भर्खरै :

नेपालीका शत्रुहरू को को हुन् ?

नेपालको सीमा मिचमाच गरिरहने, राजनैतिक कार्यकर्ताहरूलाई पैसा दिएर सत्तामा पु¥याउने र सत्तामा पुगिसकेपछि मिचेको सीमालाई दुई देशको बीचको समझदारी भन्दै सम्झौता र सन्धिमा पु¥याउने हाम्रो देशका शत्रु हुन् र शत्रुहरूसँग मिलेर सत्तामा पुगी तिनीहरूकै प्रस्तावमा हस्ताक्षर गर्नेहरू आफ्नै देशभित्रका शत्रुहरू हुन् । यी हुन् देखिने बाहिरी र भित्री शत्रुहरू ।
अहिलेसम्मका विदेशी शत्रुहरूसँग गुप्तरूपले मिलेर देशको गुप्तता शत्रुलाई बताउने र शत्रुको झूटो कुरा साँचो हो भन्दै आफ्नै देशमा प्रचार गर्नेहरू र कर्मचारी भए तिनीहरू सरकारलाई झुक्याउने नेपाल र नेपाली जनताका शत्रु हुन् ।
नेपाल–अङ्ग्रेज युद्धमा आफ्नै देशका माथिल्ला शासक र कर्मचारीले अङ्ग्रेजलाई सूचना नपु¥याएसम्म नेपाललाई हराउन गा¥हो थियो । राजदरबारभित्रको कलहको कारण देखाएर होस् वा पद एवम् पैसाको लोभले गुप्त सूचना शत्रुको हातमा पु¥याउने सबै नेपाल र नेपाली जनताका शत्रु हुन् । अङ्ग्रेजलाई गुप्त सूचना दिनेहरू पहिले नै मारिए होलान् वा तिनीहरूले पनि सत्ताको महत्वपूर्ण पदमा आसीन ठूला परिवारका सदस्यहरू भएका हुँदा नाम खुल्दा सजाय दिइएन होला ¤ सुगौली सन्धिमा विश्वासघात गर्नेहरूमध्ये मिश्र र उपाध्याय परिवारको एकएक जनाको नाम खुलेको थियो, अरूको नाम खुलिसकेको देखिन्न । तिब्बतबारे अङ्ग्रेज–चीन युद्धमा कलकत्तामा गई चीनलाई हराउने सन्धिमा हस्ताक्षर गर्ने तिब्बती अधिकारीहरू पछि कहिल्यै चीन फर्केनन् । भारतसँग असमान सन्धिहरूमा हस्ताक्षर गर्ने वा आफ्नै देशको अहित गर्ने कर्मचारी र नेता वा मन्त्रीहरू सबैको नाम खुल्दै आउनुपर्ने हो, खुलिसकेको छैन । आ–आफ्नै देशका विभिषण र मिरजाफरहरू नभएसम्म देश हार्दैन वा हराउन सजिलो हुँदैन ।
पञ्चायतकालमा नेपाली काङ्ग्रेस पहिलो तारोमा थियो । नेपाली काङ्ग्रेसलाई सजिलो पार्न वा पञ्चायती शक्तिविरुद्ध थप शत्रु बढाउन नेहरू सरकारले नेपाली वामपन्थी वा गणतन्त्रवादीहरूलाई बाहिर ल्यायो । पञ्चायती व्यवस्थाको भित्री कुरा थाहा नपाउनेहरूले निश्चित नेताहरूलाई बताउन सक्ने विषय भएन । त्यस्तै २०३६ साल र २०४७ पछि नेपालमा भारतीय स–साना व्यापारीहरू नेपाली सहरबजारमा छ्याप्छ्प्ती देखिए र ‘भारतीय मूल’ कालाई नागरिकता दिने माग पनि बढ्दै गयो । तर, व्यवहारमा ठाउँ–ठाउँमा हेर्दा राष्ट्रिय झन्डा र राजाका तस्बिर बोक्नेहरू वा ऋतिक रोशन काण्डमा पुतला जलाउने र राष्ट्रिय झन्डा उठाउनेहरूले नै टोल–टोलमा भारतीय स–साना व्यापारीहरूको लागि डेरा खोज्ने, डेरा दिने र नागरिकता दिलाउने काम गरेको चर्चामा आयो । पञ्चायतकै बेला मन्त्रीपरिषद्का निर्णयहरू तुरुन्तै भारतीय दूतावास पुगेको तथ्यबारे प्रधानमन्त्री आफैले बोले, “के गर्नू, सबैभन्दा बढी पञ्चायत र राजाको गुणगान गाउनेहरू नै भारतलाई सूचना प्रवाह गर्नेहरू देखिए । दोहोरो चरित्र बोक्नेहरू नै नेपाल र नेपाली जनताका शत्रुहरू देखिए ।”
संसारकै कम्युनिस्ट आन्दोलनमा एउटा उखान सा¥है चर्चित छ– ‘रातो झन्डाको विरोध गर्न रातो झन्डा आकासमाथि उठाऊ ¤’ मई महिनामा मजदुर आन्दोलनलाई दबाउन प्रदर्शनकारी मजदुरहरूकै बीचबाट उत्तेजना फैलाउन प्रहरीका दलालहरूले प्रहरीमाथि ढुङ्गा–मुढा गरेका थिए । प्रहरीलाई दमन गर्ने निहुँ त्यही बन्यो ।
रुसी अक्टोबर क्रान्तिकै सिलसिलामा देशी र विदेशी शत्रुहरूसँग मिलेर सोभियत सरकारलाई असफल पार्न ‘क्रान्तिकारी’ र ‘कम्युनिस्ट’ नेताहरू त्रोत्स्की र बुखारिनहरू शत्रुसँग मिलेका थिए । पछि तिनीहरूको अपराध सबै प्रमाणित भएपछि ती विश्वासघातीहरूलाई अदालतले ज्यान सजाय दियो ।
नेपालको वर्तमान अवस्थामा अर्थात् कोभिड–१९ र आर्थिकरूपले ठूलो अप्ठेरोको स्थितिमा नेकपा (भित्री झगडा) को नाममा देशलाई बन्द गल्लीमा फसाइयो । समयमा कोरोना नियन्त्रणको बन्दोवस्त गर्न सरकार असमर्थ भयो । २–४ महिना पहिले नै दक्षिण सीमामा स्वास्थ्य परीक्षण, उपचार, क्वारेन्टिनको व्यवस्था गर्न सकेको भए देशले आज हाहाकार भोग्नुपर्ने थिएन । अब, नेपाली जनताले प्रमाण र तर्कको आधारमा शत्रुलाई चिन्नुपर्ने भएको छ । आज चर्चा यसैको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *