हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
काठमाडौँ, २ जेठ । कोभिड–१९ सङ्क्रमितहरू अक्सिजन नपाएर अस्पतालको शय्यामै मृत्यु भइरहेका छन् । कतिपय सङ्क्रमितहरू अक्सिजन नभएकै कारण अस्पतालमा भर्ना हुन पाइरहेका छैनन् । उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले वैशाख २४ गते काठमाडौँ उपत्यकाभित्र ४७ हजार सिलिन्डर भएको तथ्याङ्क आमसञ्चारलाई बताएका थिए । झन्डै दुई हप्ता हुन लाग्यो त्यति धेरै सिलिन्डर कहाँ छ पत्तो छैन ।
उद्योग विभागले नै अक्सिजन उद्योगलाई सञ्चालन अनुमति दिन्छ । यसकारण कुन उद्योगसँग कति सिलिन्डर छ विभागका महानिर्देशक भुसाललाई अवगतै छ । तर, दुई हप्तादेखि सिलिन्डर अत्तोपत्तो नहुँदा सङ्क्रमितहरू अक्सिजन नपाएर मृत्यु भइरहेका छन् भने महानिर्देशक भुसाल गुपचुप छन् ।
अक्सिजन नपाएर बिरामीको उपचार गर्न नपाएका डाक्टरहरूले नै महानिर्देशक भुसालको मिलेमतो अक्सिजन उद्योगी र सिलिन्डर लुकाउनेहरूसँग भएको अड्कल गर्दै छन् । महामारीको बेला कमिसनको पछि लागेका महानिर्देशक भुसाल अगाडि–पछाडि त द्रव्यपिशाच नै हुनुपर्ने जनचर्चा छ ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई पनि कोभिड–१९ सङ्क्रमित र अन्य जटिल रोगका बिरामीहरूको औषधि व्यवस्थापनमा लाग्नुभन्दा पनि औषधिका एजेन्टहरूसँग कमिसनको मोलमोलाइमा लागेको भुक्तभोगीहरूको गुनासो छ ।
Leave a Reply