भर्खरै :

पार्टीको विरोध गर्ने पनि सद्दे नेता !

हरेक राजनीतिक दल सिद्धान्त र विचारको आधारमा चलेको हुन्छ । दलको सिद्धान्त र विचारलाई हरेक नेता तथा कार्यकर्ताहरूले मान्नुपर्छ । दलले सिद्धान्त र विचारको आधारमा राजनीति गरेको हुन्छ । नेता र कार्यकर्ताहरूले पार्टीको सिद्धान्त र विचारअनुसार काम गर्ने हो । सिद्धान्त र विचार जनतासमक्ष पु¥याएर सचेत र सङ्गठित गर्ने हो । सिद्धान्त र विचार नमान्ने, पार्टीको विरोधमा लाग्ने, आफ्नै दलका नेतालाई सत्ताच्युत गर्न लाग्ने, आफ्नो दलको मूल्य र मान्यता छोडेर विपक्षी दलको पछि लाग्ने नेता र कार्यकर्ताहरू कसरी सच्चा हुन्छन्, इमानदार हुन्छन् ?
कुनै नेता आफूलाई एमालेको वरिष्ठ नेता ठान्छन् । तर, एमालेकै अर्का नेताको विरोधमा, आफ्नै दलको सरकारको विरोधमा लाग्ने नेता तथा कार्यकर्ताहरू एमालेका समर्थक पनि हुँदैनन् । पार्टीले गरेको निर्णय, पार्टीले गरेको गतिविधि पार्टीकै नेताहरूले असहमति जनाउन सक्छन्, फरक धारणा राख्न सक्छन् तर पार्टी निर्णयको विरोध गर्न पाउँदैनन् । पार्टी निर्णयलाई नेता र कार्यकर्ताहरूले पालना गर्नुपर्छ । एमालेको नेतृत्वमा रहेको ओली सरकारलाई हटाउने, हटाउन अघि बढ्ने र प्रक्रिया थाल्ने माधव नेपाल र झलनाथ खनालहरू कसरी एमालेका हुन्छन् ?
एमालेको सरकार ढाल्न एमालेकै नेताहरू विपक्षी नेताहरूसँग मिल्न जानु र भङ्ग गरिएको प्रतिनिधिसभा पुनस्र्थापना गर्न विपक्षी दलहरूसँगै हस्ताक्षर गर्न अघि सर्नु भनेको पार्टीकै विरोधमा जानु हो । पार्टीको क्रियाकलाप चित्त नबुझे खबरदारी गर्न सकिन्छ, आलोचना गर्न सकिन्छ तर खुलमखुला पार्टीको विरोध गर्न पाउँदैन । पार्टीको विरोध गर्ने नेता तथा कार्यकर्ताहरू सद्दे हुनै सक्दैनन् । पार्टीको विरोध गर्न, विरोधमा जान या त पार्टी छोड्नुपर्छ या त अर्को पार्टी खोल्नुपर्छ । माधव नेपाल पक्षधर नेता, सांसद तथा जनप्रतिनिधिहरू प्रमुख विपक्षको दर्जामा पुग्नु ठीक होइन ।
माधव पक्षधरहरूले नयाँ पार्टी खोलेका छैनन्, संस्थापन पक्षको एमालेले उनीहरूलाई पार्टीबाट निकाल्न पनि सकेको छैन । नयाँ पार्टी नखोल्नु र पार्टी कारबाही गर्न नसक्नु कसको कमजोरी हो ? आफ्नै दलको विरोध गर्ने कसरी वरिष्ठ नेता हुन्छ ? पार्टीको विरोधमा जानु भनेको असन्तोष पोखेको मात्र होइन । सत्तामा जान या सरकारको गठबन्धनमा जान पार्टी नै बिर्सने ? सरकारमा जाने नाउँमा पार्टीलाई धूलो पिठो पारेर अघि बढ्न एमालेका नेताहरूलाई सुहाउँदैन । आफ्नै पार्टीविरूद्ध कानुनी र राजनीतिक लडाइँ लड्न ऐक्यबद्धता जनाउनु के आफ्नै दलको विरोधमा होइन ? सरकारको विरोध गर्न या सरकार फेर्न प्रमुख प्रतिपक्ष लाग्नु एउटा पाटो हो भने आफ्नै दलका नेताहरू कम्मरकसेर लाग्नु अर्को पाटो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *