२९ देशद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर
- श्रावण १, २०८३
वाशिङ्टन, २२ मे (एपी) । अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १९१ जना सङ्क्रमित भएका छन् । यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५८९ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्यामा बिगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिकी स्वास्थ्य मन्त्रालयले बताएको छ । अमेरिकामा हालसम्म कुल ५ लाख ८८ हजार ८ सय ४९ जनाको निधन भएको छ भने पछिल्लो दुई हप्तामा १४ प्रतिशतले मृत्यु सङ्ख्या घटेको छ ।
हाल अमेरिकामा ३० हजार ७ सय ६३ जना अस्पतालमा कोरोना सङ्क्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको सङ्ख्या २२ प्रतिशतले घटेको छ । शुक्रबार अमेरिकामा १० लाख ४३ हजार ७०७ जनाले कोरोनाको जाँच गराएका छन् । शनिबार बिहानसम्म कोरोनाबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या तीन करोड एक लाख पाँच हजार ३२५ रहेको छ । अमेरिकामा कुल २८ करोड १५ लाख ९५ हजार ३ सय ५१ जनाले कम्तीमा एक खोप लगाएका छन । अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ३८ प्रतिशत भएको छ भने एक मात्रा खोपमात्र लगाउनेको सङ्ख्या ४९ प्रतिशत पुगेको छ । अमेरिकाको कुल सङ्ख्या ३३ करोड १४ लाख ६ भने ३५ करोड ४९ लाख खोप आपूर्ति भइसकेको सरकारी अधिकारीले बताएका छन् ।
Leave a Reply