भर्खरै :

रोग फैलिनुमा सरकारकै कमजोरी

  • बैशाख २७, २०७८
  • गोपाल नगरकोटी
  • विचार

नेपालमा कोरोना नेपालमै बसिरहेका नेपालीहरूबाट सरेको, फैलिएको होइन । भारतलगायत अन्य देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि त्यहाँ बसिरहेका नेपालीहरू नेपाल फर्कने क्रममा सरेको हो, फैलिएको हो । विदेशिएका नेपालीहरू नेपाल फर्कने क्रममा सबैको स्वाब परीक्षण गरिएको भए, रोग लागेकालाई आइसोलेसनमा या त्यस्तै अन्य कुनै निश्चित स्थानमा राखेको भए यो रोग न सुरूमा फैलिन्थ्यो न त अहिले नै फैलिन्छ । विदेशबाट स्वदेश पसेका नेपालीहरूको स्वास्थ्य परीक्षण नगर्नु र तिनीहरूको छुट्टै व्यवस्थापन गर्न नसक्नु नै सरकारको पहिलो कमजोरी हो । सरकारको कमजोरीले कोरोना फैलिएको हो ।
सरकारको कमजोरीले रोग फैलिएको हो भनेर जनता पनि ढुक्क बस्नु छैन । प्रत्येक नागरिकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्छ । यस्तो मापदण्ड सरकारी तहले पनि पूरा गर्नुपर्छ । २५ जनाभन्दा बढी भेला गर्न नहुने सूचना जारी गरेर सरकारकै गतिविधिमा सयौँ र हजारौँ जनताको सहभागिता गराउने काम सरकारले गर्नु हुँदैनथ्यो । प्रधानमन्त्री सरिक कति कार्यक्रममा सयौँ र हजारौँ जनताको सहभागिता थियो । अरू देशमा निर्धारित सङ्ख्याभन्दा बढी नागरिक सहभागी भएको आधारमा राष्ट्र प्रमुखहरू नै सजातगी भएका थिए । तर, नेपालमा सरकारी निर्णय सरकारले नै उल्लङ्घन गरे पनि कुनै उच्चपदस्थ नेता र मन्त्रीहरू कारबाहीमा परेनन् ।
सरकारी नेता र मन्त्रीहरूले रोग फैलिनुको कारण निषेधाज्ञा गर्दागर्दै जो कोही जहाँतहीँ हिँड्ने नेपालीहरूलाई दोष दिए । सरकारको कमजोरी छोपेर त्यसको दोष नेपालीहरूको काँधमा छोड्नु न्यायोचित होइन । रोगबारे प्रत्येक नेपालीहरू पनि सचेत हुनुपर्छ, रोग लाग्नबाट जोगिनुपर्छ । एकातिर सरकार नेपालीहरूसँग रोगसँग लड्ने क्षमता भएको फुक्छ भने अर्कोतिर जहाँतहीँ हिँडेर रोग सार्ने काम गरिरहेको बताउँछ । सरकारले रोग निदानको लागि आवश्यक स्रोत र साधन जुटाउँदै जाने कि अरूमाथि दोष थुपार्दै जाने ¤ स्वास्थ्य परीक्षण, औषधि उपचार, अक्सिजन र आइसोलेसन केन्द्रको व्यवस्था गरेर राहत दिँदै जाने कि नेपालमा कोरोना सङ्क्रमितहरूको दरमा केही कमी भएको छ भनी सन्तोषको सास फेर्ने । सरकारले अस्पतालमा पर्याप्त अक्सिजन पु¥याउनु पर्दैन ? सरकार सचेत र गम्भीर नहुँदा, सरकारले विचार नपु¥याउँदा कोरोनाको सङ्क्रमित र मृत्युको सङ्ख्या बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *