अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
काठमाडौँ, ८ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सरकारमा जाने शासक दलहरूको सत्ताको कुकुरझगडाको कारण एक वर्षदेखि देशमा विकास निर्माणका काम रोकिनुका साथै कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणमा शासकहरू चुकेको बताउनुभयो ।
समसामयिक राजनीतिक परिस्थितिबारे शनिबार विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग कुराकानी गर्दै उहाँले शासक दलहरूको सत्ताको कुकुरझगडाको अन्योलमा देशलाई अल्झाउनुको सट्टा नेमकिपाले निर्वाचनमै जानु उपयुक्त हुने ठम्याइ राखेको प्रस्ट पार्नुभयो ।
“यस्तो परिस्थिति धेरै समय राख्नुहुन्न भनेर हामीले निर्वाचनमा जानुपर्छ भन्ने ठम्याइ राख्दै आएका हौँ”, बिजुक्छेँले भन्नुभयो ।
“अदालतले पनि यो परिस्थिति बुझ्न सकेन होला । परिस्थितिले आज देशलाई हामीले भनेकै बिन्दुमा पु¥याएको छ”, उहाँले भन्नुभयो ।
सांसद सदस्यहरूको वास्तविक सङ्ख्या र राष्ट्रपतिसमक्ष प्रम ओली तथा नेका सभापति शेरबहादुर देउवाले बुझाएको कुल सांसद सङ्ख्यामा अन्तर हुनुले राजनीतिक दलहरूभित्र अनुशासन नभएको र अराजक अवस्था बन्दै गएको सङ्केत गर्ने प्रस्ट पार्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “यस्तो परिस्थितिबाट दे शलाई जोगाउने उपाय निर्वाचन नै हो ।”
उहाँले सक्षम सरकार आए कोभिड–१९ को महामारी दुई महिनाभित्रै नियन्त्रणमा ल्याउन सकिने भन्दै यसअघि शासक दलहरूको ध्यान कसले सरकार बनाउने भन्नेमा केन्द्रित हुँदा महामारी अनियन्त्रित भएको बताउनुभयो ।
“शासक दलहरू सत्ताको ‘म्युजिकल चेयर’ शैलीको सरकार ल्याउन व्यस्त भए । त्यसैले हामीलाई कोरोनाले अझै सतायो”, उहाँले भन्नुभयो ।
निर्वाचनको लागि राज्यकोषको अभाव हुने हो कि भन्ने पत्रकारहरूको प्रश्नमा उहाँले अहिले चुनाव गरे पनि वा पछि चुनाव गरे पनि खर्च हुने त उति नै हो भन्नुभयो ।
“देशमा जति रकम भ्रष्टाचार हुने गरेको छ, त्यसको शतांशमात्र यो निर्वाचनमा खर्च हुनेछ”, उहाँले भन्नुभयो ।
निर्वाचनमा हुने खर्चभन्दा अहिलेको अन्योल र लुछाचुँडीको अवस्थाले देशलाई घाइते, रोगी र मृत्युसम्म पु¥याउन सक्ने भएकोले निर्वाचन उपयुक्त बाटो भएको उहाँको भनाइ थियो ।
प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन हुन्छ भन्नेमा विश्वास गर्नुपर्ने र कदाचित चुनाव भएन भने जनताबाट आलोचना र विरोध स्वाभाविक हुने बिजुक्छेँले भन्नुभयो ।
“व्यक्तिगत र पार्टीगत हितको आँखाले हेर्दा प्रधानमन्त्रीले चालेको कदम कसैको लागि अहितकारी लाग्नसक्ला तर मलाई लाग्छ, अस्थिर र अन्योल सरकारको विकल्प निर्वाचन नै होे”, उहाँले भन्नुभयो ।
