सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
धनगढी, ३ जेठ । कोरोनाको महामारीमा पनि ठूलो जोखिम मोलेर बिरामीहरूको सेवामा लागेका एम्बुलेन्स चालकहरूको पीडा निकै मर्मस्पर्शी छ । महामारीको समयमा सबै जना घरमा सुरक्षित भएर बस्दा सङ्क्रमित हो भन्ने थाहा पाउँदापाउँदै बिरामीका लागि दौडिरहेका एम्बुलेन्स चालकहरू आफूलाई भन्दा बढी चिन्ता यो समयमा आफ्नो परिवारको रहेको बताउने गर्दछन् ।
कैलालीको टीकापुरका लोकेन्द्रबहादुर ठकुरी टीकापुर अस्पतालको एम्बुलेन्स चलाउनुहुन्छ । त्यो पनि कोरोना सङ्क्रमितलाई बोक्नको लागि मात्रै । सुरुवाती दिनहरूमा निकै अप्ठ्यारो भएको बताउदै लोकेन्द्रले अहिले आफूलाई त्यस्तो असजिलो अनुभव नभएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कारोनाका बिरामी बोक्दाबोक्दै कतै आफू पनि सङ्क्रमित त भएको छैन भन्ने आशङ्का जहिले नै हुने गर्दछ । आफ्नै कारणले परिवारका सदस्यलाई सङ्क्रमण हुने हो कि भन्ने चिन्ता लाग्ने गर्दछ ।”
पहिले त धेरै डर लाग्थ्यो । कामै सङ्क्रमित बोक्ने भएपछि विस्तारै सबै डर हराएको छ । लोकेन्द्रले भन्नुभयो, “डर त्यतिबेला लाग्छ जतिबेला घर जाने समय हुन्छ । आफ्नोभन्दा बढी अरूलाई सर्ने हो कि भन्ने हुन्छ ।” लोकेन्द्रको चार जनाको परिवार छ । अस्पतालले बस्नको लागि कोठाको सुविधा त दिएको छ । खाना खान घरै जानुपर्छ । घर जाँदा छुट्टै घरबाहिरबाटै खाना खाएर निस्कन्छु । लोकेन्द्रले भन्नुभयोे, “सबैभन्दा बढी चिन्ता छोराछोरीको हुने गरेको छ । छोराछोरी नजिक परिहाल्छन् । दिनभर सङ्क्रमित बोकेर घर जाँदा घरमा पनि त्रास हुन्छ । आफूलाई पनि ।”
अस्पतालमा कोरोना सङ्क्रमित बोक्नको लागि छुट्टै एम्बुलेन्स छ । प्रायः अन्य एम्बुलेन्स गाउँबाट सङ्क्रमित ल्याउनुपर्ने भए जाँदैनन् । थप उपचारका लागि अन्यत्र पठाइएका बिरामीलाई भने अन्य एम्बुलेन्सले नै बोक्ने गरेका छन् ।
टीकापुरका कृष्णबहादुर शाही २०६४ देखि टीकापुर अस्पतालको एम्बुलेन्स चलाउँदै आउनुभएको छ । यतिबेला कोरोनाका बिरामी बोक्नु पर्दा उहाँलाई पनि आफ्ना कारणले परिवारका अन्य सदस्यलाई सङ्क्रमित हुने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । आफूमा त त्यस्तो त्रास नभए पनि घरपरिवार भने सधैँ त्रासमै रहेको शाही बताउनुहुन्छ । हामी एम्बुलेन्स चालक सबैभन्दा बढी जोखिममा छौँ । दिनभर बिरामी बोक्नुपर्छ । साँझ घर पुग्दा घरमा त्रासको वातावरण हुन्छ । शाहीले भन्नुभयो, “हामी जोखिममा छौँ, हाम्रै कारणले परिवारसमेत जोखिममा छ ।”
उहाँले आफ्ना कारण परिवारमात्रै नभई छिमेकीलाई समेत त्रास रहेको बताउनुभयो । एम्बुलेन्स चालकमा परिवारबाट छिमेकीहरू पनि टाढिएका छन् । त्यसले परिवारमा झन् मानसिक चिन्ता थपेको उहाँहरूको गुनासो छ ।
कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था गरिएको भए पनि एम्बुलेन्स चालकहरूले खाइपाइ आएको भन्दा अन्य कुनै सुविधा नपाएको गुनासो गरेका छन् । त्यतिमात्र नभई सङ्क्रमित बोक्दा पीपीई पाउन नसकिएको गुनासो एम्बुलेन्स चालकको छ ।
टीकापुरकै मुक्तिप्रसाद भट्टले नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको एम्बुलेन्स चलाउनुहुन्छ । दस वर्षदेखि एम्बुलेन्स चलाउँदै आएका भट्टले थुप्रै बिरामीलाई एम्बुलेन्समा सवार गरेको भए पनि अहिले जस्तो कठिन अवस्था योभन्दा पहिला कहिल्यै नआएको बताउनुभयो । उहाँ मनभित्र जतिसुकै त्रास भए पनि काम गर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । बस्नका लागि अफिसमै व्यवस्था गरिएको भए पनि खाना खान घर जानुपर्ने भएका कारण छुट्टै त्रास हुन्छ । भट्टले भन्नुभयो, “परिवारसँग बसेर खाने, भलाकुसारी गर्ने रहर भए पनि घरको बरण्डाबाटै खाना खाएर फर्किनुपर्छ ।”
उहाँले कैयौँ सङ्क्रमितलाई सेवा दिएको भए पनि उच्च मनोबल र सावधानीका कारण अहिलसम्म कोरोनाको सङ्क्रमणले छुन नसकेको बताउँदै स्वास्थ्य सावधानी र उच्च मनोबल नै कोरोनाको औषधि भएको बताउनुहुन्छ । टीकापुर अस्पतालको समन्वयमा अहिले आठ एम्बुलेन्स सञ्चालनमा रहेका छन् । गाउँसम्म कोरोनाको सङ्क्रमण फैलिएको हुँदा सुरुमै कुन कोरोना सङ्क्रमित हो भनेर छुट्याउन समस्या भएका कारण एम्बुलेन्स चालक बढी जोखिममा रहेका छन् । रासस
Leave a Reply