कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
‘प्रतिज्ञा’ नगर्ने भए पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम नै किन आवश्यक भन्ने प्रश्न संविधानविद् र राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन् । शपथग्रहणको व्यहोरा नमिलेको भए सच्याउन सरकार किन चुकेको ! ईश्वरको सट्टा देश र जनताको नाउँमा शपथ लिन्छु भन्ने व्यहोरा सच्याउन सरकारलाई किन फुर्सद हुँदैन ? शपथको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्दा ‘सत्य निष्ठापूर्वक’मात्र भनेर वाक्यै पूरा नगरी प्रम ओलीले कसरी शपथ खाएको हुन्छ ? प्रतिज्ञा नगर्ने हो भने शपथग्रहण कार्यक्रमको के अर्थ रह्यो ?
शपथ खाने तर शपथको व्यहोरा पूरा नपढ्ने भएपछि प्रम आलोच्य बन्नु स्वाभाविक हो । हुन त प्रम ओली न त पार्टीको घोषणापत्र लागू गर्न चाहन्छन् न त कम्युनिस्टको सिद्धान्त र विचारअनुसार अघि बढ्न चाहन्छन् । प्रम आश्वासन बढी बाँडछन् तर थोरैमात्र काम गर्छन् । प्रम ओलीले ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ नै भने पनि सोअनुसार काम गर्दैनन् । शपथ त पहिले पनि उनले खाएकै हुन् । तर पनि प्रतिज्ञा गरेका, जनतामाझ वाचा गरेका काम उनले गरेनन् ।
विज्ञान र प्रविधिको युगमा ईश्वरको नाउँमा शपथ ग्रहण उचित होइन । अहिले पनि त्यो शब्द छ भने त्यसलाई सुधार्नुपर्छ । ईश्वरको नाउँमा शपथ लिनु सामन्तवादी चिन्तन हो । प्रम ओलीले ईश्वरको नाम शपथ नलिएका भए त्यसमा अन्यथा छैन । ईश्वरको नाउँमा शपथ खाने व्यहोरा हटाउने काम सरकारको हो, सरकारले पहल गर्ने हो । नेमकिपाले त उहिले नै ईश्वरको सट्टा देश र जनताको नाउँमा शपथ लिने व्यवस्था गर्नुपर्ने आवाज उठाएकै हो ।
प्रधानमन्त्री पदको शपथ लिँदा संविधानको मानमर्दन गरेको दाबीसहित सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट परेको छ । कानुनविद्हरूले दोहोरो शपथ लिनुपर्ने माग गरेका छन् । दोहोरो शपथ लिए पनि या नलिए पनि प्रम ओली देश र जनताप्रति समर्पित भएर बहुमत जनताको सेवामा काम गर्न अघि सर्नुपर्छ । तर, शपथ लिँदा ‘त्यो पर्दैन’ भनेर आफ्नो प्रतिष्ठाको वजन घटाउने काम ठीक होइन । प्रमको ‘त्यो पर्दैन’ भन्ने वाक्यांशले राष्ट्रपति भण्डारी हासिन् र लज्जित भइन् । यसले आफ्नो मात्र होइन राष्ट्रपति भण्डारीलाई समेत नमज्जाको अनुभूति भएको दृश्य सबैसामु छर्लङ्ग छ ।
Leave a Reply