इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
कोरोना सङ्क्रमणको तथ्याङ्कले स्थिति भयावह बन्दै गइरहेको सङ्केत छ । देशका अधिकांश ठाउँहरूलाई नयाँ भेरियन्टको कोरोनाले गिजोल्दै छन्, मानिसहरू आक्रान्त बनिरहेका छन् ।
‘कथंकदाचित बिरामी भइहाल्यो भने के गर्ने ?’ भन्ने प्रश्न प्रत्येक निरोगी मानिसको मानसपटलमा घुमिरहेको छ । कोभिड–१९ को चपेटामा परिरहेका सङ्क्रमितहरू अस्पतालका बेडमा मात्र हैन, अस्पतालको आँगनमा पनि छट्पटिरहेका छन् । उनीहरू बाँच्नका लागि अत्यावश्यक प्राणवायु अर्थात् अक्सिजन मागिरहेका छन्, तर अक्सिजनले भरिएका सिलिन्डरहरू रित्तिँदै छन् ।
स्थिति भयावह बनिरहेको छ । यस्तो अवस्थामा सहारा बन्ने गरेका अस्पतालहरूले अक्सिजनको अभावको कारण देखाउँदै कोरोना सङ्क्रमितलाई थप उपचार गर्न नसक्ने जनाउन थालेका छन् ।
शनिबारबाट सुरू भएको यो क्रम आइतबारसम्ममा आधा दर्जन अस्पतालहरूले कोरोना सङ्क्रमितको उपचार गर्न असमर्थ भएको बताइसकेका छन् । सूचना प्रकाशन गरेर नयाँ कोरोना सङ्क्रमितको उपचार गर्न नसक्ने जनाएका अस्पतालहरूको सूचीमा मेडिकेयर अस्पताल लिमिटेड, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु गुरू अस्पताल एन्ड रिसर्च सेन्टर, हेल्पिङ हेन्डस् सामुदायिक अस्पताल, गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर र ओम हस्पिटल एन्ड रिसर्च सेन्टर रहेका छन् । सम्भवतः यो क्रम थपिँदै जानेमा सन्देह छैन, किनकि अक्सिजन अभावको ग्राफ उँचो बनिरहेको छ ।
अस्पतालहरू बिरामीका सहारा केन्द्र, नयाँ जीवन, नयाँ आशा र नयाँ ऊर्जादायक हुन् । तर, कोभिडको महामारीको समयमा भने केही अस्पतालहरूले हात उठाए, हामी सक्तैनौँ भनेर । यो स्थिति आउनु हरेक हिसाबले विडम्बनाको कुरा हो । केही दिनअघि भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचाररत एक बिरामीले ‘अस्पतालमा अक्सिजन सकिएको कारण ज्यान गुमाएको’ थियो । अक्सिजन नपाएकै कारण ज्यान गुमाएपछि विभिन्न हिसाबले अस्पताल ‘दोषी’ ठहर भयो । सम्बन्धित निकायले ‘कारबाही’ गर्ने निर्णय ग¥यो । अक्सिजन अभावकै कारण अस्पतालको ‘बदनाम’ भयो । निःसन्देह, ‘बदनामी’ को टीका लगाउन को चाहन्छ ? यसैले अहिले अक्सिजनको अभावको मौका छोपी केही निजी अस्पतालहरूले अक्सिजन छैन, त्यही भएर उपचार गर्न सक्तैनौं भनी उद्घोष गरे । नत्र, ‘बिरामी अझ भनौँ लास बनिसकेकालाई’ नगद आउने मुहान बनाउने सीपमा निपुण अस्पतालले हठात् किन यस्तो ‘अकल्पनीय’ निर्णय लिन्थ्यो र !
यतिमात्र हैन, स्वभावतः निजी अस्पतालहरू सर्वसाधारणका लागि खोलिएका हुँदैनन् । निजी अस्पतालहरूको प्रकृति पैसा नभएकालाई उपचार गराउने हुँदो हो त, आज यस्तो निर्णय कहाँ हुन्थ्यो र ? यस्तो निर्णय गर्नुका पछाडि ‘अक्सिजन लुकाउने रोग’ र चाहिएको बेला अक्सिजन ‘चाहिने मानिस’ (जो जीवनका लागि सम्पत्तिलाई पानी बगाएजसरी बगाउन फर्केर हेर्दैनन्) का लागि स्टक राख्ने पुरानो व्यापारिक शैली पनि हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ।
‘हामी सक्तैनौँ’ भनी हात उठाउने अनि सर्वसाधारणदेखि लिएर प्रबुद्ध वर्गमा समेत निजीले त सकेन, सरकारी अस्पतालले के सक्ला ? भनी प्रश्न गराउने खेलमा निजी अस्पताल लागेको देखिन्छ । यसले मनोवैज्ञानिकरूपमा प्रभाव पार्नेछ । त्यसको क्षतिपूर्ति के उपचार गर्न सक्दैनौँ भन्ने अस्पतालहरूले तिर्लान् ?
Leave a Reply