रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
बुर्किना फासो, ८ मे (एपी) । मानव तस्करहरूले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु¥याउँछन् । हरेक रात उनले २ डलरभन्दा कममा दर्जनौँ पुरुषसँग रात बिताउनुपरेको छ ।
पश्चिम अफ्रिकाको भूपरिवेष्ठित गरिब राष्ट्र बुर्किना फासोकी ब्लेसिङलाई सैलुनमा काम मिलाइदिन्छु भनेर लोभलालच देखाएर फसाउने एक महिलाले ब्लेसिङलाई भाग्ने कोसिस गरे मारिदिने धम्की दिएकी थिइन् ।
“अब कोही पनि तिमीलाई उद्धार गर्न आउँदैन”, हालै अन्तर्वार्ता लिनेक्रममा आँखाबाट रसाएका आँशु पुछ्दै ब्लेसिङले आफ्नो पीडा सुनाइन् ।
सन् २०१९ डिसेम्बरमा आफूलाई कब्जामा राख्ने महिला कतै लागेको मौका छोपेर ब्लेसिङ ठुलो साहसका साथ त्यस काठकोठरीबाट भाग्न सफल भइन् । स्थानीय बासिन्दाको सहयोगमा उनी र अरू छ जना महिला त्यहाँबाट भाग्न सफल भए । उनीहरू अन्ततः राजधानी औगाडोगुमा रहेको आप्रवासीका लागि खोलिएको राष्ट्रसङ्घीय केन्द्रको शरणमा पुगेका थिए ।
सुनखानीका शिविरमा थुनिनु पर्दाको ब्लेसिङको अनुभव नौलो भने होइन ।
यौन तस्करी र सुन खानी उद्योगका बारेमा एसोसिएटेड प्रेस (एपी) ले गरेको महिनौँ लामो अनुसन्धानका क्रममा झण्डै २० जना नाइजेरियाली महिलालाई एपीले भेटेको थियो । यी महिलालाई झुटो लोभ देखाएर बुर्किना फासो ल्याइएको थियो, र त्यसपछि जबरजस्ती बेश्यावृत्तिमा लगाइएको थियो । आफ्नो सुरक्षाका कारण नाम नबताउने शर्तमा ब्लेसिङले झैँ कतिपय महिलाले यस्तै कथाव्यथा बोकेका सयौँ महिलालाई आफूहरूले चिनेको बताएका थिए ।
एपीले यी महिलाका कथाहरू सही हुन् वा होइनन् भनेर धेरैसँग अन्तर्वार्तासमेत लिएको थियो जसमा सहायताकर्मीहरू, वकिलहरू, प्रहरी, स्थानीय मानव तस्करी प्रतिरक्षा समूहहरू, स्वास्थ्यकर्मीहरू, एक जना मानव तस्कर र बुर्किना फासोका धेरैवटा शहरमा रहेका नाइजेरियाली समुदायका सदस्यहरू सहभागी थिए ।
मानव तस्करीका बारेमा जानकार मानिसहरूले अधिकांश महिलाहरू नाइजेरियाको एडो राज्यबाट आउने गरेका बताएका थिए । उनीहरूलाई बुर्किनाफासोका पसलहरू वा सैलुनमा राम्रो कमाई हुने भन्दै प्रलोभनमा पार्ने गरिएको थियो । एक पटक यहाँ आइसकेपछि उनीहरूलाई स–साना सुनखानीहरूमा पठाइने गरिन्थ्यो ।
बुर्किना फासो र नाइजेरिया दुबै देशले अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको राष्ट्रसङ्घीय अभिसन्धिमा हस्ताक्षर गरेका भए पनि दुबै देशले मानव तस्करीविरुद्ध लड्न संयुक्त योजना नै बनाएका छैनन् ।
जिहादी आतङ्कबाट गुज्रिरहेको बुर्किना फासोको सुरक्षा क्षेत्र मानव तस्करी रोक्न पर्याप्त रूपमा प्रशिक्षित छैन । उनीहरूसँग तालिम, उपकरण र अन्तरदेशीय सहकार्य समेत छैन ।
परिणामस्वरूप, अमेरिकी विदेश मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार, बुर्किना फासो आफ्नो सीमाबाट हुने मानव तस्करी रोक्न सङ्घर्षरत रहेको मात्र होइन अन्य मुलुकतर्फ हुने महिलाको तस्करीको मार्ग पनि भएको छ ।
स्थानीय अधिकारीहरूले बुर्किना फासोबाट मालीतर्फ तीन जना महिलालाई लैजानेक्रममा पक्राउ गरेका एक व्यक्तिले एपीसँग कुरा गर्दै आफूले मानव तस्करी नगरेको दाबी गरे । उनी भन्दै थिए, हरेक महिलालाई आफूहरू बेश्यावृत्तिको काममा जान लागेको थाहा छ ।
“मलाई अलिकति खल्लो लाग्छ किनभने उनीहरूले गर्न खोजेको यो राम्रो काम होइन । उनीहरू आफूखुशी जान लागेको बताउँछन्”, नाइजेरियामा कारका सामान बेच्ने ४८ वर्षीय एक व्यापारी बताउँछन् । आफू असुरक्षित रहने भयले उनी पनि आफ्नो नाम बताउन चाहँदैनन् ।
उनले आफूले बेनिनमा प्रतिमहिला २७० डलर तिरेर किनेको बताए । उनले मालीस्थित एक नाइजेरियाली महिलालाई ती महिलालाई दोब्बर मूल्यमा बेच्ने योजना सुनाए । उनले सन् २०१९ मा पनि दुई जना महिलालाई यसैगरी बेचेको बताए ।
अमेरिकी विदेश मन्त्रालयले तयार पारेको तस्करीमा परेका व्यक्तिसम्बन्धी वार्षिक प्रतिवेदनमा बुर्किना फासोको अवस्था अझ नाजुक देखाइएको छ । सामान्यतया, मानव तस्करी रोक्नेतर्फ पर्याप्त कदम नचाले त्यस्ता मुलुकलाई अति नाजुक श्रेणीमा राख्ने गरिएको छ । यस्ता मुलुकलाई अमेरिकाले आर्थिक तथा कूटनीतिक दण्ड सजाय गर्न सक्ने जोखिम रहन्छ ।
बुर्किना फासोको सुनखानी उद्योग तुलनात्मकरूपमा नयाँ हो । देशका १५ वटा औद्योगिक खानीमध्ये एउटा सुनखानीबाट सन् २००७ देखि उत्पादन सुरु भएको छ । सरकारले निजी क्षेत्रको लगानी भित्र्याउन वातावरण निर्माण गरेसँगै सुनखानीमा विदेशी लगानी बढेको छ ।
आज, बुर्किना फासोले अफ्रिकामै सुनखानीको निकै तिब्र विकास गरेको छ । दक्षिण अफ्रिका, घाना, तान्जानिया र मालीपश्चात् बुर्किना फासो नै सुन उत्खननमा अग्रपङ्क्तिमा छ । बुर्किना फासोको मुख्य बाह्य आम्दानीको स्रोत सुन नै रहेको छ ।
जर्मनीस्थित अनुसन्धान संस्था ग्लोकोनका अनुसार यस उद्योगले करिब १५ लाख व्यक्तिलाई रोजगारी दिएको छ भने सन् २०१९ मा यसको आकार झण्डै २ अर्ब डलर बराबरको थियो ।
यहाँबाट उत्पादित औद्योगिक सुनमध्ये ७० प्रतिशतभन्दा बढी स्वीटजरल्यान्ड पठाइन्छ । यो कच्चा सुनलाई स्वीट्जरल्यान्डस्थित मेटालोर टेक्नोलोजिजले प्रशोधन गर्ने गरेको छ ।
विज्ञहरू र स्थानीय अधिकारीहरूको भनाइमा महिलाको अधिकांश तस्करीका घटनाहरू साना स्तरका सुनखानीमा हुने गरेको छ । ठुला खानीहरूमा यस्तो प्रवृत्ति नदेखिएको अधिकारीहरूको भनाइ छ ।
बुर्किना फासोमा ८०० को हाराहारीमा रहेका मध्यम स्तरका सुनखानीको अनुगमन गर्नु निकै मुश्किल कार्य हो । खासगरी पूर्वी सीमामा रहेका मुलुकहरू टोगो, बेनिन, नाइजर र घानाबाट हुने सुन तस्करी रोक्न निकै कठिन हुने गर्दछ ।
Leave a Reply