अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
कोरोनाको दोस्रो लहरले जनता भयावह स्थितिमा पुगेको छ । समयमै उचित उपचारको अभावको कारण पीडितहरूको मत्यु बढ्दो छ । देशमा यस्तो स्थिति आउँदा पनि जनताको स्वास्थ्य सुरक्षामा दिलोज्यान दिएर लाग्नुको सट्टा सत्तासीन तथा सत्तामा गइसकेका पार्टीहरू सत्ताको कुकुरझगडामा अलमलिरहेका छन् । यस्ता पार्टीहरूलाई आउँदा दिनहरूमा पाठ सिकाउनु जरूरी छ । त्यसैले कोरोनाबाट बच्न निम्न विषयमा ध्यान जानु आवश्यक छ ः
– आफ्नो जीवनको सुरक्षाको लागि कोरोना महामारीको समयमै घरमा बस्ने ।
– कुनै पनि चाड–पर्व, पूजा–पाठ सामान्यरूपले मात्र मनाउने अर्थात् कोरोनाबाट बच्ने सजगता अपनाई गर्ने ।
– घर बाहिर जाँदा र बाहिरका मानिससँग कुरा गर्दा सामाजिक दुरी कायम गर्नुका साथै अनिवार्य मास्क लगाउने ।
– कोरोना महामारी रहेसम्म कुनै पनि खालको भोज र उत्सवको आयोजना नगर्ने,
– सरल जीवन पद्धति अपनाउने,
– कोरोना पीडितलाई आर्थिक, भौतिक तथा सामाजिक सेवा उपलब्ध गराउने र टोल टोल वा समुदायमा सहयोग समिति गठन गरी कोरोना पीडितको स्वास्थ्य उपचारको लागि आवश्यक सहयोग गर्ने ।
– अस्पतालमा कोरोनाबाट छटपटिरहेका बिरामीलाई सरकारले अक्सिजन र औषधिको निःशुल्क व्यवस्था गर्ने ।
– कोरोनाबाट मृत्यु भएका परिवारलाई सरकारले उचित आर्थिक सहयोग गर्ने ।
– दैनिक ज्यालादारी गरी जीवन यापन गर्नेहरूलाई निःशुल्क भोजन या खानाको व्यवस्था सहयोग गर्ने ।
Leave a Reply