हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
बितेका केही दिनयता इजरायल र प्यालेस्टाइनबीच तनावको आगो दनदनी बलिरहेको छ । यो कुनै दुर्घटना होइन । प्यालेस्टाइन–इजरायलबीचको समस्या स्थायीरूपमा समाधान नभएको अवस्थामा दुईपक्षीय द्वन्द्व बेला बेला दन्किने गर्छ ।
ट्रम्प सरकारको नीतिले सो क्षेत्र, त्यसमा पनि विशेषतः प्यालेस्टाइनलाई चेपुवामा परेको छ । उदाहरणको लागि, सन् २०१७ मा संरा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको राजधानी सहरको रूपमा जेरुसेलामलाई मान्यता दिने घोषणा गरे । यसले दसकौँ पुरानो संरा अमेरिकाको आधिकारिक नीतिमा हेरबदल ल्यायो । त्यसपछि सन् २०१८ मा ट्रम्पले इजरायलको लागि संरा अमेरिकी राजदूतावास तेल अभिभबाट जेरुसेलाम सहरमा सार्ने निर्णय गरे । यी दुवै घोषणाबाट प्यालेस्टाइनी जनता निकै रुष्ट थिए ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गत मार्च ४ सम्ममा नयाँ सत्ता गठबन्धन बनाउन असफल भए । त्यसले उनको सरकारले निरन्तरता पाउने वा नपाउने भन्ने विषयमा प्रश्न उठ्यो । इजरायलको वर्तमान सरकारले अहिलेको तनावलाई आन्तरिक राजनीतिमा आफ्नो पल्ला भारी बनाउन प्रयोग गर्नसक्छ । अन्धराष्ट्रवादी भावना उकासेर उसले आफ्नो पक्षमा समर्थन हासिल गर्नसक्छ । त्यही कारण इजरायलले हालैका दिनमा पूर्वी जेरुसलामको शेख जराह वरपर बसोबास गर्दै आएका प्यालेस्टाइनी परिवारलाई जबरजस्ती घरबाट निकालेको थियो ।
पहिलेको अनुभवको आधारमा इजरायल र प्यालेस्टाइनबीचका यस्ता तनाव केही समयमै रोकिन्थ्यो । विगतमा अन्तर्राष्ट्रिय समुदाय वा केही देशको मध्यस्थताले तनाव चाँडै नै टुङ्गिने गथ्र्यो । अहिले अन्तर्राष्ट्रिय समुदायले सो तनावबारे बढी ध्यान दिइरहेको अवस्थामा लामो समयसम्म अहिलेको द्वन्द्व नलम्बिने आशा गरिएको छ । तर, अहिलेसम्म कुनै नियन्त्रण भने गर्न सकिएको छैन ।
कदाचित तत्काललाई दुई देशबीच अहिले भएको द्वन्द्व समाधान भइहाले पनि इजरायल–प्यालेस्टाइनबीचको तनाव पूर्णतः समाधान हुनेछैन र आगामी दिनमा पनि तनाव दोहोरिन सक्छ । त्यसले अन्तर्राष्ट्रिय समुदाय, विशेषतः संरा अमेरिकालाई प्यालेस्टाइन–इजरायलबीचको द्वन्द्व सही ढङ्गले समाधान गर्नुपर्ने कुरा स्मरण गराउनेछ । इजरायलको पक्ष लिएरमात्र त्यहाँको समस्याको समाधान हुनसक्दैन ।
‘रसिया टुडे’ मा सोमबार प्रकाशित बेलायती विश्लेषक टम फाउडीको लेखमा ‘जेरुसेलाममा भएको रक्तपातपूर्ण हिंसाको दोषी संरा अमेरिका हो’ भनी लेखिएको छ । इजरायल–प्यालेस्टाइनबीचको यो चरणको तनाव संरा अमेरिकासँग नजिकरूपमा जोडिएको छ । ट्रम्प सरकार बनेपछि संरा अमेरिकाका धेरै गतिविधि इजरायलको पक्षमा भएका छन् । त्यसको लागि प्यालेस्टाइनी हितलाई बेवास्ता गरिएको छ । त्यही भएर लामो समयदेखि प्यालेस्टाइनी जनता असन्तुष्ट छन् ।
सन् २०२० को मेमा संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘इजरायल–प्यालेस्टाइन शान्तिको मूल दिशा प्यालेस्टाइनीहरूसँग हाम्रो संवाद पुनः थालनी गर्नु र इजरायललाई दुई–राज्यको समाधानलाई असम्भव बनाउने कदम नचाल्न दबाब दिनुभएको’ बताएका थिए । केही प्यालेस्टाइनीहरूले त्यही भएर बाइडेनप्रति आशा पोखेका छन् । तर, राष्ट्रपति पदको जिम्मेवारी समालेपछि भने उनले यो मुद्दामा केही बोलेका छैनन् ।
मध्यपूर्वमा द्वन्द्व गहिरिएसँगै बाइडेनले भने, “इजरायललाई आफ्नो आत्मरक्षा गर्ने अधिकार छ ।” बुधबार ह्वाइट हाउसमा आयोजित सञ्चारकर्मी भेटघाटमा उनले त्यस्तो अभिव्यक्ति दिएका थिए । यो प्रतिक्रियाले प्यालेस्टाइनी जनतालाई निकै असहज बनाएको छ ।
अन्य देशको तुलनामा इजरायलमा संरा अमेरिकाको प्रभाव बलियो छ । उसले द्वन्द्वलाई खराब बन्नबाट रोक्न थप प्रभावकारी भूमिका खेल्न सक्छ । यदि अवस्था खराब बने अन्तर्राष्ट्रिय दबाबको कारण संरा अमेरिकाले केही बोल्न सक्छ । तर, मध्यपूर्वको मुद्दामा बाइडेन सरकारले इरानलाई अझ बढी प्राथमिकता दिने गरेको छ । त्यही भएर उसले द्वन्द्वको प्रारम्भिक चरणमा बाइडेन सरकारले इरानलाई थप महत्व दिन सक्छ । तर, तनाव बढ्दै गएमात्र वाशिङ्टनले इजरायललाई दबाब दिन सक्छ । इजरायललाई द्वन्द्व कतिबेला रोक्नुपर्छ भन्ने विषयमा राम्ररी थाहा हुने आशा गरिएको छ । द्वन्द्वलाई लम्ब्याउनुले इजरायललाई असल परिणाम दिन सक्दैन ।
मध्यस्थता प्रक्रियामा संरा सङ्घ र छिमेकका अरब देशहरूले पक्कै पनि केही भूमिका खेल्नेछ । केही पर्यवेक्षकहरू भने इजरायल–प्यालेस्टाइन समस्यालाई उनीहरूले बेवास्ता गरेको मान्छन् । केही अरब देशहरूप्रति प्यालेस्टाइनको चित्त बुझेको छैन किनभने पहिले निःसर्त आफ्नो पक्षमा उभिने अरब देशहरूले अहिले इजरायलसँग कूटनीतिक सम्बन्ध गाँसेका छन् । त्यसकारण ती देशहरूको धारणा के हो र यो द्वन्द्व समाधानको निम्ति उनीहरूको नीति के हो भन्ने कुरा पनि अहम् महत्वको छ ।
त्यसका साथै चीन र रुसजस्ता प्रमुख शक्तिहरूले प्यालेस्टाइन र इजरायलबीच तनाव सहज बनाउने प्रयास गर्नेछ । विशेषतः संयुक्त राष्ट्र सङ्घजस्ता बहुपक्षीय संयन्त्रको प्रयोगमार्फत उनीहरूले समस्या समाधान गर्न भूमिका खेल्न सक्छन् । संसारमा शान्ति अघि बढाउन चीन र रुस महत्वपूर्ण शक्ति हुन् । चिनियाँ र रुसी विदेशमन्त्रीहरूले द्वन्द्वरत दुवै पक्षलाई संयम राख्न आग्रह गरेका छन् ।
इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधान नहुँदासम्म शान्ति र स्थायित्व हासिल गर्न सकिन्न । यसअघि मध्यपूर्वको मुद्दालाई संरा अमेरिकाले चलाउने गथ्र्यो । तथापि, इजरायल–प्यालेस्टाइन द्वन्द्व संयुक्त राष्ट्र सङ्घको ढाँचाभित्र रहेर थप प्रतिनिधिमूलक अन्तर्राष्ट्रिय संयन्त्रअन्तर्गत अन्तर्राष्ट्रिय अग्रसरताबाट मात्र समाधान हुनसक्छ । समस्याको समाधान संरा अमेरिका एक्लैबाट मात्र हुन सम्भव छैन । चीन र रुसले अन्तर्राष्ट्रिय समुदायलाई बहुपक्षीय सम्मेलन र बैठकहरूमा यो विषयमा समाधानको निम्ति ध्यानाकर्षण गरिरहनु पर्छ ।
(लेखक साङ्घाई अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत विदेश नीति अध्ययन प्रतिष्ठानका अध्येता र चीन मध्यपूर्व अध्ययन सङ्गठनका उपाध्यक्ष हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन
Leave a Reply