तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, ५ जेठ । भियतनामी क्रान्तिकारी नेता हो चि मिन्हको १३१ औँ जन्म दिवसको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, काठमाडौँ उपत्यका परिचालन समितिको आयोजनामा अनलाइनमार्फत प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले कम्युनिस्ट पार्टीहरू संशोधनवादमा पतन भएपछि देशमा पुँजीवाद हावी हुने र पुँजीपतिहरूले देश देश र जनताको हितमा काम नगर्ने बताउनुभयो ।
उहाँले देशको राजनीतिक व्यवस्था ठीक नभएको र देशका राजनेताहरू जनताप्रति जिम्मेवार नभएको कारण स्वास्थ्यसेवा सहजै सुविधा नपाएकोले अकालमै ज्यान गुमाइरहेको बताउनुभयो ।
उहाँले पुँजीवादी सरकारले पुँजीपति वर्गकै हितमा काम गर्ने हुनाले देशमा गरिबी, अशिक्षा र बेरोजगारी समस्या बढेको औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङले साम्राज्यवादको विरुद्धमा सङ्घर्ष गर्नुभएका क्रान्तिकारी नेता हो चि मिन्हबारे देशको सार्वभौमिकता रक्षामा सदैव दृढ भएर लाग्नुपर्ने शिक्षा लिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अरू देशको सार्वभौमिकतामाथि कुनै देशले हस्तक्षेप गर्न नहुने र साम्राज्यवादी देश अमेरिकाले प्यालेस्टाइनमाथि गरेको हमला सार्वभौमिकतामाथिको ठाडो हस्तेक्षप हो भन्नुभयो ।
कार्यक्रममा डा. सुमिता च्वलेख्वले कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण, यसबाट हुने असर र सुरक्षाका उपायहरूबारे प्रस्ट्याउनुभयो ।
समितिका अध्यक्ष तारा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा समितिका हृदय दाहाल, सविता त्वानाबासु र मनिष गोराले हो चि मिन्हको जीवनी, भियतनामको भूगोल, शिक्षा व्यवस्था र राजनीतिक व्यवस्थाबारे आ–आफ्ना विचारहरू राख्नुभएको थियो ।
Leave a Reply