भर्खरै :

कोभिड – १९ : भारतको भयावह स्थिति र चीनको सहयोग

भारतमा आइतबार एक दिनमै कोभिड–१९ सङ्क्रमित ३ लाख ८६ हजार १४७ र मृत्यु ३ हजार ४१७ थपिए । कुल सङ्क्रमित १ करोड ९९ लाख २५ हजार ६०४ र मृत्यु २ लाख १८ हजार ९५९ पुग्यो । यतिबेला १५ करोड ७१ लाख ९८ हजार २०७ भारतीय जनताले मात्र कोभिड–१९ रोकथामको खोप पाए । भारतको कुल जनसङ्ख्या १ अर्ब ३८ करोड ७७ लाख १८ हजार २९१ पुगेको बताइन्छ ।
भारतमा एक दिनमा भइरहेको सङ्क्रमण र मृत्यु ५० देशमा एकै दिनमा भइरहेको सङ्क्रमण र मृत्युभन्दा बढी छ । शनिबार एक दिनमा भारतीय जनता ४ लाख १ हजार ९९३ सङ््क्रमित र ३ हजार ५२३ को मृत्यु भयो । सङ््क्रमण रोकथाम नभएमा अबको एक महिनामा दैनिक ५–६ लाख भारतीय जनता सङ्क्रमित हुनेछन् । भारतमा २–३ महिनापछि खोपसमेत अभाव हुने अनुमान गरिएको छ ।
भारतको उत्तरप्रदेशमा आउँदो शुक्रबारसम्म कफ्र्यु लगाइएको छ । केही राज्यमा कफ्र्यु, बन्द र आंशिक बन्द घोषणा गरिएको छ । संयुक्त राज्य अमेरिकी वैज्ञानिक फाउसीले केही साता भारतभरि बन्द गर्नुपर्ने सुझाव दिएका छन् । सङ्क्रमण रोकथाम नभएमा अबका २ महिनामा भारतमा सङ्क्रमित दिनको दुई गुणाले बढ्ने अनुमान गरिएको छ । यसकारण, भारतमा आज (सोमबार) रातिदेखि पूर्ण बन्द हुने अनुमान गरिएको छ । संरा अमेरिकाले मङ्गलबारदेखि यात्रु प्रतिबन्ध लगाएको हुँदा भारतले पनि सोही दिनदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा ग¥यो । अस्ट्रेलियाले वैशाख १३ गतेदेखि नै भारतसँग हवाई उडान बन्द ग¥यो भने बङ्गलादेशले वैशाख १८ गते भारतसँगको सीमा बन्द ग¥यो । तर, नेपालले भारतसँगको १३ नाका अझै खुला राखेको छ ।
गत वर्षको जनवरीमा भारतमा पहिलो कोभिड–१९ सङ्क्रमित देखापरेको थियो । त्यसबेला भारतीय प्रम मोदीले गुजरातमा संरा अमेरिकाको तत्कालीन राष्ट्रपति मोदीलाई स्वागत गर्न लाखौँ मानिस भेला गरे । त्यसपछि भारतमा विधानसभाको चुनाव भयो । प्रम मोदी आफै लाखौँ मानिस जम्मा गरी चुनावी प्रदर्शन र सभामा सहभागी भए । रामदेवको योग केन्द्र हरिद्वारमा पनि लाखौँ मानिस आवतजावत भइरहे । यसबीचमा प्रम मोदीले संसद्बाट किसानविरोधी तीनवटा कानुन पारित गराए । हरियाणा, पञ्जाव, विहार, उत्तर प्रदेशलगायतका लाखौँ किसानहरू उक्त ऐन फिर्ताको माग गर्दै आन्दोलनमा ओर्लिए । गत नोभेम्बरदेखि दशौँ हजार किसान दिल्लीको चौडा सडकमा किसानविरोधी ऐन फिर्ता नभएसम्म घर नफर्कने प्रतिबद्धता गर्दै धर्ना बसे । गङ्गा स्नानको नाममा दशौँ लाख मानिसलाई कुम्भ मेलामा सहभागी गराइयो । उल्लेखित कारणहरूबाटै भारतमा कोभिड–१९ सङ्क्रमण बढेको हो । समयमै किसानविरोधी ऐन खारेज गरिनुपथ्र्याे । निर्वाचन, कुम्भ मेला र हरिद्वारमा मानिस जम्मा हुन दिनु हुने थिएन । केही दिनअघि भारतका चार वैज्ञानिकले यो सङ्कटको कारक भारतीय प्रम मोदी नै भएको बताए ।
भारतलाई चीनको सहयोग
चीनले वैशाख १३ गते नै हङकङबाट भारतमा कोभिड–१९ बिरामीको उपचारका निम्ति आवश्यक अक्सिजन सिलिन्डर ८०० थान पठाएको थियो । चीन अत्यावश्यक स्वास्थ्य सामग्री भारत पठाउन सम्पर्कमा बसिरहेको छ । चीनले वैशाख १५ गते अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामग्री भारत पठायो । त्यसयता चीनले भारतलाई ४० हजार अक्सिजन उत्पादन गर्ने उपकरण, २ करोड १४ लाख ८० हजार मास्क, ३८ हजार टन स्वास्थ्य सामग्री (औषधीसहित), ५ हजार भेन्टिलेटर पठायो । चीनका विदेशमन्त्री ध्बलन थ्ष् ले भारतका विदेशमन्त्री एस जयशंकरसँग फोनमार्फत सङ्क्रमणको पीडामा रहेका भारतीय जनताप्रति सहानुभूति प्रकट गर्नुभयो । चिनियाँ कम्पनीहरूले आ–आफ्नो तहबाट भारतमा स्वास्थ्य सामग्री आपूर्ति गर्दै छन् । गएको दुई हप्तामा चीनबाट स्वास्थ्य र अन्य सामग्री बोकेको ६१ उडान भयो ।
चीनले भारतलाई आफ्नो छिमेकी र सहकार्यको साझेदार बताउँदै शब्दमा होइन काममा विश्वास गर्ने स्पष्ट ग¥यो । अन्तर्राष्ट्रिय श्रमिक दिवस मई १ को दिन चीनको त्ष्बवष्ल बाट भारतमा स्वास्थ्य सामग्री पठाइयो । चिनियाँ मजदुरहरूले भारतमा आवश्यक स्वास्थ्य सामग्री पठाउन मई दिवसको ५ दिन सार्वजनिक बिदामा समेत काम गरे । भारतीय विदेशमन्त्री एस जयशङ्करले वैशाख १७ गते चिनियाँ समकक्षी ध्बलन सँग भने, “चीनको सहृदयी समर्थनको निम्ति धन्यवाद ¤” चीनका राष्ट्रपति सी चिनफिङ (ह्ष् वष्लउष्ल) ले पनि महामारीबाट पीडित भारतीय जनताप्रति सहानुभूति प्रकट गर्नुभयो । चिनियाँ कूटनीतिज्ञहरूले भने, “मानवता भनेको साझा भविष्यसहितको समुदाय हो । ऐक्यबद्धता र सहकार्यले मात्र संसारबाट यो महामारीको अन्त्य हुनेछ ।” चीनले सन् २०१९ को अन्त्यतिर पहिलोपल्ट कोभिड–१९ उहानमा देखापर्ने बित्तिकै सारा संसारलाई सचेत गरायो । तर, संरा अमेरिकामा यो भाइरस अगाडि नै देखापरेको थियो । संरा अमेरिकाको हवाई र क्यालिफोर्नियामा कोभिड–१९ भाइरसबाट केही अमेरिकीहरूको मृत्यु भएको थियो । त्यसबेला राष्ट्रपति ट्रम्पको प्रशासनले सामान्य रूघाखोकी भनी ढाकछोप गरेका थिए । कोभिड–१९ महामारीको रूपमा संसारभरि फैलिएपछि संरा अमेरिकी राष्ट्रपति ट्रम्पले ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ भनी चीनविरोधी आरोप लगाए । चीनले स्वास्थ्य अनुशासन पालना गराई कोभिड–१९ सङ्क्रमणबाट चिनियाँ जनतालाई बचायो । बाँकी संसारलाई सङ्क्रमणबाट मुक्त गर्न सहयोग र सहकार्यको हात बढायो ।
वैशाख १६ गते चीन, नेपाल, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, अफगानिस्तानसहितको वेबिनार भयो र कोभिड–१९ रोकथाम र आर्थिक पुनःउत्थानको निम्ति सहकार्यको सहमति गरियो । चीनको यस्तै मानवीय कामको उच्च मूल्याङ्कन गर्दै पेरूको कम्युनिस्ट पार्टीका नेता ब्दिभचतय ःयचभलय ले भन्नुभयो, “चीनको गरिबी उन्मूलन समाजवादले गर्नसक्ने आश्चर्यजनक उदाहरण हो ।” पेरुका प्रधानमन्त्री एभतभच ःभमनथभककथ ले भन्नुभयो , “चीनको सफलताको मुख्य कारण चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व र यसको चिनियाँ विशेषताको समाजवादलाई उँचो राख्ने नीति हो ।”
गएको शुक्रबार चीन र संरा अमेरिकाका विदेश मन्त्रीहरूबीच भिडियो बैठक भयो । चीनले दुई देशसम्बन्धी पाँच बुँदा अघि सा¥यो । पहिलो, संरा अमेरिकाले चीनको विकासबारे ठीक र तर्कपूर्ण रूपमा बुझ्नुपर्ने । दोस्रो, संरा अमेरिकाले शान्तिपूर्ण सहअस्तित्व र सहकार्यलाई मान्नुपर्ने, तेस्रो, चीनको राजनीतिक व्यवस्थालाई सम्मान गर्नुपर्ने, चौथो, संरा अमेरिकाले यथार्थमै बहुलवादलाई कार्यान्वयन गर्नुपर्ने र पाँचौ, संरा अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने ।
उक्त भिडियो बैठक संरा अमेरिकाको विदेश सम्बन्ध परिषद्का सभापति च्ष्अजबचम ज्बबउकक ले आयोजना गर्नुभएको थियो भने संरा अमेरिकाका ५०० जना सहभागी थिए ।
बैठकमा विदेशमन्त्री ध्बलन ले संसारमा एउटै स्वाद दिने कोकाकोलाजस्तो प्रजातान्त्रिक नहुने उल्लेख गर्नुहुँदै संरा अमेरिकाले चीनको राजनीतिक व्यवस्थाको सम्मान गर्नुपर्नेमा पुनः जोड दिनुभयो । ध्बलन ले त्बष्धबल अबचम अघि बढाउनु ‘आगोमा खेल्नु’ जस्तै हुने उल्लेख गर्नुहुँदै संरा अमेरिकाले एक चीन नीतिलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले सिन्चियाङमा ‘नरसंहार’ र ‘बँधुवा मजदुर’ सम्बन्धी झूटो प्रचार भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *