नयाँ पुस्ताका प्रधानमन्त्री र मन्त्री बन्नु नै पर्याप्त होइन, विचार नयाँ हुनु जरुरी
- जेष्ठ २, २०८३
काठमाडौँ, २७ वैशाख । प्रतिनिधिसभाको बैठकमा प्रम केपी ओलीले विश्वासको मत प्राप्त गर्न सक्नुभएन । सभामुख अग्नी सापकोटाले प्रम ओलीमाथि प्रतिनिधिसभाको विश्वासको प्रस्ताव निर्णयार्थ पेश गर्दा प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४ र तटस्थमा १५ मत परेको थियो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशीको भरमा बन्ने सिद्धान्तहीन निर्वाचन मोर्चा, संयुक्त सरकार, पार्टी एकताबाट देश र जनताको हितमा नहुने उल्लेख गर्दै राजनीतिक अन्योल अन्त्य गर्न ताजा जनादेश अर्थात् निर्वाचनमा जानु नै प्रजातान्त्रिक बाटो हुने बताउनुभयो ।
यसकारण सांसद सुवालले प्रस्तावको पक्ष र विपक्षमा मत दिनुभएन ।
एमाले माधव पक्षका सांसदहरू बैठक र मतदानमा अनुपस्थित भए । जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका १५ जना सांसदहरूले ‘मत दिन्न’ मा हस्ताक्षर गरेका थिए भने उपेन्द्र यादव र बाबुराम भट्टराईसमेत १५ जनाले प्रस्तावको विपक्षमा मत दिएका थिए ।
जसपाका एक सांसदले सुरुमा ‘मत दिन्न’ मा हस्ताक्षर गरी पछि मत सच्याइ विपक्षमा मतदान गरेका थिए ।
बैठकको सुरूमा प्रम केपी ओलीले प्रतिनिधिसभाको समर्थनसम्बन्धी प्रस्ताव पेश गर्दै तीन वर्षको आफ्नो सरकारले गरेका कामको चर्चा गर्नुभएको थियो ।
शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवले ओलीलाई समर्थन नगर्ने घोषणा गर्नुभयो । महन्थ ठाकुरले आफ्ना २१८ जना साथीहरूको मुद्दा फिर्ता गरिएकोमा ओलीप्रति आभार प्रकट गर्नुभयो र संसद्मा निर्वाचित रेशम चौधरीलाई रिहा नगरिएको हुँदा मतदानमा तटस्थ बस्ने जानकारी गराउनुभयो ।
Leave a Reply