सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
हेफेई, १६ मे । चीनको पूर्वी आनहुई प्रान्त र उत्तरपूर्वी चीनको लाओनिन प्रान्तमा हालै फैलिएको कोभिड–१९ को पुनःसङ्क्रमण रोक्ने प्रयासअन्तर्गत सम्पर्क खोजी (कन्ट्याक्ट ट्रेसिङ) र जनस्तरमा परीक्षण (मास टेस्टिङ) अघि बढाइरहेको छ ।
आनहुई प्रान्तका स्वास्थ्य निकायहरूले स्थानीयरूपमै सङ्क्रमित सात जना व्यक्ति र रोगको लक्षण नभएका सात जना बाहक भेटिएको गत आइतबार मध्यान्हमा खबर भएको थियो । ती सबै सङ्क्रमितहरू लुआन सहरको युआन जिल्लाको एउटा फोटो स्टुडियोमा आयोजित भौतिक तालिमबाट सङ्क्रमित भएको बताइएको छ ।
सङ्क्रमितहरूमध्ये कोही सो तालिमका सहभागी, कोही स्टुडियोको कर्मचारी, उपभोक्ता वा नजिक सम्पर्कसँग सम्बन्धित भएको प्रान्तीय स्वास्थ्य आयोगले बताएको छ ।
बिहीबार आनहुईमा लुआनको २९ वर्षकी एक जना महिलामा कोभिड–१९ सङ्क्रमण देखिएको थियो । आइतबार मध्यान्हसम्ममा लुआनमा सात जना सङ्क्रमितमध्ये पाँच जना भेटिएको र दुई जना प्रान्तीय राजधानी हेपेई सहरमा भेटिएका थिए । आनहुईका सबै सातै जना सङ्क्रमितमा रोगको लक्षण देखिएको छैन ।
प्रान्तीय रोग नियन्त्रण तथा रोकथाम केन्द्रले गरेको वंशाणु क्रम विश्लेषणबाट सङ्क्रमितमा फेला परेको भाइरस भारत र दक्षिण अफ्रिकामा फेला परेको जस्तो त्यत्ति सङ्क्रामक नभएको बताइएको छ ।
“सरुवा रोगविज्ञहरूले ‘शून्य सङ्क्रमित’ बनाउन प्रतिबद्ध छन्”, प्रान्तीय स्वास्थ्य आयोगका सहायक प्रमुख तोङ मिङपेईले भने ।
लुआन र हेफेइ सहरमा नयाँ सङ्क्रमण देखिएलगत्तै व्यापक स्तरमा न्युक्ली एसिड परीक्षण थालिएको छ । आइतबार अपरान्हसम्ममा झन्डै लुआनका दस लाख मानिसलाई र हेपेईका १ लाख ७० हजार मानिसमा गरिएको परीक्षणमा निगेटिभ परिणाम आएको छ ।
तोङका अनुसार विज्ञहरूले आनहुईमा व्यापक सङ्क्रमणको सम्भावनाको अवस्था नरहेको बताए ।
यसैबीच लाओनिङ प्रान्तको यिङको सहरअन्तर्गत पायुक्वान जिल्लामा ५ लाख मानिसमा दोस्रो चरणको व्यापक परीक्षण थालिएको छ । लाओनिङ प्रान्तमा पछिल्लोसमय फैलिएको कोभिड–१९ सङ्क्रमणमध्ये बहुमत त्यही जिल्लाका नागरिक थिए ।
आइतबार साँझ ७ बजेसम्ममा लाओनिङमा स्थानीय रूपमा सङ्क्रमितको सङ्ख्या नौ जना भेटिएको थियो । आइतबार तीन जना सङ्क्रमित भेटिएलगत्तै गरिएको कन्ट्याक्ट टे«सिङबाट थप सङ्क्रमित भेटिएको थियो ।
यिङको नगर महामारी रोकथाम र नियन्त्रण मुख्यालयका अनुसार आनहुईको पायुक्वान जिल्लास्थित एउटा क्लिनिकमा घाँटी दुखेको समस्याको उपचारको क्रममा थप सङ्क्रमित भेटिएका थिए । चिकित्सकले उपचारको क्रममा घाँटी दुखेको बिरामीलाई कोभिडको सङ्क्रमण पुष्टि भयो ।
पायुक्वान जिल्लाले आइतबार सबै शैक्षिक संस्था र निजी क्लिनिक बन्द गर्ने घोषणा गरेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि आवश्यक मार्गदर्शन गर्न एउटा कार्यदल लाओनिङमा परिचालन गरेको छ ।
Leave a Reply