प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
वीरेन्द्रनगर, १ जेठ । कोभिड–१९ को दोस्रो लहरबाट अति प्रभावित मध्यपश्चिम नेपालको अवस्था अत्यावश्यक स्वास्थ्य सामग्रीको अभावको कारण थप भयावह बनेको छ । सुर्खेतस्थित प्रदेश अस्पतालले वैशाख ३१ गते औपचारिक सूचना नै जारी गरी कोभिड–१९ सङ्क्रमित बिरामी लिन नसक्ने बताएको छ । अस्पतालका निर्देशक डा.डम्बर खड्काले जारी गरेको सूचनामा ‘नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेको कारण’ देखाएर बिरामी नलिने निर्णय गरेको उल्लेख छ ।
गत वर्षको पहिलो लहरभन्दा फरक दोस्रो लहरले सहरी क्षेत्रलाई मात्र होइन, ग्रामीण क्षेत्रलाई पनि अत्यधिक प्रभावित बनाएको छ । भारतको उत्तर प्रदेश र वरपरका विभिन्न सहरमा मजदुर गर्न जाने परम्परा रहेको मध्यपश्चिम क्षेत्रका जनता पनि भारतका ती क्षेत्रमा फैलिएको महामारीबाट अत्यधिक प्रभावित बनेका छन् । उत्तर प्रदेशका सहरी र ग्रामीण भेगमा समेत व्यापकरूपमा कोभिड–१९ सङ्क्रमण फैलिएपछि स्वदेश फर्केका नेपालीहरूलाई नेपाल–भारत सिमानामा कुनै प्रकारको स्वास्थ्य परीक्षण नगर्दा कर्णालीका गाउँ–गाउँमा फैलिएको छ । आधारभूत स्वास्थ्य सामग्री र सेवासमेत नभएका ग्रामीण क्षेत्रमा कोभिड–१९ सङ्क्रमणको कुनै उपचार हुन सकेको छैन । कर्णाली प्रदेशकै राजधानी वीरेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा समेत बिरामी नलिने सूचना जारी भएपछि सो क्षेत्रका जनता निकै चिन्तित बनेका छन् ।
भारतमा कोभिड सङ्क्रमणले उग्र रूप लिइसक्दा पनि सीमा क्षेत्रमा सरकारले कडाइ नगर्दाको परिणाम आज सो क्षेत्रका जनताले पीडा भोग्न बाध्य छन् । भौगोलिक विकटता र स्वास्थ्य चेतनाको कमीको कारण सो क्षेत्रका धेरै सङ्क्रमित जनता स्वास्थ्य चौकी वा अस्पतालको अनुहार नै नदेखी मृत्युवरण गर्नुपर्ने अवस्था छ । अर्कोतिर अस्पतालमा पुगेका कतिपयले पनि अक्सिजनजस्ता सामग्रीको अभावको कारण जीवन गुमाउन बाध्य भएको सो क्षेत्रका जनताको भनाइ छ ।
खुला सीमाको कारण दोस्रो लहरको केन्द्र बनेको बाँके जिल्लाले भारतबाट आयात गरेको अक्सिजन सुर्खेतमा पठाउन नसक्दा सुर्खेतका बिरामी प्रभावित बनेका हुन् ।
अहिले सुर्खेतले भोगिरहेको अवस्था र सङ्क्रमण दर यसरी नै बढ्दै गए माथिल्ला जिल्लाहरूमा पनि समस्या आउन सक्ने बताइएको छ । हाल जुम्ला जिल्लाको कर्णाली मेडिकल कलेजले पनि कोभिडका बिरामीहरूको उपचार गरिरहेको छ । तर, हुम्ला, जुम्ला, कालीकोट, जाजरकोटका ग्रामीण भेगमा समेत कोभिड–१९ को सङ्क्रमण व्यापक हुँदा केही समयपछि मेडिकल कलेजलाई पनि धान्न हम्मेहम्मे पर्नसक्ने देखियो । भौगोलिक विकटताको कारण स्वास्थ्य सामग्री समयमा पु¥याउन कठिन सो क्षेत्रमा सङ्क्रमण रोकथामबारे अहिले नै तदारूकता नलिने हो भने त्यसबापत भोग्नुपर्ने मूल्य अत्याधिक हुनसक्ने बताइएको छ ।
Leave a Reply