तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
उपत्यकामा आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको मङ्गलबारको बैठकले आगामी दुई साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दो रहेकोले निषेधाज्ञा लम्ब्याउनुपरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसपालि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएको छ । यसअघि बिहान ९ बजेसम्म मात्र खुला गरिएको थियो । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्रीमात्र बिक्री गर्न) खुला हुनेछ ।
उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दै २९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको थियो । सङ्क्रमण दर नघटेपछि पुनः दुई साता थप गरिएको हो ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराइमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको छ ।
सोही अधिकार प्रयोग गर्दै जारी गरिएको आदेशामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना र दर्शकसहितको खेलकूद सञ्चालन गर्न नपाइने उल्लेख छ । सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउनेछैन ।
अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ । अनिवार्यरूपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न आदेशमा भनिएको छ ।
सार्वजनिक एवम् निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेकका अन्य सवारी साधन उपत्यका प्रवेशमा रोक लगाइएको छ ।
अत्यावश्यक सेवाजस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफुल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्याँस, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, सरसफाइमा प्रयोग हुने साबुन, स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइनेछ ।
अत्यावश्यक सेवामा तथा सरकारी कार्यालय, सार्वजनिक संस्था, बीमालगायतका कार्यालयले न्यून कर्मचारी उपस्थिति हुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ । बैङ्क तथा वित्तीय संस्थाको हकमा २५ प्रतिशत कार्यालयहरू खुला गर्न र २० प्रतिशत जनशक्तिमात्रै राख्न आदेशमा भनिएको छ । सोको विवरण नेपाल राष्ट्र बैङ्क र प्रशासन कार्यालयमा बुझाउनुपर्ने छ ।
विकास निर्माणको सम्बन्धमा सम्बन्धित आयोजनाले नै आवासीय कामदार राखी अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गरी कार्य सञ्चालन गर्ने गराउने र निर्माण सामछ ।
अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेलाई सीधै विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिनेछ ।
माथि उल्लेखितबाहेकका अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने बिरामी, कुरुवा, मृत्यु संस्कारमा अनिवार्यरूपमा उपस्थिति हुनुपर्नेको हक) मा सवारी साधन प्रयोग गर्नुपर्ने भएमा विवरण खुल्ने कागजातसहित सम्बन्धित वडाको सिफारिससहित प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ ।
फुटपाथ, साइकलसहितका सबै व्यवसायमा रोक लगाइएको छ । विवाह, व्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ । औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समयमा निर्वाधरूपमा सञ्चालन गर्न पाइनेछ । रासस
Leave a Reply