । तर, महामारीविरूद्धको लडाइँमा भने नागरिक पनि अनुशासनमा बस्न आवश्यक छ । जिम्मेवार नागरिकको अनुशासन पालना गराँै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *