के वामपन्थ साँच्चै असान्दर्भिक भइसकेको हो ? केरला मोडेल र सामाजिक सद्भावको वास्तविकता
- बैशाख २९, २०८३
उत्ताउला कम्युनिस्टहरू आफ्नो सङ्गठनको काम सुनाउँदा कति न पक्का क्रान्तिकारी होलाजस्तो भ्रम दिने शब्दहरूको प्रयोग गर्छन् । आफ्नो सङ्गठनको प्रारम्भिक स्तरलाई नै ‘कमान्डर’ र ‘ट्रुप’ को नाउँ दिएर के के न जस्तो देखाउन चाहन्छन् । के त्यसो गर्दैमा जनता तिनीहरूले क्रान्ति गर्छन् भन्ने कुरोमा विश्वास गर्लान् त ? के तिनीहरू जनतालाई मूर्ख बनाउन चाहन्छन् ? “नाउँको पछि लागेर उत्तेजित हुने म केटाकेटी होइन ।”
क्रान्तिकारी शब्दाडम्बर
सन् १८७७–१८७८ मा विस्मार्कले जर्मनीको मजदुर तथा समाजवादी आन्दोलन दबाउन असाधारण ऐन लागु गरेका थिए । त्यस ऐनअनुसार सामाजिक–जनवादी पार्टीका सबै सङ्गठन र मजदुर समाचारपत्रहरू बन्द गराइयो । समाजवादी साहित्य जफत गरियो र सामाजिक जनवादीहरूलाई देश निकाला गरियो । त्यस बेला जर्मनीको सामाजिक जनवादी पार्टीमा मोष्टजस्ता मानिस पनि थिए । उनी भन्थे, “गतिविधिबाट प्रचार गर्नुपर्छ । व्यक्तिगत आतङ्क क्रान्तिकारी सङ्घर्षको सबभन्दा प्रभावशाली साधन हो ।” माक्र्सले ‘मोष्टको’ ‘क्रान्तिकारी शब्दाडम्बर’ को सा¥है निन्दा गर्नुभएको थियो ।
मोष्ट र उनका साथीहरूले एकचोटी जर्मनी सामाजिक जनवादको ‘भोर्टवाड’ (अगाडि बढ) भन्ने दैनिक केन्द्रीय मुखपत्रमा एँगेल्सका लेखहरूलाई ‘धेरैजसो पाठकहरू त्यसमा कुनै चाख राख्दैनन्’ भनेर छाप्न नपाइने गरेका थिए । त्यसबेला एँगेल्सले सबै किसिमका अवसरवादको विरोध गर्न त्यस पत्रिकालाई उपयोग गर्नुहुन्थ्यो ।
मोष्ट र हैस्सेलमैनको ‘तुरुन्तै हिंसा र आतङ्कबाट जवाफ दिने आतङ्कवादी योजनाको रूपमा कार्यनीति’ लिन खोज्नु र केही अस्पष्ट कुराहरूमा मात्रै आफूलाई अलमल्याउनु विचार दरिद्रताको प्रमाण हो । ‘राजनैतिक प्रचार, आन्दोलन र सङ्गठनको विकासको अभाव हो ।’
‘जब उसँग क्रान्तिकारी कार्यको धेरै व्यापक सङ्गठनको कुनै ‘योजना’ छैन भने यस्तो समयमा ‘योजना’ को रूपमा – कार्यनीतिको कुरा गर्नु माक्र्सवादको मूल भावनाको विरुद्ध छ’, ‘खालि सिद्धान्तको क्षेत्रमा माक्र्सवादलाई बङ्ग्याउनु मात्रै होइन, बरु व्यवहारको क्षेत्रमा पनि पार्टीलाई पछाडि धकेल्नु हो ।’
‘…मोष्ट र हैस्सेलमैनले विवेकहीन ‘क्रान्तिकारी’ कार्य गर्न उचालेर दृढ तथा स्थिर स्वभाव भएका नेताहरूप्रति अविश्वास फैलाए । समाजवादी आन्दोलनभित्र पाइने यस्ता सबै तत्वहरूको विरोधमा दृढतापूर्वक र निर्ममतापूर्वक सङ्घर्ष गरेर नै जर्मनीमा समाजवाद अगाडि बढेको हो ।
सन् १९०३ मा बोल्शेविक पार्टी जन्मनासाथै सानो पुँजीवादी, अर्ध–अराजकतावादी (अथवा सौखिन अराजकतावादी) क्रान्तिवादको विरोधमा दृढतापूर्वक सङ्घर्ष गर्ने परम्परा कायम ग¥यो । विरोधका कुराहरू के के हुन् ? पहिलो, कुनै प्रकारको राजनैतिक गतिविधि सुरु गर्नुभन्दा पहिले, वर्ग शक्तिहरूको र त्यसको आपसी सम्बन्धको सही र वास्तविक मूल्याङ्कन गर्नु आवश्यक छ । तर, तिनीहरू यस्तो माक्र्सवादी सिद्धान्तलाई मान्दैनन् । दोस्रो, यो पार्टी यसकारण आफूलाई विशेषरूपले ‘क्रान्तिकारी’ अथवा ‘वामपन्थी’ सम्झन्थ्यो कि व्यक्तिगत आतङ्कवादको हत्याराहरूलाई समेत ठीक सम्झन्थ्यो । हामी माक्र्सवादी भने त्यसको पूरै विरोधमा थियौँ । थाहै छ, हामी खालि उपयोगिताको आधारमा व्यक्तिगत आतङ्कको विरोधमा थियौँ । तेस्रो, खेतीको प्रश्नमा वा मजदुर वर्गको हुकुमको प्रश्नमा तिनीहरू सा¥है महत्वाकाङ्क्षी र अवसरवादी विचार राख्थे ।
Leave a Reply