भर्खरै :

लीलाध्वज साहित्य सम्मान जोशीलाई

काठमाडौँ, १६ असार । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई यस वर्षको ‘लीलाध्वज साहित्य सम्मान’ दिएको छ ।
वरिष्ठ संस्कृतिविद् जोशीलाई थापाको ९७ औँ जन्मजयन्तीका अवसरमा सो सम्मान प्रदान गरिएको हो । उक्त सम्मानका साथ रु २५ हजार र प्रमाणपत्र छ । सो अवसरमा शताब्दी पुरुष जोशीले संस्कृतिको धनी मुलुक नेपालको संस्कृतिको जगेर्ना गर्न सरकारको ध्यानाकर्षण गर्दै युवा पुस्ताले नेपालको कला र संस्कृतिलाई विश्वमा परिचय गराउनुपर्ने बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला तथा साहित्यकार महेश पौड्याल र मुकुन्द अर्यालले उत्कृष्ट साहित्य सिर्जनाका लागि आफूभित्रको मन र अठोट आवश्यक भएको बताउनुभयो । कार्यक्रममा थापाका सुपुत्र विजयध्वज थापाले लेख्नुभएको ‘अद्भूत गुफा’ र शारदा सुवेदीको ‘मुक्तक सङ्ग्रह’को विमोचन गरिएको थियो । पहिलो कृतिमा अमेरिकाको लुरेल गुफामा त्यहाँको सरकारले गरेको उत्कृष्ट व्यवस्थापनको चर्चा गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *