भर्खरै :

नेमकिपाबाट राष्ट्रियसभा सदस्य उम्मेदवारमा कृष्णबहादुर तामाङ

मकवानपुर, २४ वैशाख । आगामी जेठ ६ गते हुने बागमती प्रदेशबाट अन्य समूहको प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङलाई उम्मेद्वार बनाइएको छ । उक्त निर्वाचनाम एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाइएको छ भने नेका, माओवादी, माधव नेपाल समूह र जसपाको तर्फबाट खिमलाल देवकोटा संयुक्तलाई उम्मेदवार बनाइएको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन
कानुन र निर्वाचन आचारसंहितामा हेलिकप्टर र हवाईजहाज प्रयोग गरी निर्वाचन गतिविधि गर्न नपाइने प्रावधान छ । तर, नेपाली आमसञ्चारमा तस्वीरसहित समाचार प्रकाशित भयो – ‘हेलिकप्टर चढेर बादलको उम्मेदवारी दर्ता ।’ एमाले, नेका, माओवादी र जसपाका उम्मेदवारहरूले गएको निर्वाचनमा हेलिकप्टर र अन्य सवारीसाधन दुरुपयोग गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका थिए । यी पार्टीहरूले अबको निर्वाचन ऐन र आचारसंहितामा हेलिकप्टर र हवाईजहाज प्रयोग गर्न पाउने र उम्मेदवारले अझै थप रकम खर्च गर्न पाउने प्रावधान राख्ने तयारी गर्दै छन् ।
अमेरिकाका वरिष्ठ प्राध्यापक एवम् प्रख्यात लेखक नोम चोम्स्कीले अमेरिकामा रिपब्लिकन र डेमोक्रेट दुई ओटा पार्टी होइन, एउटै कर्पोरेट (धनाढ्य) पार्टी भएको खुलाएका थिए । नेपालमा पनि सरकारमा गएका पार्टीहरूको नाम फरक भए पनि उनीहरूको घाँटी कर्पोरेटहरूसँग जोडिएको पुष्टी भइरहेको छ । एमालेका प्रम केपी ओलीका आर्थिक सल्लाहकार खर्बपति मोतिलाल दुगड हुन् भने माओवादी अध्यक्ष पुष्पकमल दाहालको घरभेटी खराब ठेकेदार शारदाप्रसाद अधिकारी हुन् । नेकाबाट प्रतिनिधिसभामा समानुपातिक सदस्य खर्बपति विनोद चौधरी हुन् । चौधरी २०६४ सालको संविधानसभामा एमालेबाट सदस्य भएका थिए । जसपामा पनि पार्टीलाई करोडौँ चन्दा दिएर समानुपातिक सदस्य हुनेहरू भएका समाचार पुरानै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *