तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काभ्रे, १ जेठ । नेपाल मजदुर किसान पार्टी मन्दनदेउपुर वडा नं. १ र २ समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको २०३ आँै जन्मदिवसको अवसरमा अनलाइन प्रवचन कार्यक्रम शनिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले समाज कसरी परिवर्तन हुनसक्छ भन्ने वैज्ञानिक विश्लेषण काल्पनिक समाजवादीहरूले गर्न नसकेको चर्चा गर्दै कार्ल माक्र्सले पुँजीवादको विकास, उत्थान र पतनको सिद्धान्त प्रतिपादन गर्नुभएको बताउनुभयो ।
कार्यकर्ताहरूले निश्चित उद्देश्य बनाएर काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले पार्टीको नेतृत्व र निर्देशनको अभावले पेरिस कम्युनको हार भएको हुँदा कार्यकर्ताहरूले विश्वको मजदुर आन्दोलन अध्ययन गर्नु आवश्यक छ भन्नुभयो ।
ठुलठुला साहु महाजनले गरिब जनताको शोषण गर्ने भएको हुँदा सहकारीको अवधारणा विकास भएको हो, सहकारीले बैङ्कले जस्तो आर्थिक कारोबार र नाफामुखी भएर काम गर्नुहुँदैन निम्न आय भएका गरिब दुःखीहरूको सेवा गर्नुपर्छ उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्लाका अध्यक्ष कृष्णकुमार वैद्यले कार्ल माक्र्सको जीवनी अध्ययन गर्नुको अर्थ जस्तोसुकै कठिन अवस्थामा पनि सिद्धान्तबाट विचलित नहुनु हो भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले माक्र्सको सिद्धान्तअनुरूप समाजवादी देशहरू अघि बढिरहेको बताउनुभयो । कोरोना महामारीको समयमा पुँजीवादी देशहरू असफल सावित भएको चर्चा गर्दै उहाँले नेपालमा चीनको भन्दा सङ्क्रमित र मृत्युको सङ्ख्या बढेको तथ्यले बताएको छ भन्नुभयो ।
कार्यक्रममा राजेन्द्र चवालले विश्व व्यवस्थाका विभिन्न पक्षबारे प्रकाश पार्नुभएको थियो । कोभिड–१९ को दोस्रो लहरमा सुरक्षित स्वास्थ्य मापदण्ड अपनाउने तरिकाबारे डा. बालकृष्ण चाँगुभारीले बताउनुभयो । इन्द्रबहादुर तामाङको सभापतित्वमा भएको प्रवचन कार्यक्रममा मुना तामाङलगायतले बोल्नुभएको थियो ।
Leave a Reply