संयुक्त सरकारले निर्वाचन गर्दा धाँधली बढ्ने गरेको विगतको अनुभवको आधारमा एकै दलले निर्वाचन गर्दा राम्रो हुने प्रस्ट पार्दै उहाँले अहिलेको सरकारबाट नै निर्वाचन गराउनु उचित हुने बताउनुभयो ।
“अरू राजनीतिक दलले आफू पनि सरकारमा सामेल भए धाँधली कम हुन्छ वा आफूले पनि धाँधली गर्न पाइने सोचेका होलान् । तर, पहिले संयुक्त सरकारबाट निर्वाचन भइसकेको छ । त्यसैले हामी त्यसको विरोधमा छौँ”, उहाँले भन्नुभयो ।
निर्वाचनबारे नेमकिपाको धारणा दोहो¥याउँदै उहाँले भन्नुभयो, “नेमकिपा निर्वाचनको उपयोग गर्छ, सरकारमा जाँदैन ।”
महामारीको समयमा चिकित्सक र स्वास्थ्यकर्मीको भन्दा अन्य कर्मचारीको भत्ता बढाएर देशलाई हाहाकारमा पु¥याएको छ, त्यो रकममात्र उपयोग हुने हो भने निर्वाचनको लागि पैसा पुग्ने उहाँको भनाइ थियो ।
“विदेशीको सहयोगबिना एउटा चुनाव पनि गर्न नसक्ने सरकारलाई के सार्वभौम सरकार भन्ने ?¤ त्यसकारण पटुका कसेर भएर पनि चुनाव गर्नुपर्छ र स्थायी सरकार बनाउनुपर्छ”, बिजुक्छेँले भन्नुभयो ।
उहाँले अहिले अराजकता र अनुशासनहीनता मच्चाउने व्यक्ति र दलहरूलाई आगामी निर्वाचनमा जनताले नकारात्मक ढङ्गले हेर्नुपर्ने धारणा राख्दै एक–दुई वटा निर्वाचनले नै देश ठीक ठाउँमा नआउने धारणा राख्नुभयो ।
संविधान निर्माणको क्रममा नेमकिपाले राखेका ७० भन्दा बढी बुँदामा असहमति देखाउँदा शासक दलले ध्यान नदिँदा त्यसको परिणाम आज देशले भो गिरहेको भन्दै अध्यक्ष बिजुक्छेँले देश र जनताको हितभन्दा व्यक्ति र पार्टीगत स्वार्थ हेर्नेहरूसँग सङ्घर्ष चालु रहने बताउनुभयो ।
“सांसदलाई ह्वीप नलाग्ने र हरेक व्यक्ति स्वतन्त्र छन् भनेर कसैले भन्छन् भने यो पञ्चायत फर्काउने जालझेल हो । त्यस्तो अराजकता र अराजनीतिक गतिविधिविरुद्ध कदम चाल्नु गणतान्त्रिक दृष्टिकोण हो”, उहाँले भन्नुभयो ।
भारतीय शासक वर्गले आफ्नो सोचअनुसार अघि बढ्न खोज्ने बलियो लबी बनाउन खोजेको शङ्का रहेको भन्दै बिजुक्छेँले आफू प्रधानमन्त्री हुँदा केही गर्न नसक्नेहरूलाई भारतले उपयोग गर्न खोजिरहेको धारणा राख्नुभयो ।
“भारत दुवै हातमा लड्डु बनाउने खेल खेलिरहेको अनुभव गर्दै छु”, उहाँले भन्नुभयो ।
“नेमकिपाले चुनावको उपयोग गर्नेछ, चुनावमा जनताको आदेश हामी स्वीकार्ने छौँ । सरकारबाट कुनै पनि लाभ नलिई हामी प्रखर प्रतिपक्षको भूमिकामा रहनेछौँ । यो नै हाम्रो जनताप्रतिको कर्तव्य हो”, बिजुक्छेँले भन्नुभयो ।
उहाँले राजतन्त्र पुनःस्थापनाको सम्भावना नभएको प्रस्ट पार्दै नेपालमा सेनालाई तटस्थ राख्नुपर्ने धारणा राख्नुभयो ।
“पुरानो लुगा हुर्केको जीउलाई ठीक हुँदैन । राजतन्त्रको पुरानो लुगा हाम्रो हुर्केको लोकतन्त्र र गणतन्त्रलाई ठीक हुँदैन”, अध्यक्ष बिजुक्छेँले प्रस्ट पार्नुभयो ।
Leave a Reply