कला, संस्कृतिमा सम्पन्न नगरलाई जीवन्तता बनाउन चित्रकलाको महत्वपूर्ण भूमिका
- बैशाख ३०, २०८३
नेपाल मजदुर किसान पार्टी, भक्तपुर नगर समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०३ औँ जन्म दिवस अनलाइन गोष्ठी बुधबार मनाइयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले माक्र्सवाद बुझन् अमेरिकी स्वतन्त्रता आन्दोलन, फ्रान्सेली क्रान्ति, बेलायती पँुजीवादी क्रान्ति, पेरिस कम्युनलगायतका क्रान्ति र आन्दोलनको इतिहास अध्ययन गर्नुपर्दछ भन्नुभयो । उहाँले माक्र्सवाद पुँजीवादको उत्थान, विकास र पतनको सिद्धान्त हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपाका प्रमुख सुनिल प्रजापतिले लोकतन्त्रको संरक्षण र सुदृढीकरण गर्ने कार्य पुँजीवादी पार्टीहरूले गर्छन् भन्नुभयो । उहाँले भन्नुभयो, “सेन्ट साइमन, रोवर्ट ओबेनहरूले काल्पनिक समाजवादको कल्पना गरे भने माक्र्सले कामदार वर्गको मुक्तिको निम्ति वैज्ञानिक समाजवादमा मात्र सम्भव हुन्छ भनी कामदार वर्गलाई सही बाटो देखाउने कार्य गरेको बताउनुभयो ।
उहाँले जनताको भावनाअनुसार स्थानीय तहले काम गरिरहेको चर्चा गर्दै कोभिड – १९ बाट पीडित जनतालाई उपचारको व्यवस्था गर्ने कार्यमा भक्तपुर नगरपालिका लागिरहेको बताउनुभयो ।
बाग्मती प्रदेशसभाका सांसद एवम् नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले माक्र्सवादी सिद्धान्तअनुसार देशमा शोषणको अन्त्य गर्न, कामदार वर्गको राज्य सत्ता ल्याउन मजदुर किसानहरू सचेत भई अगाडि बढ्नुपर्दछ भन्नुभयो । उहाँले सन् १९१७ को रुसी समाजवादी क्रान्ति, सन् १९४९ को चिनियाँ जनवादी क्रान्ति, पूर्वी युरोपमा भएको परिवर्तन माक्र्सवादी सिद्धान्त लागु गर्ने सिलसिलामा भएको हो भन्नुभयो । सर्वहारा वर्ग र पुँजीपति वर्गबीचको सङ्घर्षबाट पुँजीपति वर्गमाथि विजय प्राप्त गरेपछि आमूल परिवर्तन हुने भएको हुँदा कार्यकर्ताहरू उक्त विजय प्राप्तिको निमित्त मजदुर–किसानमाझ पुगी सचेत र सङ्गठित गर्न पुग्नुपर्दछ भन्नुभयो । उहाँले भन्नुभयो, “पुँजीवादी सरकार कोभिड खोप खरिद गर्न नसक्ने अवस्थामा पुगिरहेको छ । क्युवा, चीनजस्ता समाजवादी देशले कोभिड–१९ बाट पीडित देशका जनताको निमित हरतहरले सहयोग पु¥याइरहेको छ ।”
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले पुँजीवादी एवम् साम्राज्यवादी देशहरूले संसारमा फैलिरहेको माक्र्सवादी विचार रोक्न अथवा चीन, क्युवाका समाजवादी देशको विश्वव्यापी लोकप्रियता रोक्न विभिन्न आपराधिक गतिविधि गरिरहेका छन् भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्राध्यापक समाजका सुजन माक र उपेन्द्र सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply