भर्खरै :

वास्तविक मित्रता विश्वको सबैभन्दा उच्च चुचुरो पनि पार गर्नसक्छ

गत सोमबार स्वास्थ्य सामग्री बोकेको नेपाल एयरलाइन्सको विशेष विमान पेइचिङबाट काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरिएको थियो । ३० टन सामानमा नेपालीको लागि आवश्यक अक्सिजन सिलिन्डर, भेन्टिलेटर र नेपालमा रहेका चिनियाँ कम्पनीहरूले सहयोगस्वरूप दिएका अक्सिजन कन्सनट्रेटर्सहरू रहेका छन् । यो नेपालमा फेरि महामारी देखिएपछि चीनले पठाएको उद्धार सामग्रीको पहिलो खेप हो ।
गत अप्रिलको मध्यदेखि यता, भारतमा कोरोना महामारी दोस्रो पटक चर्को हुँदै छ । यसले भारतसँग सीमा जोडिएको दक्षिण एशियाली मुलुकहरूलाई विभिन्न हदसम्म प्रभावित पारिरहेको छ । नेपाल – भारतबीच खुला सीमा छ । बाँकेका डाक्टर राजन पाण्डेले भने, ‘नेपाल मिनि इन्डिया’ बन्दै छ र महामारीको परिस्थिति नियन्त्रणबाट बाहिरिएको छ । डाक्टर राजनले चेतावनी दिँदै भने, “नेपालसामु भारतको जस्तै प्रकोपको महामारी लहर आइपरेको छ ।”
महामारी दोस्रोपटक फैलिएपछि भारतले पश्चिमा मुलुकमाथि आशा राखेर अमेरिका लगायत पश्चिमा मुलुकसँग नपाइने सहयोग मागेको थियो । तर, प्यारा सङ्गाती अमेरिकाले भारतप्रति इमानदार मुख नदेखाई आफ्नो देशलाई प्राथमिकता दिने झन्डा उठायो । भारतसँग नजिकिँदै गएका केही पश्चिमा मुलुकले भारतसँगको हवाई सम्पर्क विच्छेद गर्ने अथवा भारतीय यात्रुको प्रवेशलाई सीमित पार्ने जनाएका छन् ।
छिमेकी मुलुक भारतले जस्तो नगरी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मे ३ मा टेलिभिजनमार्फत सम्बोधन गर्दै भन्नुभयो, “हाम्रा छिमेकी, मैत्रीपूर्ण मुलुक तथा अन्तर्राष्ट्रिय सङ्गठनसँग सहयोग माग्छौँ । हाम्रो लागि खोप, जाँचयन्त्र, अक्सिजन प्रबन्ध तथा आईसीयू रोगीलाई चाहिने औषधि र यन्त्र प्रदान गर्न अनुरोध गर्छौँ । यस महामारीलाई जित्न समर्थन दिनुहोला ।”
चीनका लागि नेपाली राजदूत पाण्डेले मे ६ मा चीन अन्तर्राष्ट्रिय विकास तथा सहयोग व्युरो एवम् साइनोफार्म खोप सहयोग दिनेबारे छलफल गर्नुभएको थियो ।
नेपालले सही छनोट गरेको छ । चिनियाँमा एउटा भनाइ छ, ‘टाढा रहेका नातेदारभन्दा छिमेकी धेरै नजिक हुन्छ ।’ यसअघि गत अप्रिल २७ मा चीन, नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानसहित ६ मुलुकका विदेशमन्त्रीबीच महामारीको संयुक्त सामना गर्ने भिडियो कन्फरेन्सको आयोजना गरिएको थियो । सो क्रममा चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपाललाई महामारी प्रतिरोधी उद्धार सामग्री प्रदान गर्ने बताउनुभएको थियो । त्यसपछि दुवै मुलुकका सम्बद्ध विभागहरूले सम्पर्क तथा सहकार्य गर्दै सबैभन्दा छोटो समयमा उद्धार सामग्रीको पहिलो खेपको उत्पादन, ढुवानी र हस्तान्तरण कार्य पूरा गरेका छन् । मानव जातिको साझा भाग्य समुदायको विचारमा आधारित चीनले नेपालीहरूसँग एउटै पक्षमा उभिएर हातमा हात र काँधमा काँध मिलाएर एकताबद्ध भएर महामारीको प्रतिरोध गरिरहेको छ । खोप लिनु नै भाइरसलाई जित्ने सबैभन्दा प्रभावकारी उपाय हो । गत मार्च २९ मा चीन सरकारले नेपाललाई दिएको साइनोफार्मको ८ लाख डोज खोपलाई काठमाडौँमा र अप्रिलको सुरूमा नेपालमा चिनियाँ खोप लगाउने कार्य सुरू भयो । हालसम्म नेपालमा चिनियाँ खोप लगाउनेको सङ्ख्या ३ लाख बढी पुगेको छ ।
यति छिटो महामारीप्रतिरोधी सहयोग चीनले प्रदान गर्नुको कारण यस्ता छन् । चीनमा महामारी प्रतिरोधी उत्पादनको पूर्ण बन्दोबस्त पाइन्छ र स्वास्थ्य सामग्रीको सञ्चय पनि यथेष्ट छ । यसका साथै महामारीलाई सफलताका साथ नियन्त्रण गरेको ठूलो मुलुक चीनसँग महामारी प्रतिरोध तथा सार्वजनिक स्वास्थ्य क्षेत्रमा प्रशस्त व्यवहारिक अनुभव छ । तीमध्ये सबैभन्दा महत्वपूर्ण कुरा के हो भने चीन संयुक्त भाग्य समुदाय र स्वास्थ्य समुदायको धारणा लिँदै विश्वव्यापी महामारी प्रतिरोधी सहयोगमा प्रयासरत छ । माथि उल्लेखित कारणले गर्दा छिमेकीको जरूरी अनुरोध पाएर चीनले द्रुतगतिले प्रतिक्रिया जनाउँदै समयमै नेपाललाई सहयोग दिएको हो ।
वास्तवमा महामारी प्रतिरोधी सहयोग चीन र नेपाल सरकारबीच मात्र होइन दुई देशका विभिन्न क्षेत्रका उद्यमीहरू, गैर–सरकारी समूह र व्यक्तिले फरक–फरक तरिकामार्फत हिमालयको दक्षिणी भागमा रहेका नेपाली साथीहरूको ख्याल गरिरहेका छन् । चिनियाँ मिडिया चाइना मिडियाहरूले छिट्टै नेपाली साझेदारलाई सान्त्वना सन्देश पठाएका थिए ।
चीनका विभिन्न क्षेत्रबाट पठाइएका सहयोग तथा समर्थनको सम्बन्धमा कान्तिपुर दैनिक, हिमालय टाइम्स, गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन, अनलाइन खबरलगायत नेपाली सञ्चारमाध्यमले रिपोर्ट गरेका छन् भने नेपालका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले चीन सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका छन् । यसका अतिरिक्त, चिनियाँ कम्पनीहरू, गैर–सरकारी सङ्गठन तथा व्यक्तित्वहरूले विभिन्न तवरले नेपाललाई सहयोग दिइरहेका छन् ।
मित्रता आदानप्रदान हुन्छ । चीनमा महामारी सुरू भएको बेला सबैभन्दा चाँडै चीनलाई समर्थन दिने मुलुकमध्येको एक थियो नेपाल । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभएको छ, “भाइरस सीमारहित छ महामारी हाम्रो साझा शत्रु हो ।” भावी केही समयसम्म मानव जातिसामु यो साझा चुनौतीको रूपमा रहिरहने छ ।
स्रोतः सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *