भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
नेपालमा पनि कोरोना महामारीको दोस्रो लहर देखिएसँगै सरकारले ७३ जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा जारी गरेको छ । अस्पतालमा अक्सिजन अभाव र बिरामीलाई बेड नभएको खब्बरले आम नेपाली दुःखी र चिन्तित छन् । यस्तो विषम परिस्थितिको मारमा नपर्ने सायदै कोही नेपाली होेला । दैनिक ४÷५ वटा अनलाइन कक्षा लिने र घण्टौँ लगाएर तयारी गर्ने शिक्षक÷प्राध्यापक हुन् वा एसईई, कक्षा १२ वा स्नातक परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरू सबैका लागि समय झन् कठिन हुँदै छ । एकातर्फ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर पटक – पटक निर्धारित आफ्नो परीक्षाको तालिका अर्को सूचना नआएसम्मका लागि स्थगित भएको कारणले हरेक विद्यार्थी अभिभावक पिरोलिएका देखिन्छन् भने अर्कातर्फ निश्चित समयमा आफ्नो पारिश्रमिक नपाउँदा शिक्षक कर्मचारीहध खिन्न छन् । कतिपय मानिसले आफ्नो भविष्य अनिश्चित र अन्धकारमय रहेको महसुस गर्न थालेका छन् । त्यसमाथि आपूm र आफ्नो परिवारका लागि बिहान बेलुका दुई छाक तार्न मजदुरी गर्नुपर्ने अभिभावकहरूलाई परेको पीडा झन् बढी असह्य देखिन्छ ।
अमेरिकामा हालसम्म कोरोनाबाट मृत्यु हुनेहरूको सङ्ख्या ५ लाख नाघिसकेको छ । छिमेकी देश भारतमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या २ करोड नाघिसकेको छ । नेपालमा पनि सङ्क्रमित हुने र मृत्युदर दैनिक उकालो लागिरहेको छ । भारतपछि दोस्रो मुलुकको सूचीमा परेको नेपालको सुदूरपश्चिम, काठमाडाँै उपत्यकालगायतका विभिन्न जिल्लाहरूमा कोरोना कहर झन्झन् भयावह बन्दै गइरहेको कुरो देशभरि दैनिक ९ हजारभन्दा बढी सङ्क्रमितहरू देखिएबाट पुष्टि हुन्छ । विडम्बना ! जनता अस्पतालमा छटपटाइरहेका छन्, उपचार नपाई सडकमा मरिरहेका बेला शाासक दलहरू सत्ता टिकाउन जोड घटाउमा लागिरहेको दृश्यले नेपालीहरूको मन रोइरहेको छ । कतिपयले अस्पतालमा आफन्त बित्दा अस्पताल प्रशासनलाई पैसा बुझाएरमात्र लास बुझिलिन सकेको गुनासो गरिरहेका छन् ।
छिमेकी देश चीनले दिने २० हजार थान सिलिन्डर सहयोग नेपालले बेलैमा किन लिन सकिरहेको छैन ? जनताको स्वास्थ्य प्रमुख प्राथमिकतामा राख्न, प्रादेशिक अस्पताल र अक्सिजन उत्पादनबारे ठुलो भाषण दिने नेताहरूले बेलैमा अक्सिजन आपूर्ति गर्न नसक्दा वृद्धवृद्धाबाहेक कलिलो उमेरका बालबालिका र युवाहरूसमेतले अकालमा ज्यान गुमाउनु परेको दर्दनाक दृृश्यले देशको दुर्दशालाई छर्लङ्ग पारेको छ । काङ्ग्रेस कम्युनिस्ट जुनसुकै दल सरकारमा गए पनि कामदार जनताले भने कहिल्यै सुखको स्वास फेर्न पाएनन् । अहिले झन् अक्सिजनको अभावमा स्वास नै फेर्न नसकी निस्सासिएर मर्नुपर्ने स्थितिले गर्दा नेपाली जनता हतास मानसिकतामा छन् ।
