हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
(२०२१ को मे २१ शुक्रबार सम्पन्न विश्व स्वास्थ्य शिखर सम्मेलनमा जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनपिङले दिनुभएको मन्तव्य)
महामहिम प्रधानमन्त्री मारियो द्रागी,
महामहिम सभापति उरूसुला भोन डेर लेएन
प्रिय मित्रहरू,
विश्व स्वास्थ्य शिखर सम्मेलनमा सहभागी बन्न पाउँदा म निकै खुशी छु । गत वर्ष कोभिड–१९ बारे ‘जी २०’ देशका नेताहरूको असाधारण सम्मेलन र रियाद सम्मेलन भएको थियो । कोभिड भाइरसविरूद्ध र विश्वको आर्थिक पुनःस्थापनाको लागि विश्वव्यापी ऐक्यबद्धता प्रबद्र्धन गर्न धेरै महत्वपूर्ण साझा समझदारीहरू भएका थिए ।
गत वर्ष र त्यसपछि कोरोना भाइरसको सङ्क्रमण पटक–पटक बढिरहेको छ र भाइरसले बारम्बार उत्परिवर्तन गरिरहेको छ । यो सबभन्दा खतरनाक महामरीले अझै पनि ध्वंस मच्चाइरहेको छ । कोभिड–१९ विरूद्ध प्रारम्भिक विजय हासिल गर्नु र आर्थिक वृद्धिको पुनःस्थापना कायम राख्नु नै अन्तर्राष्ट्रिय समुदायको लागि आजको उच्च प्राथमिकताका विषय हुन् । भाइरसविरूद्धको विश्वव्यापी सहकार्यमा ‘जी २०’ देशका सदस्यहरूले आपसमा काँधमा काँध मिलाउनुपर्छ । यसैबीच प्रमुख जनस्वास्थ्य आपतकालको सामना गर्न तयारी र क्षमता विस्तारको लागि हामीले दुवै सकारात्मक र अन्य अनुभव हासिल गर्नुपर्छ, कहीँ कतै कमी भए पु¥याउन कति पनि समय खेर फाल्नु हुँदैन र कमजोरीका छिद्र टाल्नुका साथै कमजोर पक्षलाई बलियो बनाउन जरूरी छ । म हामीले गर्नुपर्ने पाँच बुँदाबारे चर्चा गर्न चाहन्छु – पहिलो, हामीले जनता र जनताको जीवनलाई पहिलो स्थानमा राख्नुपर्छ ।
कोभिड–१९ सँगको लडाईँ जनताको लागि जनताले गर्ने लडाईँ हो । अहिलेसम्म भएका घटनाक्रमले भाइरसलाई पूर्णतः पराजित गर्न हामीले जनताको जीवन र स्वास्थ्यलाई सबभन्दा प्राथमिकता र केन्द्रमा राख्नुपर्ने, राजनीतिक जिम्मेवारी र साहसको महान भावना देखाउनुपर्ने र असामान्य चुनौतीको असामान्य तरिकाबाट नै सामना गर्नुपर्ने कुरा प्रमाणित गरेको छ । हरेक सङ्क्रमण रोक्न, प्रत्येक बिरामीको जीवन रक्षा गर्न र हरेक मानव जीवनको मूल्य र स्वाभिमानको भित्रैबाट सम्मान गर्न कुनै पनि कसर बाँकी राख्नहुन्न । यसैबीच मानिसको जीवनमा सम्भावित प्रभाव न्यूनीकरण गर्न र हाम्रो समाजमा सुव्यवस्था कायम राख्न पनि महत्वपूर्ण छ ।
दोस्रो, हामीले विज्ञानमा आधारित नीति पछ्याउनुपर्छ र समन्वयात्मक तथा प्रणालीबद्ध कदम सुनिश्चित गर्नुपर्छ । अहिले नयाँ खालको सङ्क्रामक रोग सामना गरिरहेको बेला हामीले विज्ञानकै पक्ष लिनुपर्छ । विज्ञानमा आधारित दृष्टिकोण अङ्गीकार गर्नुपर्छ र विज्ञानका नियम पछ्याउनुपर्छ । कोभिड–१९ विरूद्धको लडाईँ एउटा पूर्ण लडाईँ हो जसको लागि चिकित्सकीय र गैरचिकित्सकीय हस्तक्षेपको व्यवस्थित सामना, कोभिड–१९ रोकथामका लागि लक्षित उपाय र आपत्कालीन व्यवस्थाको पालना र महामारी नियन्त्रण तथा सामाजिक–आर्थिक विकास सुनिश्चित गर्नुपर्ने हुन्छ । ‘जी–२०’ सदस्य देशहरूले उत्तरदायी बृहत् आर्थिक नीति अवलम्बन गर्नुपर्छ र विश्वव्यापी औद्योगिक तथा आपूर्ति सञ्जाल सुरक्षित र चुस्त राख्न समन्वयका कदम चाल्नुपर्छ । विकासशील देशहरूका समस्याप्रति ध्यान दिनुपर्छ । विकासशील देशहरूलाई ऋण अनुदान र विकास सहायताजस्ता माध्यमबाट सहायता चालु राख्नुपर्छ । विशेषतः अनपेक्षित कठिनाइ सामना गरिरहेका कमजोर देशलाई यस्तो सहायतामा प्राथमिकता दिनुपर्छ ।
तेस्रो, हामी ऐक्यबद्धता र सहकार्यमा एकजुट बन्नुपर्छ र प्रबद्र्धन गर्नुपर्छ । हामी मानव जातिको एउटै साझा भविष्य भएको कुरा महामारीले अझ स्मरण गराएको छ । त्यही एउटै साझा भविष्यसँगै हामी मानवजातिको उदय र पतन सँगै हुने गर्छ । कोभिड–१९ जस्तो महामारीको सामना गर्न हामीले सबैको लागि स्वास्थ्य सेवा भएको विश्व समुदाय बनाउने अवधारणामा निपुणता हासिल गर्नुपर्छ । ऐक्यबद्धता र सहकार्यमार्फत् यो परीक्षाको घडीलाई उछिन्नुपर्छ । अनि भाइरसलाई राजनीतिकरण गर्ने, कसैमाथि दोषारोपण गर्ने वा कसैको खेदो खन्ने माध्यम बनाउनुहुन्न । देशभित्र कोभिड–१९ विरूद्धको प्रतिरोधमा राजनीतिक अतिरञ्जनाले कसैको भलो गर्दैन । यसले भाइरसविरूद्धको अन्तर्राष्ट्रिय सहकार्यलाई मात्र बिथोल्छ र संसारभरका जनतालाई थप हानीमात्र पु¥याउँछ । चौथो, खोपमा विभेद कम गर्नतिर हामी अघि बढिरहेको बेला हामीले निष्पक्षता र समतालाई ध्यान दिनुपर्छ । एक वर्षअघि मैले खोपलाई विश्वव्यापी सार्वजनिक वस्तु बनाउने प्रस्ताव गरेको थिएँ । आज असमान खोप वितरणको समस्या अझ सघन बनेको छ । खोप राष्ट्रवाद अस्वीकार गर्ने हाम्रो लागि अपरिहार्य छ । विकासशील देश हरूमा खोपमाथि थप पहुँच विस्तार गर्न र सुलभ बनाउन खोप उत्पादन क्षमता र वितरणजस्ता विषयमा समाधान खोजिनुपर्छ । अत्यन्त खाँचो परेका विकासशील देशहरूलाई थप खोप उपलब्ध गराउने आफ्नो जिम्मेवारीलाई प्रमुख खोप विकास र उत्पादन गर्ने देशहरूले बहन गर्न जरूरी छ । साथै उपयुक्त क्षमता भएका अन्य देशहरूसँग संयुक्त अनुसन्धान र आधिकारिक उत्पादनमा उनीहरूको व्यापारलाई उनीहरूले सहायता गर्नुपर्छ । बहुराष्ट्रिय वित्तीय संस्थाहरूले विकासशील देशहरूको लागि खोप खरिदमा समावेशी वित्तीय सहायता उपलब्ध गराउनुपर्छ । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ खोपमा विश्वव्यापी पहुँच (कोभ्याक्स) लाई गतिवान बनाउन पहल गर्नुपर्छ ।
