भर्खरै :

चीनसँग सहयोग खोज्दै छ पूरै विश्व

भारत र अमेरिकाको कठिनाइ झन् चर्कँदै आएको सिलसिलामा विश्व पनि चिनियाँ खोपमा झन्झन् भर पर्दै गएको छ । आगामी दिनहरूमा निर्धारित समयअनुसार विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्सको किनमेल सूचीमा राखिएको छ भने एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका विकासोन्मुख मुलुकहरूका लागि चिनियाँ खोपको चाहना अझ बढ्दै जानेछ । भारतीय द प्रिन्ट वेभसाइटले मे ७ तारिखमा उक्त लेख जारी गरेको छ ।
उक्त लेखमा भनिएको छ, भारतमा ठुलो मात्रामा फैलावट हुँदै आएको महामारीले आफ्नो खोप आपूर्ति सम्झौतालाई व्यवहारमा उतार्ने क्षमतालाई बिगारेको छ । गएका केही हप्ताभित्र केही ठुला मुलुकले चीनबाट अझ बढी खोप खरिद गर्न खोजेका छन् ।
खोपको आपूर्तिकर्ताको हैसितले चीन झन्झन् भरपर्दो हुँदै आएको हाराहारीमा विश्व महामारीको प्रतिरोध गर्ने अमेरिका र युरोपेली सङ्घको क्षमता पनि कमजोर हुँदै आएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *