सरकारको नीति तथा कार्यक्रम : उपेक्षामा स्वास्थ्य क्षेत्र
- जेष्ठ ४, २०८३
यसपालिको मातातीर्थ औँसीको दिनमा आमाको मुख हेर्न जानु अघिल्लो दिनदेखि नै नलिना फलफुल र मिठाइको जोरजाम गर्नमा व्यस्त भइन् । नलिनाको व्यस्तता देखेर मनोजले भने, “नलिना, अहिलेको कोरोना विगतभन्दा धेरै खतरा छ । पहिलाको कोरोनाले मानिसलाई सामान्य रुघाखोकी, ज्वरो, स्वाद थाहा नपाउने आदि हुन्थ्यो । अहिलेको कोरोना त रुघाखोकी, ज्वरो, टाउको दुख्ने, सास फेर्न गा¥हो हुने, तुरुन्तै अस्पताल जानुपर्ने भन्छन् है ! फेरि अस्पतालमा शय्या खाली छैन रे ! अक्सिजन, आईसीयू, भेन्टिलेटरको अभावले बिरामीहरू छटपटिरहेको समाचार आइरहेका छन् । कति त स्वास्थ्य सामग्री नपाएर मृत्युवरण गर्न बाध्य भए । बेलैमा होस पु¥याउनु है ! रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिने उपाय गर्नुपर्छ । रोग लागेपछि पछुताएर के गर्ने ?”
श्रीमानको हृदयस्पर्शी कुराले नलिनालाई दोमन भयो । जाउँ भने कोरोनाको खतरा, नजाउँ भने दिदीहरू सबै जाने भएका छन् । दिनभरि मनमा अनेक कुरा खेलाउँदै साँझतिर उनले आमाको मुख हेर्न जाने निधो गरिन् । आमाबाबु, दिदीहरू, दाजुभाइ, भान्जाभान्जी सबैजना सँगै बसेर आमाबाबुको मुख हेरियो । सँगै बसेर रमाइलोसँग भोज खाइयो । मोबाइलबाट फोटो खिचियो । फेसबुकमा हालियो ।
प्रायःबिहान पाँच बजे उठेर नित्यकर्म र पूजाआजा सकेपछि चिया दिन आउने नलिना भोलिपल्ट बिहान ७ः०० बजेमात्र उठिन् । उनले अलि सञ्चो नभएको अनुभव गरिन् । उनलाई बेलुका जिउ दुख्न थाल्यो । भोलिपल्ट ज्वरो आयो । टाउको दुख्यो । खोकी पनि सुरु भयो । सास फेर्न गा¥हो भयो । स्वाँस्वाँ बढ्न थाल्यो । ओछ्यानबाट उठ्नै सकिनन् । मनोजले हतपत जनस्वास्थ्य केन्द्रमा लग्यो । त्यहाँको सामान्य उपचारले सुधार भएन । बिरामीको जटिलता हेरेर राम्रो अस्पतालमा रिफर भयो । त्यहाँ आईसीयू कक्षमा शय्या खाली थिएन । बिरामीलाई सास फेर्न झन्–झन् गा¥हो भयो । पाँच÷छ वटा सरकारी तथा निजी अस्पतालमा फोन गरियो । सकारात्मक जवाफ आएन । सबैको मानसपटलमा निराशाको बादल मडारिन थालियो । जहाँ इच्छा, त्यहाँ उपाय हुनेरहेछ । यताउता अस्पतालमा भागदौड गर्दागर्दै संयोगवश एकजना बिरामी डिस्चार्ज भएकोले आईसीयू बेड खाली भयो । अस्पताल खोज्दा–खोज्दै अक्सिजनको मात्रा निकै घटिसकेकोले बिरामी सिकिस्त भइसकेको थियो । यद्यपि, डाक्टर र नर्सहरूको अनवरत प्रयासले नलिनाको स्वास्थ्यमा क्रमशः सुधार आयो । बीस दिनको लामो उपचारपछि स्वास्थ्यमा सुधार भएकोले उनी डिस्चार्ज भइन् । घरमा आएपछि मनोजले नलिनालाई एक/दुई घण्टाको फरकमा तातो पानी, गेडागुडीको झोल, मह, फलफुल, अण्डा, मासु आदि नियमितरूपमा खुवाए । परिवारको मायालु वातावरण, सन्तुलित खाना र उच्च मनोबलले गर्दा नलिना स्वस्थ भइन् ।
एक रात नलिनालाई निन्द्रा लागेन । विगतलाई सम्झन थालिन्, “कोरोना महामारीले विश्वका मानिस त्राहीमाम भइरहेको वर्तमान अवस्थामा हामी नेपालीहरू पनि सचेत र सतर्क हुनैपर्नेरहेछ । मनोजको कुरा नमानेकोले झन्डै मेरो ज्यान गएको । संयोगले आईसीयू बेड पाएकोले म बाँचेँ । जीवन रहे त साथीभाइ भेटघाट गरौँला । आफन्तसँग भलाकुसारी गरौँला । चाडपर्व मनाऔँला । ज्यान नै नरहे के नै रहन्छ र ?”
Leave a Reply