यसरी सरकारले जारी गरेको निषेधाज्ञाको कारण रोजीरोटी गुमाउनुपरेका श्रमिक मजदुरहरूको अवस्था अत्यन्तै नाजुक हुन पुगेकोे छ । एयूईका अनुसार वैदेशिक रोजगारीमा गएका ४ लाख ५० हजारभन्दा बढी नेपाली युवाहरूले रोजगारी गुमाइसकेका छन् । संयुक्त अरब इमिरेट्समा १ लाख ४० हजारले रोजगारी गुमाउनुप¥यो भने कतारमा काम गर्न गएका १ लाख ८ हजार सात सत्र्न्दा बढी नेपालीहरूले आफ्ना रोजगारी गुमाए । पछिल्लो समय इजरायल र प्यालेस्टाइनबीच तनाव बढिरहेको बेला सरकारले २५ देखि ४५ उमेरका जवानहरूलाई इजरायलमा काम गर्न पठाउने कुरो बाहिर आएको छ । वैदेशिक रोजगारीको लागि सरकारले नेपाली युवाहरूलाई युद्धग्रस्त देशहरूमा नै किन पठाउन खोजेको छ ? विचारणीय छ ।
जनताको उपचारका लागि औषधि खरिदमा भ्रष्टाचार गर्ने सरकारले पछिल्लो समय कमिसनकै चक्करमा समयमै अक्सिजन सिलिन्डर खरिद गर्न नसकेको सुनिन्छ । यतिबेला दुई छाक तार्न मजदुरीका लागि निस्कनुपर्ने श्रमिक मजदुरलाई धेरै मार छ । स्थानीय किसानहरूको आफ्नै पीडा छ । कतिखेर प्रहरीको भ्यान आएर बेच्नलाई राखेको आफ्नो सामानसँगै आफू पनि पक्राउमा पर्ने हो भन्ने चिन्ता, भय र त्रासमा जिउन बाध्य छन् उनीहरू । कसरी परिवार धान्लान् भन्ने कुरो खोेइ कसले हेर्ने ? गत वर्ष बन्दाबन्दीको बेला धेरैजसो ज्याला मजदुरी गर्ने कामदार वर्गका मानिसहरूलाई राहत वितरणका साथै ठाउँ – ठाउँमा रसद पानीको व्यवस्था मिलाइएको थियो । यस पटक एकाध ठाउँमा बाहेक त्यस्तो खबर सुनिँदैन । कोरोना सङ्क्रमणबाट जोगिन निषेधाज्ञाको पालनामा कडाइ गर्नु अनिवार्य हो । दैनिक काम गरिखाने कामदार जनताले कति दिन भोकै बस्नुपर्ने हो ? कोरोना गरिब काम गरिखानेले ल्याएको होइन शासकहरूले ल्याएका हुन् । हिजो सत्ता प्राप्तिका लागि र सत्ताको दम्भ देखाउन देशभरका लाखौँ नेपालीहरूलाई सडक, चोकहरूमा जम्मा पारी राजनीतिक दोहोरी खेलेकै कारणले आज यस्तो स्थिति आएकोे हो । प्रम र मन्त्रीहरूले जनताको पिर मर्का कहिले बुझ्ने हुन् ? लाखौँ युवाहरूले अब स्वदेशमै रोजगारी पाउने भए भनी गरेको वाचा कता गए ? भएका सरकारी उद्योग तथा कलकारखानाहरू निजीकरण गरी नेपाली युवाहरूलाई विदेश पलायन गरी म्यानपावर कम्पनीहरूबाट करोडौँ कमिसन खाने शासक दलहरूकै कारण देश बर्बादीतर्फ धकेलिएको हो भन्नु अतिशयोक्ति नहोला । अतः कामदार वर्गको धैर्य र संयमलाई कमजोरी ठान्नी भूल नगरौैँ । कामदार वर्गका जनताले अन्तर्राष्ट्रिय श्रमिक मजदुर आन्दोलनबाट सिकेर प्रतिगामी तत्वविरुद्ध अझैै सङ्घर्ष गर्न आवश्यक छ । देशमा लोकतन्त्र प्राप्तिका लागि भएका ऐतिहासिक राजनीतिक आन्दोलन र सङ्घर्षहरूमा कामदार जनताको पनि उल्लेखनीय योगदान रहेको स्मरण गर्दैै शासक दलहरूले राजनीतिलाई जनताको निःस्वार्थ सेवामा लगाउन सके देशमा विद्यमान सङ्कट अन्त्य हुने आशा गर्न सकिन्छ ।
Leave a Reply