नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
भक्तपुर, १५ असार । स्रष्टा र कलाकारहरुले आ–आफ्ना प्रतिभा भ्रष्टाचारी समाजको जरा उखेल्नमा सदुपयोग गर्न अग्रसर भएका छन्
। भ्रष्टाचारविरोधी दिवस(असार १९ र साउन २)को अवसरमा बिहीबार आस्था थियटरमा आयोजित स्रष्टा तथा कलाकार भेलामा
उनीहरुले कविता, कथा र गीतहरुमार्फत् भ्रष्टाचारको विरोध गर्नुका साथै नेपाली परम्पराअनुसार असार १५ को अवसर पारेर दही र
च्युराले मुख पनि मिठ्याए ।

भेलामा नेपाल क्रान्तिकारी साँस्कतिक सङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईले सहभागी नवोदित स्रष्टा र कलाकारहरुलाई आफ्नो
इतिहासप्रति गौरव गर्न आग्रह गर्नुभयो । ‘आफ्नो इतिहासमाथि गौरव नगर्ने कुनै पनि पुस्ताले भविष्यको बाटो सही तरिकाबाट
पहिल्याउन नसक्ने बताउनुभयो ।
उहाँले भ्रष्टाचार पूँजीवादी समाजको छायाँजस्तै भएकाले भ्रष्टाचारविरोधी आन्दोलन पूँजीवादी बन्दोबस्तविरोधी सङघर्षको रुप भएकोमा
जोड दिनुभयो ।
नेपालभाषा साहित्य तःमुँज्याका अध्यक्ष कवि चन्द्रबहादुर उलकले भ्रष्टाचार आफूले नगर्नु र कसैले भ्रष्टाचार गरे चुप लागेर नबस्नु नै
भ्रष्टाचारविरोधी आन्दोलनको मूल मर्म भएको बताउनुभयो ।
तःमुँज्याका पूर्वअध्यक्ष कान्छा बासुकलाले असार १९ र साउन २ का भ्रष्टाचारविरोधी आन्दोलनको इतिहासको स्मरण सुनाउनुभयो ।
कार्यक्रममा नाट्यकर्मी समाजका राजेन्द्र श्रेष्ठले विद्यालयमा पढिरहेका विद्यार्थीहरुलाई पनि कला संस्कृतिप्रति आकर्षित गर्न साहित्यिक
र साँस्कृतिक गतिविधि बढाउनुपर्ने बताउनुभयो ।
भेलामा स्रष्टाहरु नीरज लवजू, श्यामकृष्ण खुलिमुली, सुरेश बखुन्छे, एल.के सुन्दर, उज्ज्वल प्रजापति, निकेशराज तुल्सिवाख्यो,अर्चना
छुंका, रमेश प्रजापतिलगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो । मनिषा श्रेष्ठले आफ्नो गीत प्रस्तुत गर्नुभएको थियो । फोटोग्र
ाफर समाजका अध्यक्ष बालकृष्ण बनमालाको सभापतित्वमा भएको कार्यक्रममा सुलोचना छ्वाजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply