भर्खरै :

असिनाले बालीनाली क्षति भएका किसानलाई क्षतिपूर्तिको माग

भक्तपुर, २० वैशाख । सोमबार भएको वर्षा र असिनापातले भक्तपुर जिल्लाका अधिकांश क्षेत्रको बालीनाली प्रभावित भएको छ । भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा परेको पानी र असिनाले गहुँबाली, नगदेबाली र फलफुल खेतीमा क्षति पुगेको जिल्लाका विभिन्न भागका किसानहरूले बताएका छन् ।
असिनाले पाक्न ठीक भइसकेको गहुँबालीमा क्षति पुग्दा किसानहरू मर्कामा परेका छन् । भित्रिन ठीक भइसकेको बाली यसरी क्षति पुग्दा किसानहरू दुःखी भएका छन् । उनीहरूले प्राकृतिक विपत्तिको कारण भएको क्षतिको अध्ययन गरी राहतको व्यवस्था गर्न सरकारसमक्ष माग गरेका छन् ।
महामारीको कारण त्यसै पनि समस्या झेलिरहेका किसानहरूको बालीनाली नष्ट हुँदा थप मर्कामा परेका छन् ।
वर्षा र असिनापातको कारण किसानहरूले भोग्नुपरेको क्षतिको अध्ययन गरी राहतको व्यवस्था गर्न नेपाल क्रान्तिकारी किसान सङ्घले सरकारसमक्ष माग गरेको छ । सङ्घको भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले किसानहरूको बालीमा पुगेको क्षतिको पूर्ति गर्न सरकारसमक्ष माग गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *