भर्खरै :

विज्ञानसम्मत व्यवहार गरौँ

“मलाई कसैले पठाएको होइन, मलाई गङ्गा माँले बोलाएको हो ।” सन् २०१४ को लोकसभा चुनावमा बनारस गएर भारतीय प्रधानमन्त्री मोदीले बोलेको अभिव्यक्ति हो । धार्मिक आस्थामा चुर्लुम्म डुबेका बनारसवासीको नाडी छामेर मोदीले सबैलाई मन्त्रमुग्ध बनाएर चुनाव जिते । तर, त्यही पवित्र गङ्गा माँलाई गङ्गा (कु) पुत्र मोदीले विषाक्त बनाए । उपचारसमेत नपाएर बनारवासीको कोरोनाबाट मृत्युमात्र भएन गरिबीको कारण मृत्यपछि हिन्दू संस्कारअनुसार शवलाई जलाउन नसकेपछि यतिकै नदीमा फ्याल्दा गङ्गा नदीमा शव यत्रतत्र तैरिरहेका छन् । शब्दमा खेल्न साह्रै सिपालु मोदीले कामलाई भन्दा यस्तै झूटा गफले जनतालाई भुलाइरहेका छन् । एउटा भाषणमा हवाई चप्पल र हवाईजहाज शब्दलाई टुक्का मिलाउँदै मोदीले भने, “हामी हवाई चप्पल लगाउनेलाई हवाईजहाज चढाउँछौँ ।” तर, समयले मोदीसँग यस्तो त्रूmर परीक्षा लियो कि जनता कोरोनाबाट थला पर्दा हवाईजहाज त टाढाको कुरा उनले जरुरी पर्दा एम्बुलेन्ससमेत दिन सकेनन् । अहिले मानिसहरू साइकल, रिक्सा र अटोमा समेत शवहरू बोक्न बाध्य छन् । गरिबमात्र होइन भारतको सर्वोच्च सम्मानजनक पदक पद्मभूषण प्राप्त गर्ने उच्च व्यक्तिदेखि सांसदको समेत भेन्टिलेटर नपाएर मृत्यु भएको छ । यस्तै अर्को खेलिएको शब्द हो ‘विश्व गुरु’ । ‘भारत विश्व गुरु’ भनेर कुरुप अनुहार भएको व्यक्तिलाई सुन्दर भनेर भ्रममा पारेजस्तै धेरै गरिब भारतीयहरूलाई मोदीले भ्रममा पारेर खुसी बनाए । जब कठोर समयको सामना गर्नुपर्ने अवस्था आयो बल्ल भारतीयहरूले बुझे, भारत विश्वमा कुन अवस्थामा रहेछ भन्ने कुरा । विश्व नै अहिले मोदीको दुर्योधन दम्भ, आत्मरतिमाथि व्यङ्ग्य भावमा हाँसिरहेको छ । जन्मजात शत्रु पाकिस्तानदेखि सानो मुलुक भुटानसमेतको सहयोगको हात थाप्नु परेको छ । विश्वलाई खोप दिएको दाबी गर्ने मोदीले खोपको लागि चाहिने सामग्रीको लागि अमेरिकी राष्ट्रपति बाइडेनसमक्ष रोइकराइ गर्नुप¥यो । ‘चिनियाँ सामान बहिष्कार’ भनेर कोकोहोलो गर्नेले अक्सिजन कन्सन्टे«टर समयमै पठाउनु भनेर भारतस्थित चिनियाँ दूतावाससमक्ष पुकार्नु प¥यो । सुगाले केवल मीठो बोलेर मानिसलाई खुसी बनाउँछ तर साँच्चैको आवश्यकताको समयमा त्यसको कुनै काम हुँदैन, मोदीको भाषणजस्तै ।

कोरोनाको दोस्रो लहर आउने वैज्ञानिकहरूले चेतावनी दिँदादिँदै पनि तथाकथित चम्केको आफ्नो व्यक्तिगत छवि विश्वलाई देखाउन ‘मुखमा माड छैन …लाई घिउ’ को पारामा मोदीले भारतमै पनि अभाव हुँदाहुँदै कोरोनाको खोप तुलनात्मकरूपमा हतार नै नभएको अफ्रिकी मुलुकमा बाँडे । मोदीले बडो गज्जक्क परेर डाभोस सम्मेलनमा घोषणा नै गरे, “भारतले ७० देशलाई खोप दिएको छ र महामारी नियन्त्रणमा विश्वले भारतबाट सिक्न सक्छ ।”

धार्मिक अन्धविश्वासलाई प्रोत्साहित गर्ने काम मोदी आफैले गरिरहेका छन् । मन्त्रीजस्तो उच्च पदमा पुगेका नेताहरूसमेत धर्मको आडमा अनेकाँै नौटङ्की गरिरहेका छन् । भारतीय जनता पार्टीका नेताहरू गाईको गोबर जीउमा डलेर कोरोनामुक्त हुन्छ, यज्ञ गरेर कोरोनाबाट निरोगी हुन्छजस्ता धार्मिक अन्धविश्वासलाई बढावा दिइरहेका छन् । ताली बजाउने, थाल बजाउने र घण्टी बजाएर कोरोनालाई हराउनेजस्ता गाईजात्रा त मोदी आफैले गरेकै हुन् । त्यसैले, या त अस्पताल बन्द गरी यज्ञ, पूजा पाठ गर्नु होइन भने त्यस्तो बयान दिने मन्त्रीलाई बर्खास्त गरिनुपर्छ र उनीविरुद्ध कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेछ । ता कि यस्ता अन्धविश्वास समाजमा फैलिनबाट रोकियोस् ।
कोरोनाको दोस्रो लहर आउने वैज्ञानिकहरूले चेतावनी दिँदादिँदै पनि तथाकथित चम्केको आफ्नो व्यक्तिगत छवि विश्वलाई देखाउन ‘मुखमा माड छैन …लाई घिउ’ को पारामा मोदीले भारतमै पनि अभाव हुँदाहुँदै कोरोनाको खोप तुलनात्मकरूपमा हतार नै नभएको अफ्रिकी मुलुकमा बाँडे । मोदीले बडो गज्जक्क परेर डाभोस सम्मेलनमा घोषणा नै गरे, “भारतले ७० देशलाई खोप दिएको छ र महामारी नियन्त्रणमा विश्वले भारतबाट सिक्न सक्छ ।” यसमा दुइटा लुकेको वास्तविकता छन् । एउटा चीन अर्को आर्थिक लोभ । चीनले विश्वका विभिन्न विकासोन्मुख राष्ट्रहरूलाई खोप बाँड्दै वाहवाही कमाउँदा मोदीको जति छटपटाहट त शिवजीले विष पिउँदा पनि भएन होला । यसबाट अफ्रिकी मुलुक चीनसँग नजिक हुने इष्र्याले मोदी पनि हत्तरपत्तर ‘खोप कूटनीति’ भन्दै खोप बाँड्न थाले । यो अरूको लहैलहैमा झुपडी बस्ने व्यक्तिले आफ्नो औकातभन्दा पर गएर फुलमास गरेर खर्च गरेजस्तै थियो । अर्को वास्तविकता थियो, खोप निर्यात गरेर नाफा कमाउने ।
मोदीले तथाकथित धर्मलाई च्यापेर विज्ञानलाई बेवास्ता गर्दा भारतीय जनताले अहिलेको महामारी झेल्नु परेको वास्तविकता प्रस्ट छ । वैज्ञानिकहरूको चेतावनीलाई अटेर गरेर लाखाँै मान्छेको जीवनमाथि खेलबाड गर्दै चुनाव जित्ने लोभमा महिनौँ लगाएर पश्चिम बङ्गालमा चुनाव गराए । हिन्दूहरूलाई खुसी पार्ने मोहमा लाखौँ मानिस भेला हुने कुम्भ मेला गराए । हाम्रा पूर्वराजदम्पत्ति पनि अनावश्यक धर्मकर्ममा लाग्ने क्रममा भारतको हरिद्वारमा भएको कुम्भ मेलाको धार्मिक अनुस्थानमा संलग्न हुँदा कोरोना सङ्क्रमित भएर नेपालमा उपचारत छन् । धर्मलाई हतियार बनाएर राजनीतिक अभिष्ट पूरा गर्न शिक्षित भनाउँदासमेतले विज्ञानलाई बेवास्ता गरिरहेका छन् ।
वास्तवमा धर्मले मानिसहरूलाई अन्धविश्वासतिर दोहो¥याइरहेको हुन्छ । धर्म जडताको संवाहक हो । धर्मको चङ्गुलबाट मुक्त नहुँदासम्म मानिस र समाजले प्रगति गर्नसक्दैन । यसको सत्यता भारतको वर्तमान हालतले पुष्टि गरेको छ । धर्मले जहिले पनि अन्धकारमा पु¥याउँछ जबकि शिक्षाले जहिले पनि उज्यालोतिर दोहो¥याउँछ । हिन्दू र मुस्लिमलगायतका कट्टर धर्मालम्बीहरूको दिमागबाट धर्मको प्रेत नहटेसम्म विज्ञानसम्मत कार्य गर्न प्रोत्साहित हुँदैन ।
औपचारिकरूपमा विज्ञानले प्रमाणित गरेको बाहेक अरू कुराले कुनै पनि रोग सञ्चो हुन्छ भनेर दावा गर्नु मानिसको जीवनमाथिको गम्भीर खेलबाड हो । व्यक्तिगत अनुभवको कुरोलाई स्वास्थ्य उपचारमा सामान्यकरण गर्न मिल्दैन । कुनै पत्रिकामा लेखेको वा कुनै धार्मिक बाबाले भनेको आधारमा कुनै कुरा प्रमाणित हुँदैन । विश्व स्वास्थ्य सङ्गठन, आधिकारिक जर्नलमा प्रकाशित लेख र स्वास्थ्य मन्त्रालयजस्ता आधिकारिक संस्थाले जारी गरेको कुरामात्र मान्य हुन्छ ।
हरेक कुरामा भारतको सिको गर्ने वा भारतको प्रभावबाट अछुतो हुन नसक्ने नेपाली नेताहरूमा पनि मोदीको गुण देखिरहेको छ । पशुपतिमा सुनको जलप, धरहरा, भ्यु टावर र रामको मूर्ति बनाएर सत्ता टिकाउने कार्यमा नेताहरू अभ्यस्त छन् । कोरोना सङ्क्रमण तीव्र बनिसक्दा पनि उद्घाटन र शिलान्याश गरेर तमासा देखाउने र कोरोना केही होइन हाछ्युँ साछ्युँ गरेर उडाइदिनुपर्छ भनेर अवैज्ञानिक हर्कत गरिरहेका छन् । अम्बाको पात खाने, राम सीता, हनुमान र पशुपतिनाथ पुकारे ठीक भइहाल्छ भनेर विज्ञानले पुष्टि नगरेका कुरा गर्दै जिम्मेवार व्यक्तिहरू भ्रममा रमाउँछन् र समाजमा भ्रम छर्दै हिँड्छन् । अब पनि यी नौटङ्की नेताहरूको विरोधमा आवाज उठाएन भने लासको भारी उठाउन बाध्य हुनेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *