अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
महामारीको रूपमा संसारभर फैलिएको कोरोना रोगलाई प्रधानमन्त्री केपी ओलीले रुघाखोकीसँग तुलना गरी हाँच्छ्युँ गर्दा निको हुने हचुवा टिप्पणी गरेर सन्तोषको सास फेरे । हाँच्छ्यँु गरे पनि, बेसार पानी खाए पनि रोग निको नभएपछि प्रम ओलीले नेपालीहरूसँग प्रतिरोध क्षमता छ, कोरोना सोरोनाले छुँदैन, ढुक्क भई जीवन बिताउन पनि सन्देश बाँडे । देशको जिम्मेवारी बोकेका व्यक्तिले आफ्ना देशका जनतालाई उत्साहित गर्नु, प्रेरणा दिनु एउटा पाटो हो भने महामारीको रूपमा फैलिएको रोगलाई सानो ठान्नु, त्यो रोगले मान्छे मर्दैन भन्नु अर्को पाटो हो । यतिबेला प्रम ओलीले पहिलेको सन्देश सच्याउँदै गम्भीर मुद्रामा भन्न थाले, “हर हालतमा नागरिकको जीवन रक्षा होस् ।” आर्थिक स्रोतको अभावले कुनै नागरिकको ज्यान जान नहुने गरी राज्यका सबै अङ्गहरू परिचालन गर्न उनले उत्साहित गरे पनि अर्को यथार्थ कुरा लुकाए । कोरोना पीडितहरूले आर्थिक अभावले मात्र ज्यान छोडेका होइनन्, अस्पतालमा अक्सिजनको अभाव, जनशक्तिको अभाव, समयमा उपचार गर्न नपाएर पनि ज्यान छोडेका छन् । कोरोनाकै कारण करोडौँ सङ्क्रमित र लाखौँको मृत्यु भएको तथ्याङ्क हुँदाहुँदै यसले दीर्घ रोगीलाई मात्र असर पार्छ भनी गर्व गरेर आफ्नो उचाइ घटाउने काम किन गर्ने ?
कोरोना सङ्क्रमण नियन्त्रण गर्न देशका जिम्मेवार व्यक्तिले अस्पताल अस्पतालमा अक्सिजन, औषधि उपचार, स्वास्थ्य सेवा सामग्री पु¥याउने कि सन्देशमात्र बाँडेर हिँड्ने ¤ जनशक्ति पर्याप्त पु¥याएर रोगीको समयमै उपचार गरेर रोग नियन्त्रण गर्ने कि आफ्नो कमजोरी छोपेर गल्ती दोहो¥याउने ¤ सरकारले बेलैमा ध्यान पु¥याएको भए रोगको प्रकृति र सङ्क्रमण दुवै उच्च भएकोले हाम्रा लागि निकै कठिन भयो भनी के प्रायश्चित गर्नुपर्ला ?
हो, रोग लाग्दैमा या सङ्क्रमित हुँदैमा आत्तिहाल्नु हुँदैन । हामीमा आत्मबल चाहिन्छ । बढी डर, चिन्ता भएर पनि कति रोगीहरूले प्राण त्यागेका छन् । तर, आत्मबल बेसार पानी खाएर बढ्दैन, हाँच्छ्युँ गर्दा कोरोना भाग्छ भनेर आत्मबल बढ्दैन । चिन्तै चिन्ताले आत्मबल कमजोर हुनसक्छ, उत्साहित गरिरहनुपर्छ । तर, झूट कुरा फलाकेर, नहुने कुरा गरेर आत्मबल बढ्छ भन्ने होइन । प्रम ओली उहिले नै गम्भीर भएका भए, सन्देश बाँड्नुभन्दा कोरोना उपचार र नियन्त्रणका उपाय अपनाएका भए अहिलेको जस्तो नेपालमा कोरोना सङ्क्रमित बढ्ने छैन, मृत्यु हुने छैन, अस्पतालमा अक्सिजनको कमी भएर बिरामीहरू छटपटिने छैनन्, छटपटिएर मर्ने छैनन् । के हालको समस्या सरकारको लापरबाहीले निम्तिएको होइन ?
Leave a Reply