पाँचौं, हामीले शासन प्रणालीमा सुधारसँगै हामीले दुवै लक्षण र मूल कारण समाधान गर्नुपर्छ । महामारी विश्वव्यापी स्वास्थ्यसम्बन्धी शासन प्रणालीको विस्तृत परीक्षण हो । हामीले संयुक्त राष्ट्र सङ्घ र विश्व स्वास्थ्य सङ्गठनको भूमिकालाई अझ प्रभावकारी बनाउन जरूरी छ । साथै भविष्यमा आइपर्ने महामारीको उचित रोकथाम र नियन्त्रणको लागि विश्वव्यापी रोग नियन्त्रण र रोकथाम प्रणालीको विकास गर्न जरूरी छ । हामीले विस्तृत सरसल्लाह, साझा योगदान र आपसी हितलाई अघि बढाउन महत्वपूर्ण छ । विकासशील देशहरूका दृष्टिकोणलाई पूर्ण ध्यान दिएर उनीहरूका जायज चासोलाई उपयुक्त सम्बोधन गर्न जरूरी छ । साथै हामीले अनुमगन, पूर्वसावधानी र आपत्कालीन कदमसम्बन्धी हाम्रो क्षमता बढाउन, ठुला महामारीको समाधानको क्षमता बढाउन, ठुला महामारीको उपचार गर्ने हाम्रो क्षमता विस्तार गर्न, महामारी नियन्त्रण र रोकथामको लागि आवश्यक सामग्रीको भण्डारण बढाउन, गलत समाचार फैलिन नदिन र विकासशील देशहरूलाई आवश्यक सहयोग प्रदान सहकार्य गर्नुपर्ने छ ।
मित्रहरू,
विगतमा हामीले कहिल्यै सामना नगरेको यो लडाइँको क्रममा चीनले धेरै देशहरूबाट धेरै समर्थन र सहायता हासिल ग¥यो । अनि चीनले पनि संसारभर मानवीय सहायताका कामलाई उचाई दिइरहेको छ । गत वर्षको मे महिनामा सम्पन्न ७३ औँ विश्व स्वास्थ्य सम्मेलनमा मैले चीनले महामारीविरूद्धको विश्वव्यापी सहकार्यमा समर्थन गर्न चीनले चाल्ने पाँच कदम घोषणा गरेको थिएँ । ती सबै घोषणाको कार्यान्वयन भइरहेको छ । चीनको उत्पादन क्षमतामा आफ्नै सीमितता छ । त्यस्तै चीनकै आन्तरिक माग पनि कम छैन । तथापि, चीनले अत्यन्त खाँचो परेका ८० भन्दा बढी विकासशील देशहरूलाई निःशुल्क कोभिडको खोप वितरण गरिसकेको छ । अनि ४३ वटा देशमा कोभिडको खोप निर्यात गरिरहेको छ । चीनले महामारीबाट अत्यन्त प्रभावित विकासशील देशहरूमा कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सहायता गर्न तथा आर्थिक र सामाजिक पुनःस्थापनाको लागि २ अर्ब अमेरिकी डलर उपलब्ध गराइसकेको छ । १५० भन्दा बढी देश र १३ वटा अन्तर्राष्ट्रिय सङ्गठनहरूमा स्वास्थ्य सामग्री उपलब्ध गराइसकेका छौँ । सो क्रममा २ खर्ब ८० अर्ब वटा मास्क, ३ अर्ब ४० करोड पीपीई र ४ अर्ब टेस्टिङ किट्स संसारलाई प्रदान गरेका छौँ । कोभिड–१९ महामारीविरूद्धको सहकार्य संयन्त्रअन्तर्गत चीनका अस्पतालहरूले ४१ वटा अफ्रिकी अस्पतालहरूसँग सहकार्यको सम्बन्ध गाँसेका छन् । त्यस्तै गत वर्षको अन्त्यबाट चीनको सहायतामा अफ्रिकामा रोग नियन्त्रण केन्द्रहरू औपचारिक रूपमा सुरू भएका छन् । चीनले चीन–संयुक्त राष्ट्र सङ्घ संयुक्त कार्यक्रमअन्तर्गत चीनमा विश्वव्यापी मानवीय सहायता सामनाको लागि डिपो र हब बनाउने कामले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । चीनले ‘जी २०’ का गरिब देशहरूलाई दिएको ऋण तत्काल फिर्ता नलिने सेवाको पूर्ण पालना गरेको छ । चीनले १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको ऋणलाई अनुदानमा रूपान्तरण गर्ने घोषणा गरेको छ । यो ‘जी २०’ देशहरूकै अनुदानमा रूपान्तरण भएको सबभन्दा ठुलो रकम हो ।
कोभिड–१९ विरूद्धको विश्वव्यापी ऐक्यबद्धतामा निरन्तरताको क्रममा निम्नानुसारको घोषणा गर्न चाहन्छुः
– कोभिड–१९ को सामना गर्न र अन्य विकासशील देशहरूको आर्थिक र सामाजिक पुनःस्थापनाको लागि आगामी तीन वर्षमा ३ अर्ब अमेरिकी डलर बराबरको थप अन्तर्राष्ट्रिय सहायता चीनले प्रदान गर्नेछ ।
– संसारभरमा ३० करोड मात्राको खोप चीनले प्रदान गरिसकेको छ । आगामी दिनमा पनि चीनले आफ्नो क्षमताले भ्याएसम्म थप खोप संसारलाई प्रदान गर्नेछ ।
– चीन अन्य विकासशील देशहरूलाई प्रविधि हस्तान्तरण गर्न खोप कम्पनीहरूलाई सहायता गर्नुका साथै संयुक्तरूपमा खोप उत्पादनको लागि प्रोत्साहन गर्दछ ।
– कोभिड–१९ खोपमा बौद्धिक सम्पत्ति अधिकार हटाउने घोषणा चीनले गरिसकेको छ । चीनले यो विषयमा निर्णय गरेकोमा विश्व व्यापार सङ्गठन र अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई समर्थन गर्दछ ।
– चीनले खोप विकास र उत्पादन गर्ने देश, कम्पनी र अन्य सरोकारवाला पक्षहरूबीच संसारभर खोपको न्यायपूर्ण र समतामा आधारित वितरणका उपायको खोजी गर्न खोप सहकार्यको लागि अन्तर्राष्ट्रिय मञ्च स्थापनाको प्रस्ताव गर्दछ ।
मित्रहरू,
रोमका प्राचीन दार्शनिक सेनेकाले भनेका छन्, “हामी सबै एउटै समुद्रका छालहरू हौँ ।” कोभिड–१९ विरूद्ध अन्तर्राष्ट्रिय सहकार्य दृढतापूर्वक अघि बढाउन, सबैको स्वास्थ्यको लागि विश्व समुदाय स्थापना गर्न र मानव जातिको लागि स्वस्थ र उज्यालो भविष्यको लागि काम गर्न एक आपसमा काँधमा काँध मिलाएर, हातमा हात मिलाएर अघि बढ्न जरूरी छ ।
नेपाली अनुवाद : सुमन
Leave a Reply